१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक प्रतिनिधि सभामा पेश News Polar राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक प्रतिनिधिसभामा पेश News Polar विधि विज्ञान प्रयोगशाला विधेयकमाथि समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेश News Polar प्रधानमन्त्री दैवीप्रकोप उद्धार र राहत कोषको आय–व्यय विवरण सार्वजनिक गर्न माग News Polar जलवायु परिवर्तनसम्बन्धी दोहोरो समिति नबनाउन सांसद विकको माग News Polar भारतीय कर नीतिले जुट उद्योग धराशायी हुने भन्दै सरकारको ध्यानाकर्षण News Polar भट्टराईको टिप्पणी : ‘ठूला माछा समात्ने प्रकरणमा सरकार पछि हट्नु विडम्बना’ News Polar धुनिबेशीमा ६ वटा सवारीसाधन दुर्घटनामा News Polar प्रधानमन्त्रीको विदेश भ्रमणबारे संसदलाई जानकारी नदिएको भन्दै एमाले सांसद हमालको आपत्ति News Polar विपद् व्यवस्थापन संरचना बलियो बनाउन सरकारसँग सांसद खरेलको माग News Polar सम्पर्कविहीन नागरिकको अवस्थाबारे तत्काल जानकारी दिन सांसद राईको माग News Polar दाना–खुर्कोट प्रसारण लाइनको टावर बाढीबाट क्षति News Polar नारायणी बाढीपीडितलाई प्रदेश सरकारको साथ रहने मुख्यमन्त्री थापाको प्रतिबद्धता News Polar यातायात व्यवस्था कार्यालयबाट ३५ करोड राजश्व सङ्कलन News Polar भोटेकोशी बाढी : कास्कीबाट पौने तीन करोड बढी सहयोग News Polar चोलेन्द्र पक्राउ प्रकरण: न्याय परिवारलाई आतंकित तुल्याउने नियत देखियो: न्यायाधीश समाज News Polar नहर विस्तार गर्दै सिक्टा सिँचाइ आयोजना News Polar चीनको पहाडी क्षेत्रमा तिब्रगतिको रेल सेवा सञ्चालन, आर्थिक विकास र पर्यटनमा नयाँ आयाम News Polar टर्कीको गाजियान्तेपमा मिनीबस र कार ठोक्किँदा ७ जनाको मृत्यु, १३ घाइते News Polar प्राकृतिक उपचारस्थल सिंगा तातोपानी कुण्डमा बाढीले क्षति

अर्थसम्बन्धी कानून संशोधन विधेयकः सुशासन प्रवर्द्धन हुनेमा सांसदहरूको विश्वास, राजश्व अनुसन्धानको संरचना परिवर्तनप्रति आपत्ति

अर्थसम्बन्धी कानून संशोधन विधेयकः सुशासन प्रवर्द्धन हुनेमा सांसदहरूको विश्वास, राजश्व अनुसन्धानको संरचना परिवर्तनप्रति आपत्ति
अ अ+ अ-

काठमाडौँ। प्रतिनिधि सभाका सांसदहरुले अर्थसम्बन्धी केही नेपाल कानूनलाई संशोधन र खारेज गर्ने विधेयकले सुशासन, आर्थिक अनुशासन, सार्वजनिक उत्तरदायित्व र लगानीमैत्री वातावरण निर्माणमा योगदान पु¥याउने विश्वास व्यक्त गरेका छन् ।

सभाको बुधवारको बैठकमा विधेयकमाथिको सैद्धान्तिम छलफलमा सहभागि हुँदै उनीहरुले यस्तो धारणा राखेका हुन् । अर्थसम्बन्धी अप्रासंगिक, दोहोरो र निष्क्रिय कानूनी व्यवस्था हटाएर कानूनी प्रणालीलाई सरल, स्पष्ट र समयानुकूल बनाउन आवश्यक उक्त विधेयकले महत्वपूर्ण भुमिका खेल्ने उनीहरुको भनाइ छ ।

