१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेस १५औँ महाधिवेशनः केन्द्रीय निर्देशन समितिसहित विभिन्न समिति गठन News Polar जलवायु संकटमा हिमालदेखि समुद्रसम्म सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता

भाषा र साहित्यप्रतिको सम्मानसहित बाल गीताञ्जली स्कूलमा भव्य रूपमा मनाइयो २१२औँ भानुजयन्ती

भाषा र साहित्यप्रतिको सम्मानसहित बाल गीताञ्जली स्कूलमा भव्य रूपमा मनाइयो २१२औँ भानुजयन्ती
अ अ+ अ-

काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिकास्थित बाल गीताञ्जली स्कूलमा आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्मजयन्तीका अवसरमा विशेष समारोह तथा विद्यालयस्तरीय कविता वाचन प्रतियोगिता सम्पन्न भएको छ।

“भाषा हाम्रो पहिचान हो, साहित्य हाम्रो गौरव हो” भन्ने मूल नारासहित आयोजित कार्यक्रममा विभिन्न कक्षाका विद्यार्थीहरूले आदिकवि भानुभक्त आचार्यका रचना तथा साहित्यमा आधारित कविता भावपूर्ण ढंगले वाचन गरेका थिए। विद्यार्थीहरूको उत्साहपूर्ण सहभागिताले कार्यक्रमलाई थप आकर्षक बनाएको विद्यालयले जनाएको छ।

कार्यक्रममा नेपाली भाषा, साहित्य र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा यस्ता सिर्जनात्मक गतिविधिको महत्वपूर्ण भूमिका रहने विषयमा पनि जोड दिइएको थियो। विद्यालयका अनुसार यस्ता साहित्यिक कार्यक्रमले विद्यार्थीहरूमा नेपाली भाषा र साहित्यप्रतिको रुचि बढाउनुका साथै सिर्जनशील सोच, अभिव्यक्ति क्षमता, वाचनकला, आत्मविश्वास र सांस्कृतिक चेतनाको विकासमा टेवा पुर्‍याउँछन्।

विद्यालयका प्रिन्सिपल महिन्द्रराज घिमिरेले भानुभक्त आचार्यले नेपाली भाषालाई जनमानससम्म पुर्‍याउन पुर्‍याएको योगदान सधैं प्रेरणाको स्रोत रहने बताए। “हामीले विद्यार्थीलाई पाठ्यपुस्तकको ज्ञानमा मात्र सीमित नराखी भाषा, साहित्य, संस्कृति र नैतिक मूल्यसँग जोड्ने वातावरण सिर्जना गर्नुपर्छ। यस्ता कार्यक्रमले नयाँ पुस्तामा नेपाली भाषाप्रतिको सम्मान र साहित्यप्रतिको आकर्षण बढाउन महत्वपूर्ण भूमिका खेल्छ,” उनले भने। उनले आगामी दिनमा पनि विद्यालयले यस्ता सिर्जनात्मक तथा साहित्यिक गतिविधिलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो। कार्यक्रममा सहभागी सबै विद्यार्थीलाई उज्ज्वल भविष्यको शुभकामना व्यक्त गर्दै विजयी विद्यार्थीहरूलाई बधाई दिइएको थियो।

विद्यालयले कार्यक्रम सफल बनाउन योगदान पुर्‍याउने शिक्षक–शिक्षिका, कर्मचारी, निर्णायक मण्डली तथा उत्साहपूर्वक सहभागी सबै विद्यार्थीप्रति आभार व्यक्त गरेको छ।