९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar भारी वर्षापछि त्रिभुवन राजपथमा सवारी सञ्चालनको समयतालिका तोकियो News Polar सप्तकोशीमा बाढी बढ्दो, तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह News Polar कञ्चनपुरमा तीन वटै सुरक्षा निकायलाई ‘चनाखो’ News Polar विश्व फार्मासिस्ट दिवसः औषधिको सुरक्षित प्रयोगमा फार्मासिस्टको भूमिका महत्वपूर्ण News Polar बाजुरामा कांग्रेसको सर्वसम्मत नेतृत्व चयन News Polar प्रतिकूल मौसमका कारण उडान प्रभावित News Polar वर्षाका कारण चितवनका सबै विद्यालय बन्द News Polar च्यासलमा खोलाको बहाव बढेपछि गृहमन्त्री गुरुङद्वारा स्थलगत अवलोकन News Polar प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’ News Polar पहिरोसहित रुख ढलेर अवरुद्ध सिद्धार्थ राजमार्ग सुचारु News Polar बीसौँ एसियाली खेलकुदः नेपालसामु १०३ रनको लक्ष्य News Polar त्रिशूली नदीले सडकको जग कटान गरेपछि कुरिनटारमा पृथ्वी राजमार्ग भासियो News Polar ढोरपाटनमा सिकार याम सुरुः दश नाउर र सात झारलका लागि अनुमति News Polar जटिल प्रसूति समस्या भएकी महिलाको हवाई उद्धार News Polar राष्ट्रसंघमा बालेनको सम्बोधनले नेपालको आवाज विश्वमञ्चमा पुगेको क्रान्तिशिखाको भनाइ News Polar कान्ति राजमार्ग अवरुद्धः पहिरो र अव्यवस्थित ढल निकासका कारण सडक जोखिममा News Polar आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने News Polar रोशी खोलाको अस्थायी डाइभर्सन बाढीले बगाएपछि बीपी राजमार्ग अवरुद्ध News Polar सुनचाँदीको मूल्य घट्यो News Polar काठमाडौं उपत्यकासहित देशभर अविरल वर्षाः तटीय क्षेत्रमा उच्च शतर्कता (तस्बिरसहित)

संविधानले दिएका आदिवासी जनजातिको अधिकार जोगाउनु नै अहिलेको प्राथमिकताः वरिष्ठ अधिवक्ता शाक्य

संविधानले दिएका आदिवासी जनजातिको अधिकार जोगाउनु नै अहिलेको प्राथमिकताः वरिष्ठ अधिवक्ता शाक्य
अ अ+ अ-

काठमाडौं। वरिष्ठ अधिवक्ता पूर्णमान शाक्यले संविधान संशोधनका नाममा आदिवासी जनजातिले वर्तमान संविधानबाट प्राप्त गरेका अधिकार कमजोर पार्ने कुनै पनि प्रयास स्वीकार्य नहुने बताएका छन्।

नेपाल बार एशोसिएशनको आदिवासी तथा जनजाति कानून व्यवसायी सरोकार समितिले आयोजना गरेको ‘संविधान संशोधनमा आदिवासी जनजातिको सवाल’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै शाक्यले अहिलेको प्राथमिकता नयाँ अधिकार थप्नेभन्दा संविधानले सुनिश्चित गरेका अधिकारको संरक्षण र प्रभावकारी कार्यान्वयन हुनुपर्ने बताए।

उनले संविधानले आदिवासी जनजातिलाई दिएका अधिकारसमेत पूर्ण रूपमा कार्यान्वयन हुन नसकेको अवस्थामा थप अधिकारको बहसभन्दा विद्यमान अधिकार जोगाउन आवश्यक रहेको उल्लेख गरे। संविधान संशोधनको बहानामा हालका अधिकार कटौती गर्ने प्रयास भइरहेको भन्दै त्यसप्रति सबै सचेत हुनुपर्ने उनको भनाइ थियो।

शाक्यले संविधान संशोधन सामान्य कानुनी संशोधन नभई मुलुकको सामाजिक संरचना, सांस्कृतिक विविधता, भाषिक पहिचान, क्षेत्रीय अपेक्षा तथा ऐतिहासिक रूपमा उत्पीडित समुदायको उत्थानसँग जोडिएको संवेदनशील विषय भएकाले सरकार गम्भीर बन्नुपर्ने बताए।

उनले संविधान संशोधनका क्रममा संविधानको आधारभूत संरचना, मूल मूल्य र मान्यता परिवर्तन गर्न नमिल्ने स्पष्ट पारे। उनका अनुसार संशोधन भनेको विद्यमान व्यवस्थाका कमजोरी सच्याउने प्रक्रिया हो, तर आधारभूत संरचना नै परिवर्तन गरिए त्यो संशोधन नभई नयाँ संविधान लेखन हुने र त्यसले संवैधानिक विवाद निम्त्याउन सक्नेछ।

शाक्यले वर्तमान सरकारसँग नयाँ संविधान लेख्ने जनादेश नभएको पनि टिप्पणी गरे।

कार्यक्रममा नेपाल बार एशोसिएशनका अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकार संविधान संशोधनप्रति पर्याप्त गम्भीर नदेखिएको आरोप लगाए। उनले संविधान संशोधन अघि बढाउनुअघि व्यापक राजनीतिक सहमति र आवश्यक संवेदनशीलता देखाउनुपर्ने बताए।

उनले संविधान संशोधनका लागि आवश्यक दुईतिहाइ समर्थन सुनिश्चित नभएको अवस्थामा सरकारले प्रक्रिया अघि बढाउन खोजेको भन्दै संघीयता, समावेशिता तथा संविधानका आधारभूत व्यवस्थामा असर पर्ने कुनै पनि संशोधन राष्ट्रिय सहमतिका आधारमा मात्रै हुनुपर्ने धारणा राखे।

मिश्रले संविधान संशोधनका क्रममा आदिवासी जनजातिसहित सबै जाति, वर्ग र समुदायको अधिकार तथा प्रतिनिधित्व सुनिश्चित गर्नुपर्नेमा जोड दिए।