२२ भाद्र २०८३, सोमबार
,
Latest
बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छः ऊर्जामन्त्री श्रेष्ठ दमौली-केशवटार-बुद्धसिंह सडक स्तरोन्नति गरिँदै सिर्सिया नदीलाई पुनःजीवन दिन सबै लागौँः मन्त्री गौरी कुमारी इन्टरपोल दिवसः बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन बाढीपीडितका लागि काँग्रेसको एक करोड सहयोग, महाधिवेशनको आन्तरिक विवाद समाधान पृथ्वीराजमार्गको परेवाभीर खण्डमा दुईतर्फी यातायात पुनः सञ्चालन काँग्रेसको १५ महाधिवेशनमा सहभागि हुन क्रियाशील अद्यावधिक नगरेका सदस्यका हकमा तीन शर्त लागू हुने बाढी प्रभावित क्षेत्रका विद्यार्थीका लागि सरकारले ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’ ल्याउने रसुवा बाढीबाट २३३ यातायात मजदुर बेपत्ता, ९ सय सवारी साधन क्षतिग्रस्त भएको महासंघको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली क्रिएटरहरूको भुक्तानी सहज बनाउन हाम्रो पे र भिलबीच संस्थागत सहकार्य



अ+ अ-

काठमाडौँ: हाम्रो पात्रो अन्तर्गत सञ्चालित डिजिटल वालेट हाम्रो पे र ग्लोबल क्रिएटर मार्केटिङ प्लेटफर्म भिल (Veel) बीच संस्थागत सहकार्य भएको छ। नेपाल र भारतमा औपचारिक रूपमा सेवा सुरु गरेको भिलले नेपालमा आफ्ना क्रिएटरहरूलाई भुक्तानी उपलब्ध गराउन हाम्रो पेलाई आधिकारिक पेमेन्ट पार्टनरका रूपमा चयन गरेको हो।

यस सहकार्यसँगै भिल प्लेटफर्ममा आबद्ध नेपाली डिजिटल क्रिएटरहरूले आफ्नो व्यावसायिक कमाइ सुरक्षित, छिटो र सहज रूपमा हाम्रो पेमार्फत प्राप्त गर्न सक्नेछन्। यसले क्रिएटरहरूलाई भुक्तानी प्राप्त गर्ने क्रममा देखिने अनावश्यक झन्झट, लामो प्रक्रिया र प्राविधिक कठिनाइ कम गर्दै सरल डिजिटल अनुभव प्रदान गर्नेछ।

नेपालमा डिजिटल कन्टेन्ट निर्माण, ब्रान्ड सहकार्य र इन्फ्लुएन्सर मार्केटिङको क्षेत्र तीव्र रूपमा विस्तार भइरहेको छ। तर धेरै क्रिएटरका लागि आफ्नो कामको भुक्तानी समयमै, सुरक्षित र भरपर्दो रूपमा प्राप्त गर्नु अझै चुनौतीपूर्ण छ। हाम्रो पे र भिलबीचको संस्थागत सहकार्यले यही चुनौतीलाई सम्बोधन गर्दै नेपाली क्रिएटरहरूलाई आफ्नो काम र आम्दानी थप व्यवस्थित रूपमा अगाडि बढाउन सहयोग गर्ने उद्देश्य राखेको छ।

यस सहकार्यका विषयमा हाम्रो पात्रोकी  अपरेसन्स डाइरेक्टर सुदिना गौतमले भन्नुभयो: नेपालमा क्रिएटर इकोनोमी तीव्र रूपमा विस्तार भइरहेको छ। आफ्नो प्रतिभा, सिर्जनशीलता मेहनतबाट आम्दानी गरिरहेका नेपाली क्रिएटरहरूलाई सुरक्षित, छिटो सहज भुक्तानी सेवा उपलब्ध गराउनु हाम्रो लागि महत्त्वपूर्ण छ। भिलसँगको यो संस्थागत सहकार्यले क्रिएटरहरूलाई आफ्नो कमाइ प्राप्त गर्ने प्रक्रिया सरल बनाउनुका साथै नेपालको डिजिटल व्यवसाय क्रिएटर इकोनोमीलाई थप व्यवस्थित, समावेशी पहुँचयोग्य बनाउन सहयोग गर्नेछ।