१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक प्रतिनिधि सभामा पेश News Polar राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक प्रतिनिधिसभामा पेश News Polar विधि विज्ञान प्रयोगशाला विधेयकमाथि समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेश News Polar प्रधानमन्त्री दैवीप्रकोप उद्धार र राहत कोषको आय–व्यय विवरण सार्वजनिक गर्न माग News Polar जलवायु परिवर्तनसम्बन्धी दोहोरो समिति नबनाउन सांसद विकको माग News Polar भारतीय कर नीतिले जुट उद्योग धराशायी हुने भन्दै सरकारको ध्यानाकर्षण News Polar भट्टराईको टिप्पणी : ‘ठूला माछा समात्ने प्रकरणमा सरकार पछि हट्नु विडम्बना’ News Polar धुनिबेशीमा ६ वटा सवारीसाधन दुर्घटनामा News Polar प्रधानमन्त्रीको विदेश भ्रमणबारे संसदलाई जानकारी नदिएको भन्दै एमाले सांसद हमालको आपत्ति News Polar विपद् व्यवस्थापन संरचना बलियो बनाउन सरकारसँग सांसद खरेलको माग News Polar सम्पर्कविहीन नागरिकको अवस्थाबारे तत्काल जानकारी दिन सांसद राईको माग News Polar दाना–खुर्कोट प्रसारण लाइनको टावर बाढीबाट क्षति News Polar नारायणी बाढीपीडितलाई प्रदेश सरकारको साथ रहने मुख्यमन्त्री थापाको प्रतिबद्धता News Polar यातायात व्यवस्था कार्यालयबाट ३५ करोड राजश्व सङ्कलन News Polar भोटेकोशी बाढी : कास्कीबाट पौने तीन करोड बढी सहयोग News Polar चोलेन्द्र पक्राउ प्रकरण: न्याय परिवारलाई आतंकित तुल्याउने नियत देखियो: न्यायाधीश समाज News Polar नहर विस्तार गर्दै सिक्टा सिँचाइ आयोजना News Polar चीनको पहाडी क्षेत्रमा तिब्रगतिको रेल सेवा सञ्चालन, आर्थिक विकास र पर्यटनमा नयाँ आयाम News Polar टर्कीको गाजियान्तेपमा मिनीबस र कार ठोक्किँदा ७ जनाको मृत्यु, १३ घाइते News Polar प्राकृतिक उपचारस्थल सिंगा तातोपानी कुण्डमा बाढीले क्षति

गोलभेँडा किसानसँग मन्त्री गिता चौधरीको छलफल, ‘किसानले उत्पादन गरेको कृषि उपजको उचित मूल्य पाउन् भनेर कडा अनुगमनको व्यवस्था गरेका छौं’

गोलभेँडा किसानसँग मन्त्री गिता चौधरीको छलफल, ‘किसानले उत्पादन गरेको कृषि उपजको उचित मूल्य पाउन् भनेर कडा अनुगमनको व्यवस्था गरेका छौं’
अ अ+ अ-

काठमाडौँ। कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीले सडकमा गोलभेँडा फ्याँकेर प्रदर्शनमा रहेका किसानहरुसँग छलफल गर्नुभएको छ ।

प्रदर्शनमा रहेका किसानलाई आजै मन्त्री चौधरीले किसान प्रतिनिधिहरूलाई मन्त्रालयमा आमन्त्रण गरी उनीहरूका गुनासा र मागबारे विस्तृत छलफल गर्नुभएको हो ।

मन्त्री चौधरीले भन्नुभयो, ‘किसानले उत्पादन गरेको कृषि उपजको उचित मूल्य पाउन् भनेर कडा अनुगमनको व्यवस्था गरेका छौं, यसमा विचौलिया रोक्नका लागि कृषि विधेयक अघि बढाएका छौं ।’ कृषि ऐन बनेपछि विचौलियाको समस्या समाधान हुने उहाँको भनाई थियो ।

मन्त्री चौधरीले किसानलाई आफ्नो उत्पादन नजिकका हाटबजारमा विक्री वितरण गर्न आग्रह गर्दै सबैले उत्पादित सामग्री बेच्न कालीमाटी बजारमा आइरहन नपर्ने बताउनुभयो ।

‘हामीले किसानका पीडा बुझेका छौँ, किसानका समस्या सुनुवाई गर्न र समाधान गर्नका लागि म किसानको खेतमा पनि आउन तयार छु,’ मन्त्री चौधरीले भन्नुभयो, ‘आन्दोलन समाधान होइन, सहजीकरणमा आउनुस्, किसानसम्म रासायनिक मल सहज रुपमा पुगोस् भनेर हामीले कडा अनुगमनको व्यवस्था गरेका छौं ।’

छलफलका क्रममा किसानका समस्यालाई गम्भीरतापूर्वक सुन्दै सम्बन्धित निकायसँग आवश्यक समन्वय गरी व्यवहारिक समाधानका लागि पहल गरिने विश्वास दिलाउनुभएको मन्त्रालयले जनाएको छ।

छलफलका क्रममा मन्त्री चौधरीले किसानको पीडाप्रति आफू संवेदनशील रहेको उल्लेख गर्दै भन्नुभयो, “म पनि किसानकी छोरी हुँ। किसानले भोग्नुपरेको पीडा र संघर्षलाई मैले नजिकबाट बुझेकी छु। किसानका जायज माग सम्बोधन गर्न मन्त्रालय सधैं सकारात्मक र प्रतिबद्ध रहनेछ।”

सरकार किसानको हितप्रति प्रतिबद्ध रहेको उल्लेख गर्दै उत्पादन, बजार व्यवस्थापन, उचित मूल्य निर्धारण तथा कृषि क्षेत्रका दीर्घकालीन समस्याको समाधानका लागि किसानसँग निरन्तर संवाद, सहकार्य र समन्वयलाई प्राथमिकता दिइने बताउनुभयो । रासस