१४ भाद्र २०८३, आईतवार
,
Latest
अमेरिकाद्वारा बाढीपीडितका लागि ३६ लाख डलरभन्दा बढी अतिरिक्त सहायता घोषणा भोटेकोशीमा पुनः बाढी, सतर्कता अपनाउन स्थानीय प्रशासनको आग्रह सवारीसाधन उपलब्ध गराउन निर्माण व्यवसायीको अपिल आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर विपदमा सेलिब्रेटीहरुको उद्धारको नाटक, त्रिशुलीपारि पुगेन सरकार बाढीले क्रसर, खानी र बालुवा प्रशोधन उद्योगमा क्षति, पुनःस्थापनामा सरकारसँग सहकार्य गर्ने महासंघको प्रतिबद्धता सरकारले स्रोतको कुनै कमी हुन दिँदैनः अर्थमन्त्री वाग्ले भोटेकोशी बाढीः पन्ध्र देशका १८७ पर्यटकको उद्धार कृषि तथा वन विज्ञान विश्वविद्यालयले विपद् उद्धार कोषमा रकम जम्मा गर्ने भोटेकोशी बाढी : पीडितका लागि तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा एक करोड एक लाख सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

अवैध रुपमा भित्र्याइएको लाखौँ मूल्य बराबरको काजु बरामद



अ+ अ-

काठमाडाैँ । सशस्त्र प्रहरीबल, नेपालले धनुषामा अवैध रुपमा भित्र्याइएको लाखौँ मूल्य बराबरको काजु बरामद गरेको छ ।

मंगलवार सशस्त्र प्रहरीको गस्ती टोलीले ट्रकमा लोड गरेर काजु र चिनी बरामद गरेको हो । प्रहरीले ३६ वटा बोरामा रहेको १ हजार ८० किलो काजु र ४ सय २० बोरा नेपाली चिनी समेत बरामद गरेको हो ।

बरामद गरिएको काजुको मूल्य १० लाख ८० हजार रहेको र बरामद गरिएको नेपाली चिनीको बारेमा समेत अनुसन्धान प्रकृया अगाडि बढाइएको भन्सार कार्यालय जनकपुरधामका प्रमुख मानबहादुर पौडेलले बताउनु भयो ।

सशस्त्र प्रहरीले अवैध रुपमा भित्र्याइएइएको चिनी र काजुसहित बा. प्र.०६–००१ख–०३६४ नम्बरको ट्रक नियन्त्रणमा लिइएको हो । ट्रक सहित नियन्त्रणमा लिइएको सामानको मूल्य ४५ लाख ८० हजार रुपैयाँ कायम गरिएको हो । सामान बरामद गरेर ट्रक चालकलाई समेत नियन्त्रणमा लिइएको र अनुसन्धान प्रक्रिया अगाडि बढाइएको भन्सार कार्यालय जनकपुरधामले जनाएको छ । –न्युज एजेन्सी नेपाल