२५ असार २०८३, बिहीबार
,
Latest
टरिगाउँ विमानस्थलः नियमित उडान नहुँदा इन्धन डिपो समस्यामा सरकारले १० हजार पार्किङ जरिवाना तिराएको तनावले युवाद्वारा आत्मदाह प्रयास स्थानीय तह गैरदलीय बनाउने तथा प्रदेश सभा खारेज गर्ने विषयलाई संविधान संशोधनको बहस बनाउन मिल्दैनः… देशले गर्व गर्ने क्रिकेट खेल्छौँः नेपाली यु–१९ महिला टोली प्रतिनिधि सभामा सम्पती शुद्धीकरण र सार्वजनिक खरिद लगायतका चार विधेयक टेवल सरकारले साँच्चिकै संविधान संशोधन गर्न खोजेको भए संविधानका आधारभुत मूल्य–मान्यतामा प्रवेश नगर्ने निर्णय क्याबिनेटबाट गरोस्ः… पार्टी एकताका लागि महामन्त्रीको उम्मेदवारी फिर्ता लिएको हुँ, मन्त्री पदसँग कुनै सम्झौता भएको छैनः कविन्द्र… पूर्णखोप दिगोपना सुनिश्चितता घोषणा नक्कली प्रहरी बनेर सर्वसाधारणलाई धम्की दिने आलेमगर पक्राउ राष्ट्रिय वाणिज्य बैंकको सवल वित्तीय सूचक
तपाईं के खोज्दै हुनुहुन्छ ?

विकास निर्माण कार्यमा सुस्त सरकार भीआईपीको आवास निर्माणमा भने चुस्त, ‘भीआईपी आवासमा अर्बौं खर्चंदै’



अ+ अ-

काठमाडौं । सरकारले सातवटै प्रदेश प्रमुख र मुख्यमन्त्रीका लागि काठमाडौंमा आवास तथा सम्पर्क कार्यालय बनाउन ८५ करोड रुपैयाँ खर्चने भएको छ । विकास निर्माणका कार्यमा सुस्त देखिएको सरकार भीआईपीको आवास निर्माणमा भने चुस्त देखिएको छ । ललितपुरको भैंसेपाटीमा बन्न लागेको मुख्यमन्त्री तथा प्रदेश प्रमुखको आवास तथा सम्पर्क कार्यालयको प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा सोमबार शिलान्यास हुने कार्यक्रम तय गरिएको सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक मणिराम गेलालले जानकारी दिए ।

ललितपुरको सैंबुमा सांसद आवासका लागि छुट्याइएको १४९ रोपनी ४ आना ३.२८ दाम जग्गामा मन्त्री निवासका साथै राष्ट्रिय सभा अध्यक्ष, उपाध्यक्ष, प्रतिनिधिसभा उपसभामुखका लागि २७ वटा आवास भवन निर्माण गर्ने तयारीलाई समेत सरकारले तीव्रता दिएको छ । सो भवन निर्माणका लागि १ अर्ब ४५ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

८५ करोड रुपैयाँको लागतमा निर्माण गर्न लागिएको प्रदेश प्रमुख र मुख्यमन्त्रीका लागि सुविधासम्पन्न र अत्याधुनिक आवास तथा सम्पर्क कार्यालय दुई वर्षमा बनाइसक्ने गरी ठेक्का सम्झौता गरिएको छ । केसी कन्सट्रक्सन तथा समानान्तर ज्वाइन्ट भेन्चरले सो भवन निर्माणको ठेक्का पाएको छ । प्रदेश प्रमुख र मुख्यमन्त्रीका लागि छुट्टाछुट्टै गरी १४ वटा भवन बन्नेछन् ।

गत १२ मंसिरमा बसेको मन्त्रिपरिषद् बैठकले भैंसेपाटीमा मन्त्री निवास, राष्ट्रिय सभा अध्यक्ष तथा उपाध्यक्षको आवास, प्रदेश प्रमुख र मुख्यमन्त्रीको आवास तथा सम्पर्क कार्यालय निर्माण गर्ने निर्णय गरेको थियो । विभागका सिनियर डिभिजनल इन्जिनियर प्रकीर्ण तुलाधारले मन्त्रिपरिषद्ले निर्णय गरेको र नीति तथा कार्यक्रम र बजेटमा पनि समावेश भएसँगै भवन निर्माण अघि बढाइएको बताए ।

चाँडै बन्दै छन् डेढ अर्बका सरकारी निवास अबको केही समयपछि ललितपुर भैंसेपाटीस्थित सैंबुमा १ अर्ब ४५ करोड लागतमा मन्त्री निवास बनाउने तयारी छ । सरकारले हाल ललितपुर पुल्चोकस्थित मन्त्री निवास भैंसेपाटी सैंबुमा बनाउने निर्णय गरेको छ भने मन्त्री निवासका लागि ठेक्का सम्झौता गर्ने तयारी भइरहेको छ । विभागका इन्जिनियर तुलाधारले ठेक्का सम्झौताका लागि मूल्यांकनको काम भइरहेको बताए । निर्माणको तयारी भइरहेको मन्त्री निवासअन्तर्गत २७ वटा भवन बन्नेछन् ।

तुलाधारले आवास निर्माणका लागि १ अर्ब ४५ करोड रुपैयाँको लागत अनुमान गरिएको बताए । सैंबुमा बन्ने मन्त्री निवासमा केन्द्र सरकारका मन्त्रीहरूका लागि २४ वटा भवन बन्नेछन् भने राष्ट्रिय सभाका अध्यक्ष, उपाध्यक्ष र प्रतिनिधिसभाका उपसभामुखका लागि एक/एक वटा भवन बन्नेछन् ।

मंसिरमा बसेको मन्त्रिपरिषद्को निर्णयअनुसार ललितपुरकै पुल्चोकस्थित हालको मन्त्री निवास परिसरमा १० वटा राजकीय अतिथि गृह निर्माण गर्ने निर्णय गरेको थियो । यसका लागि मन्त्री निवास रहेको जग्गा अपर्याप्त भए नेपाल राष्ट्रिय पुस्तकालय छेउको सरकारी जग्गासमेत उपयोग गर्ने निर्णय गरेको छ । राजधानी दैनिकबाट




भर्खरै