२१ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी बाढीः वीर अस्पतालमा उपचाररत १७ जना डिस्चार्ज भोटेकोशी बाढीः त्रिशूली-१ मा थर्मल क्यामेराको सहयोगमा खोजी जारी त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देशः तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ पहिरोले ३२ खम्बा ढलेपछि बाजुरामा विद्युत् आपूर्ति बन्द गुल्मीका बाख्रामा देखिएको पिपिआर रोग नियन्त्रणमा कोरला नाका चलायमानः भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप हामी सबैलाई आश्वस्त बनाउन चाहन्छौँ की यो महाविपत्तिमा सरकार र पीडामा रहेका नागरिक सँगसँगै रहन्छौँः… बर्दियामा ५५ जनाको डिएनए संकलन साहित्यकार डा लालको निधन
तपाईं के खोज्दै हुनुहुन्छ ?

जापानमा तीन जनालाई मृत्युदण्ड



अ+ अ-

टोक्योः जापानमा गम्भीर अपराधमा जेल सजाय भोगिरहेका तीन जनालाई मृत्युदण्ड दिइएको छ । स्थानीय संचार माध्यमका अनुसार सन् २०१९ डिसेम्बर यताकै यो पहिलो मृत्युदण्ड हो ।

विश्वकै सर्वाधिक धनी देशहरुमध्ये जापानमा अझै पनि व्यक्तिलाई मृत्युदण्ड दिने प्रचलन कायम छ । कानुन मन्त्रालयको स्रोतलाई उल्लेख गर्दै जापानी संचार माध्यमले तीन जनालाई मृत्युदण्ड दिइएको बताएका छन् ।

जापानमा एक सय भन्दा बढी व्यक्ति मृत्युदण्डको सजायको पर्खाइमा रहेको बताइएको छ ।

अन्तर्राष्ट्रिय स्तरबाट मृत्युदण्डका बारेमा तिखो आलोचना भइरहे पनि जापान भित्रै भने आमजनमत भने मृत्युदण्डको पक्षमा रहेको छ ।

यसअघि सन् २०१९ मा पनि तीन जनालाई मृत्युदण्ड दिइएको थियो भने सन् २०१८ मा १५ जनाले यस्तो सजाय पाएका थिए जसमा सन् १९९५ को ग्यास आक्रमणका १३ जना दोषी पनि थिए ।

जापानमा लामो कानुनी सुनुवाई पश्चात मृत्युदण्ड दिने प्रचलन रहेको र मृत्युदण्ड दिँदा झुण्ड्याएर सजाय दिने गरिएको छ । एएफपी