१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एड्वानको अध्यक्षमा पम्फा



अ+ अ-

चितवन । दलित महिला उत्थान सङ्घ (एड्वान) को अध्यक्षमा पम्फा परियार गुरुङ निर्वाचित भएकी छिन् । शनिबार बेलुका यहाँ सम्पन्न (एड्वान) को २०औँ साधारणसभा तथा निर्वाचनबाट उपाध्यक्षमा पम्फा नेपाली, महासचिवमा विन्दु परियार थापा, सचिवमा तीर्थकुमारी विक र कोषाध्यक्षमा सपना सुनार निर्वाचित भएको हो ।

त्यसैगरी सदस्यमा राममाया विक, माया लम्साल र सपना परियार निर्वाचित भएका छन् । विसं २०५५ मा स्थापना भएको उक्त (एड्वान) ले ग्रामीण क्षेत्रका दलित, महिला, सीमान्तकृत तथा अतिविपन्न समुदायमा आयआर्जनका सीपसमेत सिकाउँदै आएको छ । अध्यक्ष पम्फा परियार गुरुङले एड्वानले सीप मात्रै सिकाउँदैन, सीप सिकाइसकेपछि व्यापार/व्यावसाय गर्न आर्थिक सहयोगसमेत गर्दै आएको बताए ।

महासचिव विन्दु परियार थापाले संस्थाले आगामी दिनमा दलित महिलाको उत्थान र विपन्न समुदायका विद्यार्थीलाई कसरी विद्यालयको पहुँचसम्म पुर्याउन सकिन्छ भन्ने उद्देश्यका साथ काम गर्ने प्रतिबद्धता व्यक्त गरे।