९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar भारी वर्षापछि त्रिभुवन राजपथमा सवारी सञ्चालनको समयतालिका तोकियो News Polar सप्तकोशीमा बाढी बढ्दो, तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह News Polar कञ्चनपुरमा तीन वटै सुरक्षा निकायलाई ‘चनाखो’ News Polar विश्व फार्मासिस्ट दिवसः औषधिको सुरक्षित प्रयोगमा फार्मासिस्टको भूमिका महत्वपूर्ण News Polar बाजुरामा कांग्रेसको सर्वसम्मत नेतृत्व चयन News Polar प्रतिकूल मौसमका कारण उडान प्रभावित News Polar वर्षाका कारण चितवनका सबै विद्यालय बन्द News Polar च्यासलमा खोलाको बहाव बढेपछि गृहमन्त्री गुरुङद्वारा स्थलगत अवलोकन News Polar प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’ News Polar पहिरोसहित रुख ढलेर अवरुद्ध सिद्धार्थ राजमार्ग सुचारु News Polar बीसौँ एसियाली खेलकुदः नेपालसामु १०३ रनको लक्ष्य News Polar त्रिशूली नदीले सडकको जग कटान गरेपछि कुरिनटारमा पृथ्वी राजमार्ग भासियो News Polar ढोरपाटनमा सिकार याम सुरुः दश नाउर र सात झारलका लागि अनुमति News Polar जटिल प्रसूति समस्या भएकी महिलाको हवाई उद्धार News Polar राष्ट्रसंघमा बालेनको सम्बोधनले नेपालको आवाज विश्वमञ्चमा पुगेको क्रान्तिशिखाको भनाइ News Polar कान्ति राजमार्ग अवरुद्धः पहिरो र अव्यवस्थित ढल निकासका कारण सडक जोखिममा News Polar आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने News Polar रोशी खोलाको अस्थायी डाइभर्सन बाढीले बगाएपछि बीपी राजमार्ग अवरुद्ध News Polar सुनचाँदीको मूल्य घट्यो News Polar काठमाडौं उपत्यकासहित देशभर अविरल वर्षाः तटीय क्षेत्रमा उच्च शतर्कता (तस्बिरसहित)

पूर्वाधार विकासको नयाँ योजनाबाट म आफैँ अचम्मित छुः सांसद मगर

पूर्वाधार विकासको नयाँ योजनाबाट म आफैँ अचम्मित छुः सांसद मगर
अ अ+ अ-

काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा राना मगरले पूर्वाधार मन्त्रालयले अघि सारेका विकासका योजना र बजेट विनियोजनको नयाँ शैलीको प्रशंसा गर्नुभएको छ ।

पूर्वाधारमन्त्री सुनिल लम्सलसँगको भेटपछि सञ्चारकर्मीहरूसँग मंगलवार संसद भवन बाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै सांसद रानाले देशको समग्र कनेक्टिभिटी र रणनीतिक सडक सञ्जालका लागि तयार पारिएको योजना ‘अचम्मको’ रहेको बताउनु भयो ।

अविरल वर्षाका कारण पूर्वी नेपालका बिरिङ, ट्याङटिङ र माई खोला लगायतका क्षेत्रमा आएको बाढीले जनजीवन प्रभावित भएको र सडक सञ्जाल अवरुद्ध भएको भन्दै सांसद राना आज बिहानै ८ बजे मन्त्री लम्सललाई भेट्न मन्त्रालय पुग्नुभएको थियो ।

विशेषगरी कोशी र कर्णाली प्रदेशमा पुल भत्किएर सवारी साधन तथा बिरामीहरू मारमा परेको उल्लेख गर्दै उहाँले ती क्षेत्रमा तत्काल पहुँच पुनस्र्थापित गर्न सरकारको ध्यानाकर्षण गराउनु भयो । विगतमा प्रधानमन्त्री र अर्थमन्त्रीले आफ्नै निर्वाचन क्षेत्रमा मात्र बजेट केन्द्रित गर्ने प्रचलन रहेको भन्दै सांसद रानाले यस पटकको योजनामा त्यस्तो विभेद नदेखेको दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘मन्त्रीज्यूले आफ्नै क्षेत्रलाई समेत प्राथमिकतामा नराखी दुर्गम र पहाडी भेगलाई लक्षित गरी योजना बनाउनुभएको रहेछ । मेरो निर्वाचन क्षेत्रमा बजेट नपरे पनि उहाँको यो वृहत योजना देखेर म प्रभावित भएकी छु । कनेक्टिभिटी नै देश विकासको मेरुदण्ड हो । यसले हाम्रो कुल गार्हस्थ्य उत्पादन (जीडीपी) र राजश्व वृद्धिमा प्रत्यक्ष सहयोग पु¥याउनेछ ।’

मन्त्रालयले राष्ट्रिय राजमार्ग, पालिका र जिल्ला सदरमुकाम जोड्ने सडकहरूलाई दुई लेनको बनाउने, पर्यटन र कृषि राजमार्ग निर्माण गर्ने तथा वडा तहसम्म सडक पु¥याउने लक्ष्य राखेको उहाँले जानकारी दिनुभयो । यस्तै, सहरी क्षेत्रका पालिकाहरूमा १०० करोडभन्दा बढीको बजेट व्यवस्था र व्यवस्थित बस्ती विकासका योजनाहरू समेत समावेश गरिएको उहाँले बताउनु भयो ।