५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु News Polar उज्बेकिस्तानको समरकन्दमा चेस ओलम्पियाड, नेपाली खेलाडीहरु पनि प्रतिष्पर्धामा News Polar ओलीको असन्तुष्टि : बाहिरबाट हमला भइरहेका बेला पार्टीभित्रै समस्या सिर्जना भयो News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु,केन्द्रीय सदस्यलाई ३ मिनेट समय निर्धारण News Polar रिद्धिसिद्धी यातायातको बसमा चालकले लगाए आगो, घाइते चालक अस्पतालमा News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु News Polar त्रिपुरेश्वरमा रिद्धि सिद्ध यातायातको बसमा आगलागी News Polar परराष्ट्र मन्त्रालयमा जलवायु कूटनीति शाखा स्थापना News Polar नेपालगञ्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने News Polar बजेटका अभावमा औद्योगिक ग्राम अलपत्र News Polar कृषि अनुसन्धान परिषद्मा राजनीतिक हस्तक्षेप र प्रशासनिक अराजकता अन्त्य गर्न ‘कृषि अनुसन्धान सेवा आयोग’ गठनको माग News Polar चीनद्वारा नयाँ उपग्रहहरू सफलतापूर्वक प्रक्षेपण News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो News Polar बाढी प्रभावितलाई रोजगार र आयआर्जनसँग जोड्ने प्रदेश सरकारको प्राथमिता News Polar वसन्तपुरमा यसरी हुँदैछ इन्द्रजात्राको तयारी News Polar एमालेमा ७० वर्षे उमेर हद र दुई कार्यकालको बहस निर्णायक चरणमा News Polar एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने

के एमसीसीले सत्तारुढ गठबन्धन फुटाउँदैछ ?

के एमसीसीले सत्तारुढ गठबन्धन फुटाउँदैछ ?
अ+ अ-

काठमाडौँ I सरकारले यही मंसिर २८ लाई संसदको बैठक बोलाएदेखि नै सत्तारुढ गठबन्धनका कांग्रेस बोहकका राजनीतिक दल सशंकित बनेका थिए । किनभने सरकारले बोलाएको संसद बैठक एमसीसी पास गर्नका लागि हो भन्ने उनीहरुको बुझाई थियो । त्यसो त एमालेको चितवन महाधिवेशन होस् या काँग्रेसको १४ औँ महाधिवेशनमा पनि एमाले अध्यक्ष केपी ओलीले आवश्यक परे काँग्रेसलाई जस्तो सुकै सहयोग गर्न पनि आफू तयार रहेको बताएपछि पनि ती दलका मनमा चिसो पसेकै थियो । नभन्दै अहिले पनि त्यस्तै भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार सर्वदलीय बैठक बोलाउनुभयो । त्यो बैठकमा एमसीसी एजेण्डा छ, छैन सायद उनीहरुलाईलाई थाहा नहुनसक्थ्यो ।

अवरुद्ध संसद खोलाउने विषयमा आवश्यक छलफल गर्न भन्दै प्रधानमन्त्रीले त्यो बैठक बोलाउनुभएको थियो । तर त्यहाँ जानु अघि नै सत्तारुढ दलहरुले भने एमसीसीबारेको आफ्नो तयारी गर्न थाले । नेकपा समाजवादीले बसेरा होटलमा बैठक गर्यो र एमसीसीबारे के गर्ने भन्ने विषयमा अध्यक्ष माधव नेपालले नेताहरुसँग परामर्श मागे । नेताहरुले यथास्थितिमा यो पास नगर्ने नै भने ।

उता प्रचण्डले पनि आफ्नो निवासमा केही नेता बोलाए र यस विषयमा छलफल गरे । त्यहाँ पनि नेताहरुले एमसीसी पास गर्न नहुने बताए । उनीहरुले अबको केही समयमा चुनाव हुने र त्यहाँ जाँदा एमसीसी पास गरेर जाने हो भने कार्यकर्ताले माओवादीलाई भोट नदिने निष्कर्ष निकालेका थिए । अर्थमन्त्री समेत रहेका जनार्दन शर्माले त अबको चुनावमा काँग्रेसले साथ दिएन भने एक्लै जानुपर्ने हुन्छ र त्यतिबेला झन् एमसीसी थपियो भने त्यसले हामलाई सक्छ भनी तर्क गरेका थिए । हिजो पुस ५ मा गत वर्ष संसद विघटन गरेको दिनको सम्झना भएको थियो । त्यहाँ जम्मा भएका नेताहरुले पनि संसद त बचाइयो तर अब गठबन्धन कसरी बचाउने भन्ने बारेमा निकै मन्थन गरेका थिए । नेताहरुले अबको संसद बैठकमा काँग्रेस एमसीसी पेश गर्ने पक्षमा देखियो भने यसले नै गठबन्धन टुट्न सक्ने बताएका थिए ।

