१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेस १५औँ महाधिवेशनः केन्द्रीय निर्देशन समितिसहित विभिन्न समिति गठन News Polar जलवायु संकटमा हिमालदेखि समुद्रसम्म सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता

बदलिँदो प्राथमिकता र आवश्यकताका आधारमा सरकारले युएनडीपीसँग विकास सहकार्य चाहेको छ: अर्थमन्त्री

बदलिँदो प्राथमिकता र आवश्यकताका आधारमा सरकारले युएनडीपीसँग विकास सहकार्य चाहेको छ: अर्थमन्त्री
अ अ+ अ-

काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बदलिँदो प्राथमिकता र आवश्यकताका आधारमा सरकारले संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडीपी) सँग विकास सहकार्य चाहेको बताउनुभएको छ ।

नेपाल र युएनडीपीबिच सहकार्य सुरु भएको ६० औँ वर्षगाँठको अवसरमा काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो धारणा राख्नुभएको हो ।

उहाँले नेपालसँग ६० वर्षदेखि विकासका विभिन्न क्षेत्रमा सहकार्य गरेकोमा युएनडीपीलाई धन्यवाद पनि दिनुभयो ।

“गरिबी निवारण, असमानता न्यूनीकरण र दिगो विकास क्षेत्र देखि शिक्षा, स्वास्थ्यलगायतका कार्यमा संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रमको योगदान अविस्मरणीय छ ।

यहाँहरूलाई धेरै धेरै धन्यवाद,” अर्थमन्त्री वाग्लेले भन्नुभयो, “आज ६० वर्ष पुगेको सहकार्य १०० वर्षसम्म रहोस् भन्ने कामना गर्दछु ।”

संयुक्त राष्ट्रसङ्घको छाताभित्र रहेर विकासका दीर्घकालीन सहकार्य गर्नु कति रकम लगानी भयो भन्नेमा मात्रै सीमित नरहेको भन्दै उहाँले एउटा विशाल अन्तरदेशीय सहकार्य र समन्वयको रूपमा यसलाई बुझ्न सकिने बताउनुभयो ।

नेपालको पर्यावरण संरक्षण, लोकतन्त्रको सुदृढीकरण, युवालाई प्रोत्साहन र डिजिटल क्षेत्रमा पुर्‍याएको योगदानका लागि उहाँले युएनडीपीलाई धन्यवाद दिनुभयो। आफुले पनि यस संस्थामा जीवनको महत्त्वपूर्ण समय बिताएको पनि उहाँले स्मरण गर्नुभयो ।

सो अवसरमा उहाँले युएनडीपीले नेपालमा गरेका कामहरूको तस्बिर कथा समेटिएको फोटो किताब “६० वर्षको सहयात्रा” सार्वजनिक पनि गर्नुभयो । रासस