४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

भेनेजुएलाका विपक्षी नेताको स्वदेश फिर्ती प्रक्रियामा बाधा नपार्ने अमेरिकाको घोषणा

भेनेजुएलाका विपक्षी नेताको स्वदेश फिर्ती प्रक्रियामा बाधा नपार्ने अमेरिकाको घोषणा
अ+ अ-

काठमाडौं । संयुक्त राज्य अमेरिकाले भेनेजुएलाकी विपक्षी नेता मारिया कोरिना मचाडोको स्वदेश फिर्ती नरोकिने अमेरिकी कूटनीतिज्ञ लुइस मेन्डेजले बताउनु भएको छ ।

उहाँले तोकिएका सर्तहरु भने मान्नु पर्ने चेतावनी दिनुभएको छ । यस विषयमा विदेश मन्त्रालयको नीति स्पष्ट रहेको उल्लेख गर्दै दक्षिण अमेरिकाका लागि उप सहायक सचिव लुइस मेन्डेजले अमेरिकाले मारिया कोरिनालाई स्वदेश फर्कन कुनै पनि बाधा नपुर्याउने बताउनुभएको छ ।

मचाडोले गत डिसेम्बरमा नर्वेमा नोबेल शान्ति पुरस्कार प्राप्त गर्नका लागि भेनेजुएलाबाट बाहिए पछि आज सम्म स्वदेश नफर्केको जनाइएको छ ।

यसैबीच उहाँले भेनेजुएलाको सन्दर्भमा केही महत्वपुर्ण काम गर्न आवश्यक भएकाले स्वदेश फर्किदै गर्दा कुनै अवरोध नगर्ने मेन्डेजले प्रष्ट पार्नु भएको छ । गत जुन –२४ मा आएको विनाशकारी भूकम्प पछि, मचाडोले धेरै पटक काराकास फर्कने प्रयास गरेता पनि भेनेजुएलाको कूटनीतिक दबाबले उहाँको प्रयासलाई अवरुद्ध गरेको जनाइएको छ ।

अमेरिकी सरकारले अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिगेजलाई मचाडोलाई फर्कन अनुमतिको लागि सहजिकरण गर्न खोजेको हो, भन्ने प्रश्नको उत्तरमा मेन्डेजले अधिकारीहरूसँग आवाश्यक समन्यव समेत गरेको बताउनुभएको छ । गत जनवरीमा तत्कालीन राष्ट्रपति निकोलस मादुरोलाई सत्ताच्युत गरे देखि सत्तामा रहेका रोड्रिगेजले सरकारले अर्को महिना देखि विपक्षी दलका सदस्यहरूसँग भेट्ने योजना बनाएको उल्लेख गर्नु भएको छ ।