छलफलमा भाग लिँदै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद कृष्णहरि बुढाथोकीले विधेयकले संविधानको मर्म, संघीय शासन प्रणाली र वर्तमान आवश्यकताअनुसार कानूनी संरचना अद्यावधिक गर्ने उद्देश्य लिएको भन्दै सुशासन, आर्थिक अनुशासन, सार्वजनिक उत्तरदायित्व र लगानीमैत्री वातावरण निर्माणमा यसले योगदान पु¥याउने विश्वास व्यक्त गर्नुभयो । उहाँले यस विधेयकले अर्थसम्बन्धीका दोहोरो र निष्क्रिय कानूनी व्यवस्था हटाएर कानूनी प्रणालीलाई कानूनी प्रणालीलाई सरल, स्पष्ट र समयानुकूल बनाउन सहयोग पुग्ने विश्वास समेत व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘यो विधेयक नेपालको संविधानेको मर्म, संघीय शासन प्रणाली र समकालीन राष्ट्रिय आवश्यकताअनुसार कानूनी संरचनालाई अद्यावधिक गर्ने उद्देश्यसाथ प्रश्तुत भएको छ । सुशासन, आर्थिक अनुशासन, सार्वजनिक उत्तरदायित्व तथा निजी क्षेत्रको प्रवद्र्धनका सिद्धान्तसँग मेल नखाने, अप्रासांगिक, दोहोरो निष्क्रिय कानूनी व्यवस्थालाई हटाएर कानूनी प्रणालीलाई सरल, स्पष्ट र समयानुकुल बनाउन आवश्यक छ । संविधानको धारा ५१ ले निजी क्षेत्र, सहकारी र सार्वजनिक क्षेत्रको सहकार्यमा उत्पादनशील अर्थतन्त्र निर्माण गर्ने, लगानीमैत्री वातावरण सिर्जना गर्ने तथा सार्वजनिक प्रशासनलाई प्रभावकारी बनाउने राज्यको आर्थिक उद्देश्य उल्लेख गरिएको छ । जुन हासिल गर्न यस विधेयकले महत्वपूर्ण भुमिका खेल्ने देखिन्छ ।’

सांसद अशोककुमार चौधरीले वर्षौं पहिले बनेका पुराना ६ वटा ऐन  खारेज र ३ वटा ऐन संशोधन गर्ने विधेयकको प्रश्ताव स्वागतयोग्य रहेको बताउनु भयो । उहाँले कानूनको संख्या बढाउनुभन्दा गुणस्तरीय, स्पष्ट र कार्यान्वयनयोग्य कानुन निर्माणमा जोड दिनुपर्ने बताउनु भयो । उहाँले एउटै विषयमा दोहोरो कानुनी व्यवस्थाले प्रशासनिक जटिलता र नागरिकलाई अनावश्यक सास्ती दिने अवस्था अन्त्य गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो, ‘प्रश्तावित विधेयकमार्फत ६ वटा कानून, ऐनहरु खारेज गर्ने र ३ वटा ऐन संशोधन गर्ने प्रश्ताव आवश्यक र स्वागतयोग्य छ । २०१३, २०१४, २०१९, २०५२ र २०५५ मा निर्माण गरिएका ६ वटा ऐनहरु समयानुकुल आवश्यकताको आधारमा खारेज गर्न लागेको देखिन्छ । हामीले कानूनको संख्या बढाउनेभन्दा पनि गुणस्तरीय, स्पष्ट र कार्ययोजनायोग्य तथा नागरिकमेत्री कानून निर्माणमा जोड दिनुपर्छ । पुराना र प्रसंग नै नमिल्ने कानूनहरु बोकेर राज्य संयन्त्रलाई जटिल बनाउनु उचित हुँदैन । एउटै विषयमा दोहोरो कानूनी व्यवस्थाले प्रशासनिक जटिलता बढ्ने, निर्णय प्रक्रियामा अन्यौल सिर्जना हुने र नागरिकले अनावश्यक दुःख पाउने अवस्था देखिएको छ । त्यसकारण यी सबै अवस्थाको अन्त्य गर्दै कानूनी स्पष्टता गर्नु र कम समय र कम लागतमा प्रभावकारी सार्वजनिक सेवा सुनिश्चित गर्नु तथा सरकारी संयन्त्रलाई थप उत्तरदायी बनाउनु यस विधेयकको महत्वपूर्ण पक्ष रहेको छ ।’

