२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar किसान परिचयपत्र वितरण गर्न माग News Polar पर्यटकलाई दुःख दिने १५ जना पक्राउ News Polar नक्कली नोट कारोबार गर्ने दुई जना पक्राउ News Polar मल्कवाङबाट गर्भवतीको हवाई उद्धार News Polar एसियाड पारा खेलाडीलाई टिसर्ट News Polar पोखरामा अल्ट्रा ट्रेल दौड प्रतियोगिता News Polar दुबईमा नेपथ्यको नयाँ उचाइ News Polar दुई लाख बढी नगदसहित जुवा खालबाट पाँच पक्राउ News Polar चिनियाँ पर्यटक आकर्षित गर्न जोर्डनको प्रयास तीव्र News Polar नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्रहरू जलवायु सङ्कटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल News Polar जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल News Polar घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि रुट परमिट खुला News Polar वृद्धको हत्या अभियोगमा युवक पक्राउ News Polar कांग्रेस सभापतिमा तीन जनाको उम्मेदवारी News Polar कांग्रेसको १५औं महाधिवेशन: उपसभापतिमा शर्मा र महिला उपसभापतिमा भुसाल निर्विरोध निर्वाचित News Polar बार्सिलोनामा हिंसात्मक प्रदर्शनपछि स्पेन सरकारद्वारा आवाससम्बन्धी आपतकालीन उपाय स्वीकृत News Polar फ्रान्समा विद्यार्थी आन्दोलन चर्कियो, सयौँ उच्च माध्यमिक विद्यालय प्रभावित News Polar धानमा आत्मनिर्भर बनेपछि वन फँडानी रोक्ने इन्डोनेसियाको निर्णय News Polar कृष्ण थापा नेपाली सेनाको रग्बी प्रशिक्षक नियुक्त News Polar तिलौराकोट, जनकपुरधाम र पनौतीबारे अध्ययन गरिने

इमर्जेन्सीमै छैन उपचार

इमर्जेन्सीमै छैन उपचार
अ अ+ अ-

काठमाडौँ — नयाँ बानेश्वरस्थित आफ्नै घरको बरन्डामा लडेर ९३ वर्षीया गीता अधिकारीको खुट्टा भाँच्चियो । उनी महाराजगन्जस्थित शिक्षण अस्पतालको आकस्मिक कक्षमा शय्या नपाएर ट्रलीमा छटपटिँदै थिइन् । त्यहीं दोलखाकी संगीता श्रेष्ठ र जोरपाटीका साहिँला तामाङ एउटै शय्यामा उपचार गराइरहेका थिए । दुवै जना पेट दुखेर आएका हुन् ।

श्रेष्ठ बुधबारदेखि सिटी स्क्यान रिपोर्टको पर्खाइमा थिए । त्यस्तै दुर्घटनामा परेका एक बालक र महिला एउटै शय्या ९नम्बर ५० मा उपचार गराइरहेका थिए । सँगैको अर्को चारवटा शय्यामा कुनैमा दुई त कुनैमा तीन जनासम्म बिरामी कोच्चिएर बसिरहेका थिए । हात भाँच्चिएका एक जना बालक दुखाइ सहन नसकेर रोइरहेका थिए ।

राष्ट्रिय ट्रमा सेन्टरको आकस्मिक कक्ष । शय्या खाली नभएर कोही भुइँ त कोही ह्वीलचियर र ट्रलीमा उपचारार्थ थिए । दुवै पैताला गुमाएका धादिङ गल्छीका ४८ वर्षीय रामबहादुर सार्की इमर्जेन्सीमा शय्या पाउन सातादेखि कुरिरहेका थिए । उनी पुरानो घाउ बल्झेर उपचारका लागि आएका हुन् । उनका छोरा शम्भुले सुनाए, ‘बुवा हिँड्डुल गर्न सक्नुहुन्न । शौचालय ल्याउनरलैजान ट्रलीसमेत खाली छैन । स्वास्थ्यकर्मी आउँछन्, खुट्टा काट्नुपर्छभनेर जान्छन् ।’

उदयपुर ताप्लीका बमबहादुर सार्की तीन दिनदेखि ह्वीलचियरमा थिए । बोल्न, हिँड्डुल गर्न नसक्ने उनको जीउ पूरै सुकिसकेको थियो । २०७८ जेठमा सवारी दुर्घटनामा परेका उनी घाउ बल्झेर पुनः उपचारका लागि आएका हुन् । मोटरसाइकलको ठक्करबाट घाइते भएकी बालाजुकी ६५ वर्षीया मथुरा विशंखे पनि बुधबारदेखि भुइँमा उपचार गराइरहेकी थिइन् । दुई सय शय्या मापदण्डको अस्पतालमा ५ शय्या बढी सञ्चालन छ । तैपनि बिरामीको चाप थेग्न सकिरहेको छैन ।

