४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

अमेरिका–इरान वार्ता पुनः सुरु गर्न पाकिस्तानको आग्रह

अमेरिका–इरान वार्ता पुनः सुरु गर्न पाकिस्तानको आग्रह
अ+ अ-

काठमाडौं । अमेरिका र इरानबीच फेरि सैन्य तनाव चर्किरहेका बेला पाकिस्तानले दुवै पक्षलाई हिंसा अन्त्य गरी गत महिना भएको समझदारीपत्र (एमओयु) अनुसार वार्ता पुनः सुरु गर्न आग्रह गरेको छ ।

मध्यस्थकर्ताको भूमिका निर्वाह गरेको पाकिस्तानले संवाद नै सङ्कट समाधानको प्रभावकारी माध्यम भएको जनाएको छ । पाकिस्तानको विदेश मन्त्रालयका प्रवक्ता ताहिर अन्द्राबीले बिहीबार इस्लामाबादमा आयोजित पत्रकार सम्मेलनमा समझदारीपत्रको कार्यान्वयन चुनौतीपूर्ण बने पनि सबै पक्षलाई हिंसा रोक्न र प्राविधिक तहको वार्ता पुनः सुरु गर्न प्रोत्साहित गरिने बताउनुभयो ।

उहाँले हर्मुज जलघाँटीको अवस्था छिट्टै सामान्य हुने आशा व्यक्त गर्दै समुद्री सुरक्षाका साथै अन्तर्राष्ट्रिय जहाज आवागमनको स्वतन्त्रता सुनिश्चित गर्नु अत्यन्त आवश्यक रहेको उल्लेख गर्नुभयो ।

यसै साता अमेरिकाले इरानमाथि नयाँ आक्रमण सुरु गरेपछि इरानले पनि खाडी क्षेत्रमा रहेका अमेरिकी हितलाई लक्षित गर्दै जवाफी कारबाही गरिरहेको छ । दुवै पक्षबीचको सङ्घर्ष हर्मुज जलघाँटी केन्द्रित बनेको छ र यसले अन्तर्राष्ट्रिय ऊर्जा आपूर्तिमा प्रत्यक्ष असर पारेको छ ।

तेल तथा ग्यास ओसारपसारको प्रमुख मार्ग मानिने हर्मुज जलघाँटीमा जारी तनावका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेको छ । यसले द्वन्द्वमा प्रत्यक्ष संलग्न नभएका मुलुकहरूमा समेत मुद्रास्फीति बढ्ने चिन्ता उत्पन्न गरेको छ ।

गत जुनमा युद्ध अन्त्य गर्ने उद्देश्यले अमेरिका र इरानबीच प्रारम्भिक समझदारी भएको भए पनि पछिल्लो हिंसापछि त्यसको कार्यान्वयन प्रभावित भएको छ । अन्द्राबीले हालको अवस्थाले विश्वव्यापी ऊर्जा आपूर्ति, अन्तर्राष्ट्रिय व्यापार तथा खाद्य सुरक्षामा पार्ने प्रभावलाई तत्काल सम्बोधन गर्नुपर्ने आवश्यकता रहेकोमा पनि जोड दिनुभयो ।