नेपाली काँग्रेसकी सांसद रेनुका काउचाले विधेयकमार्फत राजश्व अनुसन्धान विभागलाई खारेज गर्न खोजिएकोप्रति आपत्ति जनाउनु भयो । उहाँले विभागले वर्षौंदेखि विकास गरेको फरेन्सिक अकाउन्टिङ र अनुसन्धान क्षमता तत्काल अन्य निकायमा हस्तान्तरण हुने कुनै सुनिश्चितता नरहेको उल्लेख गर्दै कर्मचारी व्यवस्थापन, चलिरहेका मुद्दाको भविष्य तथा अभिलेख हस्तान्तरणबारे विधेयक स्पष्ट नभएको बताउनु भयो । उहाँले विधेयकमा चलिरहेका मुद्दा र अभिलेख अर्थ मन्त्रालयको निर्णयअनुसार सार्ने व्यवस्था गरेकाले त्यसले कार्यपालिकालाई अत्यधिक विवेकाधिकार दिएको र ठूला मुद्दा कमजोर हुने जोखिम बढाउने तर्क समेत गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘संस्थागत क्षमताको कुरा छुट्टै हो । राजश्व अनुसन्धान विभागले वर्षौंदेखि बनाएको फरेन्सिक अकाउन्टिङ र अनुसन्धानसम्बन्धी दक्षता एकैचोटि आईआरडी र भन्सारमा सर्छ भन्ने कुनै ग्यारेन्टी छैन । कर्मचारी कहाँ जाने, चलिरहेको मुद्दाको भविष्य के हुने ? भन्ने कुरामा विधेयक स्पष्ट देखिँदैन । दफा ५ मा त झन चलिरहेका मुद्दा र अभिलेख अर्थ मन्त्रालयको निर्णय बमोजिम सर्ने भनिएको छ । यो त पूर्ण रुपमा कार्यपालिकाको विवेकमा छोडिएको भएन र ? यसले चलिरहेका ठुला मुद्दा हराउने वा कमजोर हुने जोखिम पनि उत्तिकै बढाउँछ । अन्तर्राष्ट्रिय रुपमा हेर्ने हो भने पनि राजश्व संकलन गर्ने र त्यसभित्रको अनियमितता हेर्ने निकाय सचेत भएर नै फरक राखेको पाइन्छ ।’

नेकपा (एमाले)का सांसद गुरु बरालले अर्थमन्त्रीको सुधारको प्रयासलाई समर्थन गरे पनि राजश्व अनुसन्धान विभागको संस्थागत क्षमता र प्रभावकारिताबारे पर्याप्त अध्ययन नगरी संरचना परिवर्तन गर्न खोजिएको भन्दै आपत्ति जनाउनु भयो । उहाँले विद्यमान संरचना विस्थापित गरी जनशक्ति अन्यत्र सार्ने योजनाले निजी क्षेत्रलाई समेत आश्वस्त बनाउन नसक्ने बताउनु भयो । उहाँले अर्थतन्त्रका नकारात्मक सूचकहरू कायम रहनु चिन्ताजनक भएको समेत बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘उहाँले राजश्व अनुसन्धान विभागलाई हटाएर जे अभ्यास गर्न खोज्नुभएको छ राजश्व अनुसन्धान विभागको स्टे«न्थ र अवसरबारे उहाँले कति कुराको अध्ययन गर्न भ्याउनुभयो मलाई शंका लाग्छ । अर्थमन्त्रीज्यूमा सुधारको हुटहुटी छ । त्यसले केही परिवर्तन पक्कै ल्याउँछ त्यसलाई समर्थन गरौँला । तर जसरी उहाँले भएका संरचनाहरुलाई विस्थापित गराउने अनि त्यही जनशक्तिलाई विभिन्न कार्यक्रममा ल्याउने प्लानिङ गरेको देखिन्छ । तर निजी क्षेत्र आज खुसि हुन सकेन । जसले गर्दा लगातार अर्थतन्त्रको नकारात्मक इन्डिकेटर देखापरिरहेको छ ।’

विधेयकमाथिको छलफलमा सहभागि अधिकांश सांसदहरुले विधेयकले अर्थसम्बन्धी कानूनहरुलाई समायानुकुल बनाउन सहयोग गर्ने विश्वास व्यक्त गरेका छन् ।–न्युज एजेन्सी नेपाल