१ श्रावण २०८३, शुक्रबार
,
Latest
कोशी नदी जलप्रवाह बढेपछि प्रशासन सतर्क, ब्यारेजको अनुगमन बक्यौता नतिर्ने उद्योगमाथि सरकारको कडाइ, थप पाँच उद्योगले तिरे भाडा जलन उपचार सेवालाई प्रभावकारी बनाउन विज्ञसँग मन्त्री मेहताको छलफल सूर्यलाई जल चढाउने ठाउँ यसरी बन्यो पर्यटकीय गन्तव्य साउन लागेसँगै हरियो चुरापोतेको व्यापार बढ्यो सुनको मूल्य प्रतितोला रु तीन हजार १०० ले घट्यो गत आर्थिक वर्षमा ८० प्रतिशत बजेट खर्च, राजस्व असुली ८३ प्रतिशत बर्डफ्लु नियन्त्रणपछि जावलाखेल सदर चिडियाखाना आजदेखि पुनः खुला राष्ट्रिय युवा ऐन–२०८३ को विधेयकमाथि छलफल सुरु ‘मास्टर्नी’ चलचित्रको गीतप्रति शिक्षक महासङ्घको आपत्ति, हटाउन माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

कार्यकालको अन्तिम चरणमा प्रदेश सरकार फेरबदलप्रति नेता भट्टराईको असन्तुष्टि



अ+ अ-

काठमाडाैँ । नेकपा (एमाले) का नेता योगेश भट्टराईले कार्यकालको अन्तिम चरणमा प्रदेश सरकारहरू फेरबदल गरिनु उचित नभएको बताएका छन्।

सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनले यस्तो फेरबदल किन, कसले र केका लागि गरिरहेको हो भन्ने विषयमा खोजिनीति हुनुपर्ने बताएका छन्।

भट्टराईले प्रदेश सरकार परिवर्तनको पछाडि देखिएको प्रवृत्तिले राजनीतिक अस्थिरता र सत्ता लोलुपतालाई मात्र उजागर गरेको टिप्पणी गरेका छन्। उनले विगतमा जनस्तरबाट पुराना दल र पुरानो नेतृत्वप्रति उठाइएका आलोचनाहरूलाई अहिलेका गतिविधिले थप पुष्टि गरिरहेको उल्लेख गरेका छन्।

उनले यस्तो परिस्थितिमा पार्टीभित्र सामूहिक छलफल गरी साझा निष्कर्षका आधारमा अघि बढ्नुपर्ने आवश्यकता औंल्याउँदै निर्णय प्रक्रिया भने पुरानै शैलीमा चलिरहेको संकेत गरेका छन्।