वीरको आकस्मिक कक्षमा पनि बिरामी कुर्सीमै छटपटाइरहेका थिए । आफन्त शय्या मिलाउन भौंतारिरहेका थिए । कक्षमा पाइला राख्ने ठाउँ थिएन । चिकित्सकहरूको दौडधुप उस्तै थियो ।

यी दर्दनाक दृश्य शुक्रबार शिक्षण, ट्रमा र वीर अस्पतालको आकस्मिक कक्षमा पुग्दा देखिएका हुन् । दुर्घटनामा परेका, तातोपानी, आगो, एसिड वा बिजुलीले पोलेका, पानीमा डुबेका, विष खाएका, बेहोस भएका, सर्प वा अन्य विषालु जनावरले टोकेकालगायत तत्काल उपचार नपाएर ज्यानै जान सक्ने बिरामी आकस्मिक उपचारका लागि आउने गरेका छन् । तर, पर्याप्त शय्या र दक्ष जनशक्ति नहुँदा आकस्मिक सेवा लिन पुगेकाले समेत घण्टौं कुर्नुपर्ने बाध्यता छ ।

सरकारले अस्पतालको कुल शय्याको १० प्रतिशत आकस्मिकका लागि हुनुपर्ने नियम बनाएको छ । शिक्षणमा ७ सयभन्दा बढी शय्या छन् । मापदण्डअनुसार आकस्मिक कक्षमा कम्तीमा ७० शय्या हुनुपर्छ तर ३५ वटा मात्र छन् । ५ सय शय्या (सर्जिकल वार्डबाहेक) को अस्पतालमा मापदण्डअनुसार ५० शय्याको आकस्मिक कक्ष हुनुपर्छ तर ३० शय्यामात्र चालु छन् । यस्तै समस्या पाटन, प्रसूति गृह, कान्तिजस्ता ठूला अस्पतालमा पनि छ । ६ सय ५० शय्याको पाटनमा आकस्मिक कक्षमा ४५ शय्या, ३ सय शय्याको कान्तिमा ८ शय्या, ४ सय १७ शय्याको प्रसूतिगृहमा १६ शय्यामात्र सञ्चालनमा छन् ।

जनस्वास्थ्यविज्ञ प्रा। डा। विन्ज्वाला श्रेष्ठ भन्छन्, ‘बिरामी सुरुमा पुग्ने इमर्जेन्सीमा हो, कोभिडमा अस्पतालका अन्य सबै सेवा बन्द गरेर इमर्जेन्सी मात्र पनि सञ्चालन गर्नुपर्ने अवस्था आयो । त्यसैले इमर्जेन्सी प्रकोपजन्य रोग तथा प्राकृतिक प्रकोपसमेत विचार गरी तयारी अवस्थामा राख्नुपर्छ ।’ उनले स्वास्थ्य मन्त्रालयले अनुगमन गरेर अस्पतालहरूले मापदण्ड कार्यान्वयन नगरेमा लाइसेन्स खारेजसमेत गर्न सकिने बताइन् । ‘इमर्जेन्सीमा शय्या नपाएर ज्यानै गुमाउनु नपरोस्,’ उनले भनिन् । स्वास्थ्य मन्त्रालयका सचिव डा। रोशन पोखरेलले अनुगमन भइरहेको दाबी गरे । ‘सरकारी अस्पतालमा त्यस्तो नाजुक अवस्था छैन, तैपनि शय्या बढाउने तयारीमा छौं,’ उनले भने ।

वीरमा कार्यकारी अधिकारी डा। भूपेन्द्रकुमार बस्नेत आइसकेपछि कक्षमा पुराना शय्या हटाएर सबै मनिटर जडित शय्या राखिएको छ । तर, शय्या अभावका कारण बिरामीले कष्ट भोग्नुपरेको समस्या भने उस्तै छ । डा। बस्नेतले शय्या बढाउन गृहकार्य गरिरहेको बताए । ‘एक सय शय्याको इमर्जेन्सी चलाउने योजनामा छौं,’ उनले भने, ‘सेवाग्राही पनि जिम्मेवार हुनुपर्‍यो ।

ह्वीलचियरसमेत गाडीमा लैजाने बिरामी पनि छन् ।’ उनले १५ वटा ह्वीलचियर खरिद गर्न टेन्डरमा पठाउने तयारीमा रहेको बताए । ‘नयाँ सर्जिकल भवन पूरै सञ्चालनमा आएपछि शय्याको समस्या हुँदैन,’ उनले भने, ‘यसका लागि तीव्र गतिमा तयारी भइरहेको छ ।’

(कान्तिपुर दैनिकमा समाचार छ)