३१ असार २०८३, बुधबार
,
Latest
भारतीय टमाटरको आयात बढेपछि स्वदेशी किसान आन्दोलित ताप्लेजुङमा उच्च शिक्षा अध्ययन गर्नेलाई छात्रवृत्ति न्युयोर्कमा नेपाली–अमेरिकन व्यापार तथा लागानी सम्मेलन हुने मध्य र पश्चिम नेपालमा वर्षाको क्रम बढ्दै जाने पूर्वानुमान ‘प्रि–आईपीओ’ नाममा अवैध कारोबार गर्ने कम्पनीमाथि कारबाही हुन्छः सेबोन अध्यक्ष भट्ट कर्णाली मन्त्रिपरिषद् बैठकद्वारा विभिन्न निर्देशनालय सहित केन्द्र खारेज बजार घट्दा पनि नाफा हुने ‘सर्ट सेलिङ’ प्रणाली छिट्टै लागू गर्दैछौँः अध्यक्ष भट्ट हेटौँडा कपडा उद्योगमा सरसफाई र विद्युत जडानको काम हुँदै बारा–पर्साका युवासँग गृहमन्त्री गुरुङको छलफल विज्ञापन बोर्डको अध्यक्ष पदका लागि दरखास्त आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

सोलुखुम्बुमा भारतीय सहयोगमा ‘ङग्युर ञिङ्मा पल्युल दोङग क्षोलिङ्ग’ गुम्बाको शिलान्यास



अ+ अ-

काठमाडाैँ ।सोलुखुम्बु जिल्लाको लिखु पिके गाउँपालिकामा ‘ङग्युर ञिङ्मा पल्युल दोङग क्षोलिङ्ग’ गुम्बाको नयाँ भवन निर्माणका लागि शिलान्यास गरिएको छ ।

लिखु पिके गाउँपालिकाका अध्यक्ष मिना कार्की बस्नेत र काठमाडौंस्थित भारतीय राजदुतावासका द्वितीय सचिव अजयकुमार सिंहले संयुक्त रूपमा उक्त भवनको शिलान्यास गर्नुभएको हो । भारत सरकारको करिव ३ करोड ३० लाख नेपाली रुपैयाँ आर्थिक सहयोगमा निर्माण हुन लागेको यो परियोजना ‘उच्च प्रभाव सामुदायिक विकास परियोजना’ अन्तर्गत रहेको छ ।

लिखु पिके गाउँपालिकामार्फत कार्यान्वयन गरिने यो योजना सोलुखुम्बु जिल्लाकै छैटौँ उच्च प्रभाव सामुदायिक विकास परियोजना हो । शिलान्यास समारोहमा बोल्दै गाउँपालिका अध्यक्ष तथा अन्य सरोकारवालाहरूले भारत सरकारद्वारा प्रदान गरिँदै आएको विकास सहयोगको प्रशंसा गर्नुभयो । नयाँ पूर्वाधारको निर्माणले सोलुखुम्बुको लिखु पिके क्षेत्रमा रहेको समृद्ध सांस्कृतिक सम्पदाको संरक्षण र सम्वद्र्धनमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास उहाँहरूले व्यक्त गर्नुभयो ।

नेपाल र भारतबीचको घनिष्ठ र बहुआयामिक सहकार्यको परिणाम स्वरूप यस्ता परियोजनाहरू सञ्चालन हुँदै आएका छन् । उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरूको कार्यान्वयनले प्राथमिकताका क्षेत्रमा भौतिक पूर्वाधार विकास गर्नुका साथै नेपाल सरकारको समृद्धि र विकासको लक्ष्यलाई सुदृढ पार्न भारतको निरन्तर सहयोग रहने प्रतिवद्धतालाई पुनः पुष्टि गरेको छ ।–न्युज एजेन्सी नेपाल