६ आश्विन २०८१, आईतवार
,
Latest
मन्त्री भण्डारी र भूटानीमन्त्री छिरिङबीच भेट काँग्रेस–एमालेबीच लिखित समझदारी नभएको भएपनि संविधान संशोधन आवश्यक थियो: सांसद निधी मेडिकल व्यवसायी प्रसाईंलाई काठमाडौँ जिल्ला अदालतमा पेस उपलब्धिको रक्षा गर्नेगरी संविधान संशोधन भए सहयोग गर्न तयार छौँ: वरिष्ठ उपाध्यक्ष श्रेष्ठ संविधन संशोधनको कुरा गर्दा झस्किनु पर्दैन: गृहमन्त्री लेखक संविधान संशोधन सरकारको मात्रै विषय होइन: सभामुख घिमिरे गोरखा मिडिया नेटवर्कका संञ्चालक छविलाल जोशी पक्राउ आमसञ्चार माध्यम लोकतान्त्रिक शासन प्रणालीको मेरुदण्ड: राष्ट्रपति पौडेल श्रीलंकामा कुनै उम्मेदवारले पाएनन् ५० प्रतिशत मत, अब दोस्रो चरणको मतगणना हुने रामेछापमा बलेरो दुर्घटना, एकको मृत्यु, छ घाइते
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

बजेट कार्यान्वयनमा जोड दिन सरकारलाई माओवादी केन्द्रका सांसदहरुको सुझाव



काठमाडौँ, १८ जेठ : नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को शुक्रबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकमा सहभागी नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत । तस्बिर : प्रदीपराज वन्त/रासस
अ+ अ-

काठमाडौँ । सरकारको नेतृत्व गरिरहेको नेकपा (माओवादी केन्द्र) का सांसदहरुले सरकारले प्रश्तुत गरेको आगामी आर्थिक वर्षका बजेट कार्यान्वयनमा जोड दिन सरकारलाई सुझाव दिएका छन् ।

शुक्रवार सिंहदरबारमा बसेको पार्टी संसदीय दलको बैठकमा उनीहरुले बजेट राजनीतिक, आर्थिक र सत्ता समिकरणलाई समेत ध्यानमा राखेर सन्तुलित र सही ढंंगले आएको निष्कर्ष निकाल्दै यसको कार्यान्वयनमा जोड दिन सरकारलाई सुझाव दिएका हुन् । पार्टीका सांसदहरुले देशको अर्थ व्यवस्था, राजनीतिक अवस्था, सत्ता समिकरणलाई समेत ख्याल गरेर आएकाले त्यसको कार्यान्वयनमा जोड गरेर जानुपर्छ भन्ने सुझाव बैठकमा दिनुभएको पार्टी संसदीय दलका प्रमुख सचेतक हितराज पाण्डेले बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘संसदीय दलको बैठकमा मुख्यत: बजेट, जो छलफलमा जाँदैछ । पर्सी आईतबारदेखि बजेट उपर माननीय सदस्यहरुको के धारणा छ, कसरी प्रश्तुत हुने ? एउटा यो विषयवस्तुमा ओरेन्टेशनका लागि यो बैठक मूल रुपमा आयोजना भएको हो । यो बैठकले खास गरेर सम्माननीय प्रधानमन्त्रज्युले राजनीतिक रुपमा अहिलेको स्थिति के छ, हामी कसरी जाने हो ? अनि त्यसपछि अव बजेटमा हामी कसरी प्रश्तुत हुने हो ? भन्ने बारेमा र सँगसँगै माननीय सदस्यहरुलाई बजेट कस्तो लाग्यो, यसका क्रियाप्रतिक्रियाहरु कस्ता लागे ? यो बारेमा पनि आफ्नो धारणा लिएर एउटा आरेन्टेशनका लागि भनेर यो बैठक आयोजना गरिएको थियो । राष्ट्रिय सभाको तर्फबाट प्रमुख सचेतक माननीय गोपीबहादुर अछामीले त्यहाँको रिपोर्ट गर्नुभयो । मैले प्रतिनिधि सभामा भए, गरेका कामहरुको रिपोर्टिङ गरेँ । त्यसपछि बजेटका बारेमा करिव १२ जना माननीयहरुले बजेटबारे आफ्नो सुझाव प्रस्तुत गर्नु भयो । माननीय अर्थमन्त्रीले बजेटको मूल ओरेन्टेशन के थियो र अहिलेसम्म हामी कसरी अघि बढेका छौं ? भन्ने कुरा राख्नुभयो । र सम्माननीय प्रधानमन्त्रीज्युले अन्तिममा यसलाई संश्लेषण गरेर बजेटका बारेमा यसरी प्रश्तुत हुने भनेर राख्नुभयो । क्रियाप्रतिक्रियाको रुपमा पनि के आयो भने यो बजेट अहिलेको सापेक्षतामा हाम्रो देशका अर्थ व्यवस्था, राजनीतिक अवस्था, हामी समिकरणका साथ जसरी अघि बढिराखेका छौं ।’