उनीहरुले एमसिसी अनुमोदनको आश्वासन दिएर एमाले अध्यक्ष केपी ओलीले गठबन्धन टुटाउने ‘दाउपेच’ गरेको पनि बताएका थिए । तर, त्यस्तो ‘दाउपेच’ सफल हुन नदिने पनि उनीहरूको भनाई थियो । तर कसरी ? यो भने स्पष्ट छैन । किनभने प्रमुख सत्तारुढ घटक काँग्रेसले संसदमा पेश गर्नैखोज्यो भने यो गठबन्धन कसरी जोगिएला त ? के प्रचण्ड माधव नेपाल एमसीसीको पक्षमा मतदान गर्न सहमत होलान् ? यो नभई गठबन्धन जोगिने अरु विकल्प भने उनीहरुसँग लगभग छैन । समाजवादी प्रेस संगठनले सोमबार राजधानीमा गरेको कार्यक्रममा गठबन्धनका शीर्ष नेताहरूले एमसिसीको मुद्दामा राष्ट्रिय हितअनुकूल सहमति जुटाउने र अहिलेको गठबन्धन टुट्न नदिने दाबी त गरे तर ओलीको दाउपेच निस्तेज पार्ने हतियार भने पेश गर्न सकेनन् ।

आइतबार पाँचदलीय गठबन्धन र सर्वदलीय बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले एमसिसी अनुमोदनका लागि प्रस्ताव गरेको अर्को दिन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र जसपा अध्यक्ष डा. बाबुराम भट्टराईले एमसिसीका कारण गठबन्धन तलमाथि नहुने बताउन छोडेका भने छैनन् । माओवादी अध्यक्ष प्रचण्डले एमसिसी मुद्दामा सर्त अगाडि सारेर एमाले अध्यक्ष ओलीले गठबन्धन टुटाउने ‘डिजाइन’ गरे पनि प्रधानमन्त्री देउवा र आफूबीच त्यसलाई सफल हुन नदिने सहमति बनेको बताए । ‘निरन्तर सदन अवरुद्ध गर्नुका पछाडि उहाँ (केपी ओली)ले सर्त राखेको सुनेका छौँ । गठबन्धन टुट्छ भने कांग्रेसलाई एकलौटी सरकार चलाउन दिने उहाँको कुरा छ । गठबन्धन टुट्ने हो भने एमसिसी पास गर्न सहयोग गरिदिने भन्नुभएको छ ।

यति ठूलो आन्दोलन गरेर आएको चिजलाई एउटा डिजाइनका साथ समर्थन गरेर पुग्छ त ? उनको प्रश्न थियो । यसलाई पनि प्रतिगमनकै निरन्तरता भन्दै आएका प्रचण्डले प्रधानमन्त्री देउवाजीसँग यसबीचमा मेरो कुराकानी भइरहेको बताए । तर यसअघि बजारमा आएजस्तै के देउवा र प्रचण्डले एमसीसीलाई चिठी लेखेकै हुन् त ? होइन भने यो गठबन्धन नटुट्ने अर्काे उपाय के होला ? अथवा ओलीले काँग्रेसलाई समर्थन दिन खोज्नुको अर्काे रहस्य गठबन्धनबीचको टुट्फुट बाहेक अरु के होला ? यीनै प्रश्नका बीच अबका संसद बैठकहरु रोचक हुदै जाने देखिन्छ । किनभने माओबादीको राष्ट्रिय सम्मेलनसम्म पनि कुर्न नसकेर अहिले नै संसदमा एमसीसी ल्याउनुपर्नाको कारण त देउवासँग होला नै ।