२१ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी बाढीः वीर अस्पतालमा उपचाररत १७ जना डिस्चार्ज भोटेकोशी बाढीः त्रिशूली-१ मा थर्मल क्यामेराको सहयोगमा खोजी जारी त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देशः तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ पहिरोले ३२ खम्बा ढलेपछि बाजुरामा विद्युत् आपूर्ति बन्द गुल्मीका बाख्रामा देखिएको पिपिआर रोग नियन्त्रणमा कोरला नाका चलायमानः भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप हामी सबैलाई आश्वस्त बनाउन चाहन्छौँ की यो महाविपत्तिमा सरकार र पीडामा रहेका नागरिक सँगसँगै रहन्छौँः… बर्दियामा ५५ जनाको डिएनए संकलन साहित्यकार डा लालको निधन
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिनिधि सभाको बैठक बस्दै , एमालेको बिरोध कायमै



अ+ अ-

काठमाडौं । प्रतिनिधि सभाको बैठक मंगलबार दिउसो १ बजे बस्दै छ।  बैठक बस्नु अघि सभामुख अग्निप्रसाद सापकोटाले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाउनु भएको छ ।  बिहान साढे ११ बजे नयाँ बानेश्वरस्थित संसद् भवनको शंकर हलमा बैठक बोलाईएको सभामुखको सचिवालयले जनाएको छ । आजको बैठकका लागि  सम्भावित चार  कार्यसूची सार्बजनिक गरिएको छ ।

जसअनुसार  कानुन न्याय तथा संसदीय व्यवस्थामन्त्री दिलेन्द्र प्रसाद बडुले ‘यौन हिंसाविरुद्धका केही ऐन संशोधन गर्ने अध्यादेश २०७८’ र ‘फैजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश २०७८’ स्वीकृत गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछ। यस्तै सांसद प्रेम सुवालले उक्त दुवै अध्यादेश ‘अस्वीकार गरियोस्’ भन्ने सूचना प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।  

यता सभामुख सापकोटाले निष्पक्ष भूमिका निर्बाह नगरेको भन्दै प्रमुख प्रतिपक्षीदल नेकपा एमालले संसदमा नाराबाजी गरिरहेको छ ।