३१ असार २०८३, बुधबार
,
Latest
सांसदहरूले सेबोनलाई भनेः ‘पुँजी बजार सुधारको स्पष्ट कार्ययोजना चाहियो’ १० कित्ते शेयर नीति पुनरावलोकन गर्ने बेला भयोः सह–सचिव आचार्य प्रधानमन्त्री साहद्वारा संसदीय नियमावली उल्लंघन गरिएको भन्दै श्रम संस्कृति पार्टीको आपत्ति नागरिकका समस्या समाधानमा सरकार असफलः नेकपा सरकार सस्तो लोकप्रियतामा अल्झिँदा मुलुक बर्बादितर्फ जाँदैछः सांसद शाही पर्यटन प्रवर्द्धनमा सरकार तीव्र गतिमा अघि बढेको प्रधानमन्त्री शाहको दाबी, होटल व्यवसायीका माग सम्बोधन गर्ने श्रीलंका प्रस्थान गरे प्रचण्ड, एसियाली क्षेत्रीय स्थायित्व सम्मेलनमा सहभागी हुने सरकारले आतंक सिर्जना गरेर शासन गर्न खोजेको काँग्रेसको आरोप प्रधानमन्त्रीको अभिव्यक्तिप्रति एमालेको आपत्तिः कालापानी, लिपुलेक र लिम्पियाधुरामाथिको दाबी छोड्न खोजिएको हो ? ग्यासमा हुने कालोबजारी नियन्त्रण गर्न समितिको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सेबोनमाथि सांसद अधिकारीको प्रश्नः ‘वर्षौंसम्म उधारो शेयर कारोबार कसरी लुक्यो ?’



अ+ अ-

काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद लिमा अधिकारीले नेपाल धितोपत्र बोर्ड (सेबोन) को नियामकीय भुमिकामाथि प्रश्न उठाउनुभएको छ ।

बुधवार बसेको अर्थ समितिको बैठकमा सांसद अधिकारीले वर्षौंदेखि भइरहेको भनिएको उधारो शेयर कारोबार, कृत्रिम मूल्यवृद्धि, प्रि–आईपीओमा प्रिमियम निर्धारण र फन्ड म्यानेजरको फ्लिपिङ प्रवृत्तिका बारेमा प्रश्न उठाउनुभएको हो । उहाँले फन्ड म्यानेजरहरूले कोटामार्फत प्राप्त सेयर छोटो अवधिमै बिक्री गरी नाफा कमाउने ‘फ्लिपिङ’ प्रवृत्ति बढेको बताउनु भयो ।

यसलाई रोक्न सेबोनले लक–इन वा अन्य कुनै प्रभावकारी व्यवस्था गरेको छ कि छैन ? उहाँले प्रश्न गर्नुभयो । उहाँले फन्ड म्यानेजरको कोटा हटाउने वा पुनर्संरचना गर्ने विषयमा पनि बोर्डसंग जवाफ माग्नुभयो । सेबोन ‘प्रो–एक्टिभ’ नियामक बन्नुपर्नेमा ‘रि–एक्टिभ’ रूपमा मात्र हाल काम गरिरहेको उहाँको आरोप छ । सिमित व्यक्तिले रकम भुक्तानी नै नगरी अर्बौं रुपैयाँ बराबरको सेयर उधारोमा खरिद–विक्री गरी कृत्रिम मूल्यवृद्धि गरेको उहाँले बताउनु भयो । त्यसमा उच्च तहका कर्मचारीको समेत संलग्नता रहेको आरोप लागेको उहाँको भनाई छ ।

धितोपत्र ऐन, २०६३ विपरीत वर्षौंदेखि उधारो कारोबार भइरहँदा सेबोनले त्यसबारे जानकारी किन पाएन ? उहाँले प्रश्न गर्नुभयो । सम्पती शुद्धीकरण अनुसन्धान विभागले पत्राचार गरेपछि मात्र अनुसन्धान सुरु हुनुले नियामकीय नियकाको कमजोरी देखिएको प्रष्ट भएको उहाँको भनाई छ । उहाँले सेबोनले ब्रोकर कम्पनीमाथिको नियमित अनुगमन गर्न नसकेको पनि आरोप लगाउनु भयो ।

प्रि–आईपीओका नाममा सर्वसाधारणबाट प्रिमियमसहित रकम संकलन गर्ने अभ्यास बढेको उल्लेख गर्दै उहाँले सेबोनको धााराणा माग गर्नुभयो । उहाँले आईपीओ निष्कासनमा पनि चलखेल हुने गरेको बताउनुभयो । आईपीओ निष्कासनअघि उच्च नाफाको प्रक्षेपण गरिने तर केही महिनामै कम्पनी घाटामा जाने प्रवृत्ति दोहोरिएको उहाँको भनाई छ ।