१ श्रावण २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय युवा ऐन–२०८३ को विधेयकमाथि छलफल सुरु



अ+ अ-

काठमाडौं । युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवको अध्यक्षतामा राष्ट्रिय युवा ऐन–२०८३ को विधेयकमाथि छलफल सुरु भएको छ।

युवा ऐनलाई समयानुकूल, प्रभावकारी र कार्यान्वयनयोग्य बनाउने उद्देश्यले मन्त्रालयले सरोकारवालासँग विधेयकमाथि छलफल अघि बढाएको हो।

छलफलमा राष्ट्रिय युवा परिषद्, नेपाल यूथ क्लब, युवा वकालत नेपाल लगायत युवाको क्षेत्रमा कार्यरत विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको छ। सहभागीहरूले विधेयकलाई समावेशी, व्यवहारिक र युवामैत्री बनाउन आवश्यक सुझाव प्रस्तुत गरेका छन्।

कार्यक्रममा मन्त्रालयका सचिव दीपक काफ्ले, पूर्वसचिव रामप्रसाद थपलिया, सहसचिवहरू बाबुराम भण्डारी र मनिता श्रेष्ठ, वैदेशिक रोजगार बोर्डका सहसचिव चन्द्रबहादुर शिवाकोटी, त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक दीपेश घिमिरे तथा नेपाल कानुन आयोगका उपसचिव जलेश्वर रामलगायतको उपस्थिति रहेको थियो।

मन्त्रालयले प्राप्त सुझावलाई समेट्दै राष्ट्रिय युवा ऐन–२०८३ लाई अन्तिम रूप दिई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने लक्ष्य राखेको जनाएको छ।