१२ भाद्र २०८३, शुक्रबार
,
Latest
यस्तो छ आज कालीमाटीमा कृषिउपजको थोक मूल्य भोटेकोसी बाढी अपडेट: ४६९ जनाको शव फेला, ९७७ जना अझै बेपत्ता मन्त्रिपरिषद् बैठक बस्दै रवीन्द्रको अग्निपरीक्षा आज, युएफसी फाइनलका लागि मर्डोकसँग भिडन्त मोटरसाइकल दुर्घटनामा जनमत पार्टीका केन्द्रीय सदस्यको मृत्यु भोटेकोशी बाढीमा मधेस प्रदेशका ५८ जना सम्पर्कविहीन, विवरण सङ्कलन गर्दै प्रहरी भोटेकोशी बाढीः सुनसरीका १५ जना सम्पर्कविहीन पहिचान र परीक्षणका लागि १०२ शव पोखरा ल्याइयो परिणाम विहिन सामाजिक सञ्जाल रङ्ग्याउने काम नगरौं,के गर्न सकिन्छ मैदानमा नै जनताले अनुभूति गर्नेगरी गरौं अप्पर त्रिशूली हाइड्रोपावरको टनेलमा फसेका ३५० सहित ८८३ जनाको नेपाली सेनाद्वारा उद्धार
तपाईं के खोज्दै हुनुहुन्छ ?

बारा–पर्साका युवासँग गृहमन्त्री गुरुङको छलफल



अ+ अ-

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले बारा र पर्सा जिल्लाका युवाहरूसँग भेटघाट गर्दै नेपाल–भारत सीमा क्षेत्रसँग सम्बन्धित विभिन्न विषयमा छलफल गरेका छन्।

भेटका क्रममा युवाहरूले सीमा क्षेत्रमा हुने आवतजावत, सुरक्षा व्यवस्थापन, तस्करी नियन्त्रण, सीमावर्ती नागरिकले भोगिरहेका समस्या तथा सीमा व्यवस्थापनसँग सम्बन्धित विभिन्न गुनासा गृहमन्त्रीसमक्ष राखेका थिए।

गृहमन्त्री गुरुङले युवाहरूका सुझाव र गुनासोलाई सरकारले गम्भीरतापूर्वक लिएको बताउँदै सीमा क्षेत्रको सुरक्षा, व्यवस्थापन तथा स्थानीय नागरिकका समस्याको समाधानका लागि आवश्यक पहल गरिने विश्वास दिलाए। उनले सीमा क्षेत्रमा शान्ति, सुरक्षा र सुशासन कायम गर्न सरकार प्रतिबद्ध रहेको समेत उल्लेख गरे।

भेटघाटमा सीमा क्षेत्रको समग्र व्यवस्थापनलाई प्रभावकारी बनाउने, स्थानीय तह र सुरक्षा निकायबीच समन्वय बढाउने तथा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा पनि छलफल भएको जनाइएको छ।