२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar किसान परिचयपत्र वितरण गर्न माग News Polar पर्यटकलाई दुःख दिने १५ जना पक्राउ News Polar नक्कली नोट कारोबार गर्ने दुई जना पक्राउ News Polar मल्कवाङबाट गर्भवतीको हवाई उद्धार News Polar एसियाड पारा खेलाडीलाई टिसर्ट News Polar पोखरामा अल्ट्रा ट्रेल दौड प्रतियोगिता News Polar दुबईमा नेपथ्यको नयाँ उचाइ News Polar दुई लाख बढी नगदसहित जुवा खालबाट पाँच पक्राउ News Polar चिनियाँ पर्यटक आकर्षित गर्न जोर्डनको प्रयास तीव्र News Polar नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्रहरू जलवायु सङ्कटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल News Polar जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल News Polar घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि रुट परमिट खुला News Polar वृद्धको हत्या अभियोगमा युवक पक्राउ News Polar कांग्रेस सभापतिमा तीन जनाको उम्मेदवारी News Polar कांग्रेसको १५औं महाधिवेशन: उपसभापतिमा शर्मा र महिला उपसभापतिमा भुसाल निर्विरोध निर्वाचित News Polar बार्सिलोनामा हिंसात्मक प्रदर्शनपछि स्पेन सरकारद्वारा आवाससम्बन्धी आपतकालीन उपाय स्वीकृत News Polar फ्रान्समा विद्यार्थी आन्दोलन चर्कियो, सयौँ उच्च माध्यमिक विद्यालय प्रभावित News Polar धानमा आत्मनिर्भर बनेपछि वन फँडानी रोक्ने इन्डोनेसियाको निर्णय News Polar कृष्ण थापा नेपाली सेनाको रग्बी प्रशिक्षक नियुक्त News Polar तिलौराकोट, जनकपुरधाम र पनौतीबारे अध्ययन गरिने

धनगढी विमानस्थलको स्तरोन्नति तत्काल अगाडि बढाइन्छ : मन्त्री आले

धनगढी विमानस्थलको स्तरोन्नति तत्काल अगाडि बढाइन्छ : मन्त्री आले
file photo
अ अ+ अ-

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले धनगढी विमानस्थलको स्तरोन्नतिका लागि एक हप्ताभित्र रु एक अर्ब बजेटको व्यवस्था गरेर जग्गा अधिकरणको का अगाडि बढाइने बताउनुभएको छ ।

नेपाल पर्यटन बोर्ड सुदूरपश्चिम प्रदेश कार्यालयको सोमबार धनगढीमा आयोजित कार्यक्रममा मन्त्री आलेले यो क्षेत्रीय विमानस्थल निर्माणका लागि मन्त्रालयले बजेटको व्यवस्थापन गरिरहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “यसमा प्रदेश सरकारको पनि साझेदारी होस् भन्ने चाहेको छु ।” संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रलायअन्तर्गतको नाथमबाट सुदूरपश्चिम प्रदेशमा सरकारी कलेज सञ्चालन गर्न गइरहेको उहाँले बताउनुभयो । मन्त्री आलेले उक्त सरकारी कलेज सञ्चालन गर्ने कार्य आफ्नो कार्यकालभित्र सुरु हुने गरी काम अगाडि बढाएको र तत्काकै सर्भेका लागि केन्द्रबाट टोली आइरहेको जानकारी दिनुभयो ।

कार्यक्रममा सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री मानबहादुर धामीले प्रदेश सरकारले कार्यालय स्थापना गर्नका लागि अनौपचारिक, औपचारिक सहयोग गरिसकेको र अझै कार्यालय थप विस्तार गर्नका लागि गर्नुपर्ने सबै प्रकारका सहयोग गर्न प्रदेश सरकार तयार रहेको उल्लेख गर्नुभयो । उहाँले कार्यालयको स्थापनाले सानोभन्दा सानो कामका लागि काठमाडाँै धाउनुपर्ने बाध्यतात्मक अवस्थाको अन्त्य भएको बताउनुभयो ।

आर्थिक मामिला मन्त्री तारा लामा तामाङले पर्यटन नै सुदूरपश्चिम प्रदेशलाई चिनाउने सबल माध्यम  भएकाले प्रदेशको दिगो आर्थिक विकासमा प्रदेश सरकार लागिपरेको बताउनुभयो । नेपाल पर्यटन वोर्ड आन्तरिक पर्यटन पुनर्उत्थान समिति सुदूरपश्चिम प्रदेशका संयोजक तथा नाटा सुदूरपश्चिम प्रदेशका अध्यक्ष मायाप्रकाश भट्टको अध्यक्षता भएको कार्यक्रममा प्रदेश सरकारका मन्त्री, कैलाली उद्योग वाणिज्य सङ्घका अध्यक्ष, पर्यटनसँग सम्बन्धित विभिन्न व्यक्तित्व, सञ्चारकर्मीलगायतको सहभागिता थियो ।