७ असार २०८३, आईतवार
,
Latest
रास्वपामा समूहको बिउ नरोपौँ, पुराना दलबाट सिकौँ : प्रधानमन्त्री शाह सरकार एक्सप्रेस वेमा दौडिरहेको गाडीजस्तै हो, गन्तव्यमा पुगेपछि मात्र ब्रेक लाग्छः प्रधानमन्त्री शाह आफ्ना नेतालाई ‘भगवान्’ नबनाउन रास्वपाका कार्यकर्तालाई गगन थापाको सुझाव नेपाली काँग्रेस राष्ट्रिय स्वतन्त्र पार्टीको प्रतिष्पर्धी हो, दुश्मन होइनः सभापति थापा रास्वपा वैकल्पिक राजनीतिक अभियानको सबैभन्दा ठूलो उपलब्धि : बाबुराम भट्टराई रास्वपालाई पूर्वप्रधानमन्त्री भट्टराईले भनेः सत्य र न्यायको पक्षमा दृढ रहनु रास्वपालाई एमाले नेता ज्ञवालीको आग्रहः ‘राष्ट्रिय स्वाधीनता र राष्ट्रिय हितको संरक्षणमा सरकार सजग होस्’ सरकारले चालेका कदमहरू विधिसम्मत र संविधान बाहिर नहोस् भन्ने कुरामा पर्याप्त ध्यान दिइयोस्ः वर्षमान पुन रास्वपालाई गणतन्त्र र सङ्घीयताप्रति थप स्पष्ट हुन वर्षमान पुनको सुझाव प्रधानमन्त्रीमाथि नेपालमा राजा चाहिन्छ भन्नेको चाहना पूरा गर्ने जिम्मेवारी पनि छः राजेन्द्र लिङदेन
तपाईं के खोज्दै हुनुहुन्छ ?

भन्सार छली ल्याएको ५५ लाख मूल्यको कपडा बरामद



अ+ अ-

काठमाडौँ । महानगरीय प्रहरी प्रभाग बूढानीलकण्ठले रु ५५ लाख मूल्य पर्ने भन्सार छलेर ल्याएको कपडा बरामद गरेको छ । सोमबार साँझ बुठानीलकण्ठ नगरपालिका–५ स्थित विष्णुमतीमा पार्किङ गरिराखेको बा५ख ६९३९ नंको पर्यटीय बसमा शङ्काका आधारमा खोजतलास गर्दा उक्त कपडा भेटिएको हो ।

बसको छतमुनि फल्स बटम बनाएर ४१ वटा सेतो बोरामा भन्सार छली गरी ल्याइएका तीन हजार ७०४ थान सर्ट तथा विभिन्न कपडा बरामद गरेको महानगरीय प्रहरी प्रभाग बूढानीलकण्ठका प्रहरी निरीक्षक भूपेन्द्र गिरीले जानकारी दिए । काठमाडौँ–दिल्ली चल्ने उक्त पर्यटकीय बसबाट विभिन्न समयमा पनि भन्सार छली सामग्री ओसारपसार गर्ने गरेको अनुसन्धानबाट खुलेको छ ।

बसका चालक तथा बस मालिकको भने अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ । उक्त पर्यटकीय बससहित बरामद गरेका सामग्रीको मुचुल्का उठाई आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी वृत्त महाराजगञ्ज पठाइएको गिरीले जानकारी दिए ।




भर्खरै