१ पुष २०८२, मंगलवार
,
Latest
नेपाल आउने भारतीय र भारत जाने नेपालीले प्रतिव्यक्ति भा.रु. २५ हजारसम्म बोक्न पाउने रेडपाण्डा म्याराथनः पुरुषतर्फ गजेन्द्र र महिलातर्फ निर्मलाले उपाधि जिते दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक सभापति देउवा र नेता कोइरालाबीच भेट जेनजी सुशासन योद्धा: भट्ट परिवारको सहारा, कान्छो ढल्यो… भृकुटीमण्डपमा एमालेको ११ औं राष्ट्रिय महाधिवेशन (तस्बिरहरु) वैदेशिक रोजगारमा हुने ठगी रोक्न श्रम मन्त्रालयले ‘हेल्प टु हेल्प १० सेल’ सञ्चालनमा ल्याउने सडक पीडित श्रेष्ठ भन्छन् – हामी सुकुम्वासी हुने भयौँ ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा बिलबिजक नभएको सामानसहित पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रहरी जवान र महिला झाडीभित्र आपत्तिजनक अवस्थामा देखेपछि…



अ+ अ-

काठमाडौं । प्रहरी जवान र महिलालाई स्थानीयले आपत्तिजनक अवस्थामा भेटाएपछि भारतको झारखण्ड राज्यको एउटा गाउँमा बाँधेर कुटपिट गरेका छन् । ती महिला अर्काकी पत्नी हुन् ।

झारखण्डको कोडरमा गाउँमा रातिको ड्युटी सकेर फर्केका प्रहरी जवानले महिलालाई सुनसान जंगलमा लगेर यौनसम्बन्ध राखेका थिए । उनीहरूले झाडीमा आपत्तिजनक क्रियाकलाप गरेको भनेर गाउँलेले दुवैलाई निर्घात कुटपिट गरेका हुन् ।

शनिबार बिहानसम्म ती दुईजना आपत्तिजनक अवस्थामा भेटेपछि गाउँलेले दुवैलाई रुखमा बाँधेर कुटपिट गरेको जनाइएको छ ।

कुटपिटबाट महिला बेहोस भएपछि उनलाई भुइँमा सुताएर प्रहरी जवानलाई कुटिरहेको समाचारमा उल्लेख छ । घटनाको जानकारी पाएर घटनास्थल पुगेको प्रहरीले ती दुईलाई गाउँलेबाट छुटाएर अस्पताल भर्ना गरेको छ ।

स्थानीयका अनुसार ती प्रहरी जवान रातिको गस्तीको ड्युटी सकेर घर फर्कदैँ थिए । महिलाको सहमतिमा प्रहरी जवानले उनलाई झाडीमा लगेर यौनसम्बन्ध बनाएको प्रारम्भीक अनुसन्धानबाट खुलेको छ । गाउँलेले दुवैलाई आपत्तिजनक अवस्थामा भेटेका थिए ।