• १९ असार २०८१, बुधबार
  •      Wed Jul 3 2024
  •   Unicode
Logo
Latest
★   विदेशमा रहेका नेपालीहरूको हितरक्षाका लागि विदेशस्थित नेपाली नियोगहरूको क्षमता अभिवृद्धि गर्नुपर्छ: प्रधानमन्त्री ★   नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो ★   रोहितले द्रविडलाई भनेका थिए – कोचिङ जारी राख्नुहोस् ★   संसदमा साङ्केतिक भाषाको दोभासे राख्न माग ★   आसामको बाढीमा मृत्यु हुनेको सङ्ख्या ३८ पुग्यो ★   प्रतिनिधिसभाबाट प्राप्त सन्देश राष्ट्रियसभामा टेबुल ★   विपद् प्रतिकार्यका लागि रेडक्रसले ७७ वटै जिल्लामा खटायो तालिमप्राप्त स्वयंसेवक ★   सरकारलाई दिएको समर्थन फिर्ता लिने एमालेको तयारी ★   मनाङको बाटो सधैँ जोखिमपूर्ण ★   प्रतिनिधिसभाका सचिव अधिकारीको शपथ

श्रीमान विदेशको जेलमा यता श्रीमती…



काठमाडौं । श्रीमान विेदशको जेलमा यता श्रीमती सन्तान जन्माएको खबरले जेल जीवनको सजाय भोगिरहेका प्यालेस्टिनीहरू जेलमै सुनेर दंग परिरहेका हुन्छन् ।

पति जेलमा रहेकै समयमा कसरी घरमा गर्भवती हुन्छन् पत्नी ? जिज्ञासा जाग्नु स्वाभाविक पनि हो । पति जेलमा रहेका महिलाले आफ्नै पतिको बीर्यबाट गर्भधारण गरेका हुन्छन् ।

इजरायली जेलमा बन्द रहेका प्यालेस्टिनीका परिवारलाई दुई हप्तामा एक पटक जेलमै भेटघाटका लागि समय दिइन्छ । ४५ मिनेटको उक्त समयभित्र पतिले सन्तानको चाहना पूरा गर्न लुकिछिपी बीर्य उपलब्ध गराउँछन् ।

त्यसो त, कानूनअनुसार बीर्यदानका लागि केही प्रावधान पनि छन् । त्यस्तो प्रक्रिया धेरै झन्झटिलो भएका कारण भेटघाटको समयमा लुकिछिपी बीर्य हासिल गर्ने प्रक्रिया बढेको छ ।

चोरीका माध्यमबाट होस् या विधिवत रुपमा पतिको बीर्य हासिल गरिसकेपछि त्यस्ता महिलाले गर्भाधान क्लिनिकमा गएर ‘आइभीएफ’ प्रविधिबाट गर्भाधान गरी सन्तान जन्माउने गर्दछन् ।

तीन वर्षको अवधिमा ३२ बालबालिका यसरी जन्मिएका छन् । विधिवत रुपमा बीर्य दान गरी जन्माइएकाको तुलनामा जेल प्रशासनको आँखा छलेर लुकिछिपी बीर्य हासिल गरी जन्माइएका सन्तानको संख्या बढ्दैछ । –