‘यो सबै हिसावले अहिलेको बजेट सन्तुलित छ । यसले सही दिशा पक्रेको छ । अब यसलाई कार्यान्वयनका लागि जोड गरेर जानुपर्छ भन्ने नै माननीय सदस्यहरुको सुझाव आयो । त्यही रुपमा अब बजेटमा प्रश्तुत हुँदा पनि अव छलफलमा प्रश्तुत हुँदा पनि बजेटको यो सकारात्मक विषयवस्तुलाई यड गर्ने गरेर यसका साथसाथै आफूलाई लागेका अरु कुरा पनि सुझावको रुपमा प्रस्तुत गर्ने गरेर माननीय सदस्यहरुलाई राष्ट्रियसभामा पनि, प्रतिनिधिसभामा पनि सहभागी हुनका लागि सम्माननीय प्रधानमन्त्रीज्यूले निर्देशित गर्नुभएको छ । यो बजेटले आम जनतामा एक किसिमको आशा र उत्साह जगायो भनेर सम्माननीय प्रधानमन्त्रीज्युले संश्लेषण गर्नुभयो । यो बजेटको मुल आरेन्टेशन भनेको समाजवादको आधार तयार बनाउनका लागि खास गरेर उत्पादन वृद्धि, उत्पादकत्व वृद्धि, र सामाजिक न्यायलाई मुल ओरेन्टेशन बनाएर बजेट आएको छ ।’

‘अहिले बजेटको सिमितता छ । तर फेरि पनि आर्थिक गतिविधिलाई चलायमान बनाउँदैल गतिशील बनाउँदै यसले एउटा ठोस विषयवस्तु लिन्छ भनेर अर्थमन्त्रीजीले पनि विश्लेषण गर्नुभयो ।समितिका कामहरुमा पनि सबै लाग्ने र २० गतेदेखि उता लगातार बजेटउपर छलफललाई गतिका साथ अघि बढाउने भन्ने कुरा आएको छ । टिआरसीसँग सम्बन्धित विधेयक, निजामती कर्मचारी सेवा सम्बन्धि विधेयक, विद्यालय शिक्षा विधेयक, जो आईसकेका छन् । र कोही अन्तिममा पनि पुगेको छन । ती विधेयकहरुको काममा पनि त्यत्तिकै तिब्रताका साथ जाने भन्ने किसिमको निर्णय भएको छ ।’

बैठकले संक्रमणकालिन न्याय सम्बन्धि विधेयक, निजामती कर्मचारी सेवा सम्बन्धि विधेयक, विद्यालय शिक्षा विधेयकलगायतका संसद र संसदीय समितिहरुमा विचाराधिन विधेयकहरुको छलफललाई तिब्रताका साथ अघि बढाउने निर्णय पनि गरेको छ । संसद र संसदीय समितिका बैठकहरुलाई तिब्रता दिएर बजेट र अन्य महत्वपूर्ण विधेयकहरुलाई पनि टुंगोमा पुर्‍याउने काममा तीव्रता दिने निर्णय बैठकले गरेको पनि प्रमुख सचेतक पाण्डेले बताउनु भयो ।