१४ भाद्र २०८३, आईतवार
,
Latest
अमेरिकाद्वारा बाढीपीडितका लागि ३६ लाख डलरभन्दा बढी अतिरिक्त सहायता घोषणा भोटेकोशीमा पुनः बाढी, सतर्कता अपनाउन स्थानीय प्रशासनको आग्रह सवारीसाधन उपलब्ध गराउन निर्माण व्यवसायीको अपिल आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर विपदमा सेलिब्रेटीहरुको उद्धारको नाटक, त्रिशुलीपारि पुगेन सरकार बाढीले क्रसर, खानी र बालुवा प्रशोधन उद्योगमा क्षति, पुनःस्थापनामा सरकारसँग सहकार्य गर्ने महासंघको प्रतिबद्धता सरकारले स्रोतको कुनै कमी हुन दिँदैनः अर्थमन्त्री वाग्ले भोटेकोशी बाढीः पन्ध्र देशका १८७ पर्यटकको उद्धार कृषि तथा वन विज्ञान विश्वविद्यालयले विपद् उद्धार कोषमा रकम जम्मा गर्ने भोटेकोशी बाढी : पीडितका लागि तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा एक करोड एक लाख सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

पहिरो पन्छाएर नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा



अ+ अ-

काठमाडाैँ । नारायणगढ–मुग्लिन सडकको १५ ठाउँमा खसेको पहिरो हटाएपछि सडक सुचारु भएको छ । सोमबार दिउँसोबाट सुरु भएको वर्षात्का कारणसाँझ ७ बजेबाट खस्न थालेको पहिरो बिहानसम्म जारी थियो ।

ती सबै स्थानमा झरेको पहिरो बिहान हटाइएपछि दुईतर्फी सवारी सञ्चालनमा आएको डिभिजन सडक कार्यालय भरतपुरका इञ्जिनियर अर्जुन घिमिरे जानकारी दिनुभयो । सडकमा खसेको पहिरो पन्छाउन राति नै दुई वटा लोडरसहितका उपकरण प्रयोग गरिएको थियो । इञ्जिनियर अर्जुन घिमिरेका अनुसार सो सडकखण्डको भतेरी, खोरखोला, १५ किलो, ११ किलो, १६ किलो, १९ किलो, सेतीदोभानका दुई ठाउँ, घुमाउने, सिमलतालका दुई ठाउँ, २५ किलो, जलविरे, नाम्सी खोला र तुईन खोलामा पहिरोबाट सडक अवरुद्ध भएको थियो ।

त्यसमध्ये सेतीदोभान पूर्णरुपमा सडक दुईतर्फी तथा अन्य ठाउँमा एकतर्फी अवरुद्ध थियो । राति १ बजेसम्ममा गाडी सञ्चालन गर्न सक्ने गरी पहिरो हटाइए पनि केही ठाउँमा पहिरो खसेको र खस्ने जोखिम भएकाले बिहानसम्म पर्खनु परेको थियो । सो सडकखण्डमा जुनसुकै बेला पहिरो खस्न सक्ने भएकाले रातिको समयमा सकेसम्म यात्रा नगर्न स्थानीय प्रशासनले आग्रह गरेको छ ।