• १९ जेष्ठ २०८१, शनिबार
  •      Sat Jun 1 2024
  •   Unicode
Logo
Latest
★   ज्ञानेन्द्र शाह सत्ताच्यूत हुनुमा कमल थापा र भेषबहादुर थापाको हात छः डा. सुरेन्द्र केसी ★   दरबारनिकट डा. सुन्दरमणि दीक्षितको दाबीः ‘दरबार हत्याकाण्ड दिपेन्द्रले गराए, कारण लभ अफयर’ ★   ओलीको असन्तुष्टिः सरकारले सत्तारुढ दलहरुसँग परामर्श नगरी बजेट ल्यायो ★   यी हुन् टी–२० विश्वकप जित्ने मुख्य तीन दावेदार ★   सलमान चढेको कारमा हमलाको प्रयास, ४ जना पक्राउ ★   सामाजिक सुरक्षा ऐनको कार्यान्वयन हुन नसक्दा श्रम बजार भद्रगोल बन्योः अध्यक्ष कुँवर ★   तथ्यपूर्ण सूचना सम्प्रेषणबाट विश्वसनीयता कायम हुन्छ – पूर्वराष्ट्रपति भण्डारी ★   स्वास्थ्य मन्त्रालयद्वारा तीन सदस्यीय उच्चस्तरीय समिति गठन ★   वन्यजन्तु बेचबिखनविरुद्धको अन्तर्राष्ट्रिय गोष्ठी सम्पन्न ★   सामाजिक सुरक्षा ऐन कार्यान्वयनमा सरकार उदासिन हुनु नहुनेमा सांसदहरुको जोड

गाउँपालिका भवनको शिलान्यास, नेता रिजाललाई नेकपा कार्यकर्ताको अवरोध



दमौली । जिल्लाको ऋषिङ गाउँपालिकाको नयाँ भवनको शिलान्यास गरिएको छ । ऋषिङ गाउँपालिका–७ पोखरीभञ्ज्याङमा निर्माण गरिन लागिएको सो भवनको आइतबार पूर्वमन्त्री तथा नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा. मीनेन्द्र रिजालले शिलान्यास गरे । वडास्तर, गाउँसभा र गाउँ कार्यपालिकाको शतप्रतिशत सहमतिको निर्णयमा पोखरीभञ्ज्याङमा गाउँपालिकाको भवन बनाउने निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले बताए ।

गाउँपालिकाको केन्द्र बनाउने सवालमा कुनै पनि गाउँसभाको सदस्यको असहमति नभएको हुँदा पोखरीभञ्ज्याङमा नै भवन बनाउन लागिएको अध्यक्ष श्रेष्ठले बताए । रु तीन करोड ६१ लाखको लागतमा सो भवन निर्माण हुन लागेको हो । यसैबीच गाउँपालिकाको भवन शिलान्यास गर्ने कार्यक्रमलाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकर्ताले अवरोध गरेका थिए ।

उनीहरुले तत्कालीन सर्वदलीय संयन्त्र र जिल्लास्तरको प्राविधिक समितिको सिफारिस र निर्णय विपरीत पोखरीभञ्ज्याङमा गाउँपालिकाको भवन बनाउन लागिएको भन्दै शिलान्यास कार्यक्रममा अवरोध गरेका थिए । गाउँपालिका बन्दको कार्यक्रमसमेत आयोजना गरिएको थियो । उनीहरुले प्रमुख अतिथि आउने सडक भिमाद–ऋषिङ सडकमा रुख ढालेर अवरोधसमेत गरेका थिए ।

बन्द र अवरोधका बाबजुद प्रहरीको कडा सुरक्षा र स्कर्टिङमा डा. रिजाल कार्यक्रमस्थल पुगे । कार्यक्रमस्थलमा जम्मा भएका नेकपाका कार्यकर्ताले गाउँपालिकाको केन्द्र बनाउने निर्णयमा आफूहरुको असहमति रहेको हुँदा शिलान्यास नगर्न अनुरोध गरेको नेकपा ऋषिङ गाउँ कमिटी अध्यक्ष गञ्जसिंह गुरुङले बताए । त्यसलगत्तै नेकपाका कार्यकर्ताहरु नारा जुलुस र कोणसभाको आयोजना गरी अन्यत्रै गएपछि नेता डा रिजालले भवन शिलान्यास गरेका थिए ।

सो क्रममा झडप हुनसक्ने आशङ्काले ठूलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको थियो । शिलान्यास पछि काङ्ग्रेस नेता रिजालले लोकतन्त्रमा विरोध गर्न पाइने भए पनि कसैलाई अवरोध गर्न नपाईने बताए।