१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar प्राकृतिक उपचारस्थल सिंगा तातोपानी कुण्डमा बाढीले क्षति News Polar विदेशी ज्ञान र अनुभव स्वदेशमा : ‘क्याटरिङ’ व्यवसायमा अब्बल जनप्रकाश चापागाईँ News Polar संयुक्त राष्ट्रसङ्घको ८१औं महासभाका अध्यक्ष डा. रहमानसँग परराष्ट्रमन्त्री खनालको भेटवार्ता News Polar बागलुङ पहिरोः मृतकको सङ्ख्या १२ पुग्यो News Polar मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि पोखरी News Polar सञ्चालनको पर्खाइमा नेपालगन्ज सिटी हल News Polar मौलिकताको आँगनमा पर्यटनको पाइला: सिङ्दी गाउँ News Polar परराष्ट्रमन्त्री खनाल र श्रीलंकाका विदेशमन्त्री हेराथ बीच भेटवार्ता News Polar मनाङ पुगेका पर्यटक फर्किन थाले News Polar एसियाली खेलकुद : क्रिकेट खेल रद्द हुँदा नेपाल प्रतियोगिताबाट बाहिरियो News Polar उद्योग संरक्षण र लगानी सुरक्षामा हामी केन्द्रित हुन्छौँः मुख्यमन्त्री थापा News Polar कालीगण्डकी बाढीले उजाडियो तिल्केनी News Polar मृतकका परिवारलाई एक लाख राहत News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar पाँचथरमा धान–मकै छाडेर अलैँचीतर्फ किसानको आकर्षण News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती

जलन उपचार सेवालाई प्रभावकारी बनाउन विज्ञसँग मन्त्री मेहताको छलफल

जलन उपचार सेवालाई प्रभावकारी बनाउन विज्ञसँग मन्त्री मेहताको छलफल
अ अ+ अ-

काठमाडौं ।  स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले नेपालमा जलन उपचार सेवालाई प्रभावकारी, गुणस्तरीय र पहुँचयोग्य बनाउन स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि, उपचारका एकीकृत मापदण्ड (स्ट्यान्डर्ड ट्रीटमेन्ट प्रोटोकल–एसटीपी) लागू गर्ने तथा स्थानीयदेखि संघीय तहसम्म उपचार प्रणाली सुदृढ बनाउने विषयमा विज्ञहरूसँग छलफल गर्नुभएको छ।

बिहीबार मन्त्रालयमा भएको भेटमा नेपाल क्लेफ्ट एन्ड बर्न सेन्टर, कीर्तिपुरका डा. किरण नकर्मी, डा. शंकरमान राई तथा जलन अभियान्ता उज्जल थापाले नेपालमा जलन उपचारको वर्तमान अवस्था, चुनौती र सुधारका प्राथमिकताबारे मन्त्री मेहतासँग विस्तृत छलफल गर्नुभएको हो।

छलफलका क्रममा जलनका बिरामीले दुर्घटना भएको पहिलो क्षणदेखि नै सही उपचार पाउनुपर्ने आवश्यकता औंल्याउँदै प्राथमिक उपचार (फर्स्ट एड) सम्बन्धी ज्ञान र सीप स्वास्थ्यकर्मीहरूमा विस्तार गर्नुपर्नेमा जोड दिइएको थियो। स्थानीय स्वास्थ्य संस्था, एम्बुलेन्स सेवा, जिल्ला अस्पतालदेखि प्रदेश र संघीय अस्पतालसम्म कार्यरत स्वास्थ्यकर्मीलाई जलन व्यवस्थापनसम्बन्धी विशेष तालिम सञ्चालन गर्ने विषयमा पनि छलफल भएको मन्त्रालयले जनाएको छ।

त्यसैगरी, जलनका बिरामीको उपचारलाई देशभर एकरूप, गुणस्तरीय र वैज्ञानिक बनाउन स्ट्यान्डर्ड ट्रीटमेन्ट प्रोटोकल (एसटीपी) तयार गरी सबै तहका स्वास्थ्य संस्थामा कार्यान्वयन गर्ने विषयमा समेत विचार आदानप्रदान भएको छ।

छलफलमा जलन उपचारलाई स्थानीय, प्रदेश र संघीय तीनै तहमा चरणबद्ध रूपमा व्यवस्थित गर्ने, जटिल बिरामीको समयमै रेफरल सुनिश्चित गर्ने, उपचारमा पहुँच विस्तार गर्ने तथा गुणस्तरीय सेवा उपलब्ध गराउने विषयलाई प्राथमिकतामा राखिएको थियो।

मन्त्री मेहताले जलन उपचारलाई स्वास्थ्य सेवाको महत्वपूर्ण प्राथमिकताका रूपमा अघि बढाइने बताउँदै यस क्षेत्रमा कार्यरत विशेषज्ञ संस्था तथा अभियान्तासँगको सहकार्यलाई अझ प्रभावकारी बनाइने बताउनुभयो। उहाँले जलनका बिरामीले प्रारम्भिक उपचारदेखि विशेषज्ञ सेवासम्म सहज पहुँच पाउने प्रणाली विकास गर्नु मन्त्रालयको प्रमुख प्राथमिकता रहेको उल्लेख गर्नुभयो।

भेटमा जलन रोकथामसम्बन्धी जनचेतना अभिवृद्धि, उपचार सेवाको गुणस्तर सुधार, स्वास्थ्यकर्मीको क्षमता विकास, उपचार मापदण्डको प्रभावकारी कार्यान्वयन तथा नेपाल क्लेफ्ट एन्ड बर्न सेन्टर, कीर्तिपुरको प्राविधिक अनुभवलाई राष्ट्रिय स्तरमा उपयोग गर्ने विषयमा समेत छलफल भएको थियो।

मन्त्रालयका अनुसार छलफलका क्रममा जलन उपचार प्रणालीलाई थप प्रभावकारी बनाउन आवश्यक नीतिगत सुधार, विभिन्न तहका स्वास्थ्य संस्थाबीच समन्वय सुदृढ गर्ने तथा आगामी दिनमा सहकार्यका सम्भावित क्षेत्रबारे समेत विचार आदानप्रदान गरिएको छ।