१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar मतदाता सहभागिता बढाउन र बदर मत घटाउन दललाई प्रमुख निर्वाचन आयुक्त कार्कीको आग्रह News Polar नयाँबसपार्कमा यात्रु सहायता कक्ष स्थापना News Polar सभामुख अर्यालद्वारा संसदको कार्यसम्पादनको प्रशंसा, जलवायु मुद्दा प्राथमिकतामा राख्ने प्रतिबद्धता News Polar प्रतिनिधि सभाको दोस्रो अधिवेशन सम्पन्नः १४५ दिनमा १२ विधेयक पारित, विपद् व्यवस्थापनमा विशेष समितिको गठन News Polar टिपरले ठक्कर दिँदा एकको मृत्यु, पाँच जना घाइते News Polar राष्ट्रिय सभाको २१ औं अधिवेशन सम्पन्नः १४५ दिनमा ५२ बैठक, के–के भए उपलब्धि ? News Polar सात विधेयक दफावार छलफलका लागि संसदीय समितिमा पठाइयो News Polar धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध पुनः खोलिँदै News Polar ओडारमा लुकाइराखेको अवस्थामा ३ थान भरुवा बन्दुक बरामद News Polar संसदको कार्यशैलीप्रति आचार्यको प्रश्न : ‘संसद बोल्ने मञ्च मात्र हो कि समाधान खोज्ने ?’ News Polar काठमाडौं क्लाइमेट विक २०२६ सुरु, जलवायु न्यायदेखि विश्वव्यापी कूटनीतिसम्म बहस हुने News Polar दुई तिहाइको दम्भले सुशासन ओझेलमा परेको एमाले मुख्य सचेतक मेचेको आरोप News Polar सरकारको ६ महिने कार्यकाल पूर्णतः असफल : झक्कुप्रसाद सुवेदी News Polar राष्ट्रपति पौडेलसमक्ष भाषा आयोगको वार्षिक प्रतिवेदन पेश News Polar राष्ट्रिय सभाको संवैधानिक अस्तित्व र संसद्को गरिमा सरकारले उपेक्षा गर्‍यो : कमला पन्त News Polar लालपुर्जा वितरण तिव्र, नापजाँच सकिएको ९ वर्षपछि धनुषाका १८६ स्ववासी परिवारले पाए लालपुर्जा News Polar असोज पहिलो १५ दिनको करदाता उपहार सार्वजनिक, लालबाबु साहले पाए १० लाख बम्पर News Polar करदाता प्रोत्साहन उपहारमा १६ जना विजेता, एक जनाले जिते १० लाख News Polar ‘डोजरे विकास’ ढाँचाले हिमाली पर्यावरण बिगार्‍योः सचेतक परियार News Polar कांग्रेस महाधिवेशनमा बाबु–छोरा नै महाधिवेशन प्रतिनिधि

मौकामा चौका हान्ने दुष्प्रयास गरेपछि …

मौकामा चौका हान्ने दुष्प्रयास गरेपछि …
अ अ+ अ-

काठमाडौँ । कर्मचारी प्रशासनलाई स्थायी सरकारका रूपमा चिनिन्छ । स्थानीय तहमा नागरिकलाई सेवा सुविधा प्रदान गर्ने काममा ती कर्मचारी खटिन्छन् । नागरिकले आफ्नो गाँस काटेर राज्यलाई कर बुझाएको हुन्छ ।

सोही करका आधारमा उनीहरुले तलब भत्ता लिन्छन् । कानून कार्यान्वयन गराउने र स्थानीयरूपमा उठ्ने आन्तरिक आय सरकारी खातामा जम्मा गराउने दायित्वसमेत सोही कर्मचारीको हुन्छ । तर, उनीहरुले नै कानूनविपरीतका काम गरे भने त्यसलाई तपाईं आर्थिक अपराधबाहेक अरु केही उपमा दिन सक्नुहुन्छ र ? पक्कै पनि सक्नुहुन्न ।  

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज दायर गरेको एक मुद्दाका आधारमा सरकारी कर्मचारीले कुन हदसम्मको बदमासी गर्छन् भन्ने स्पष्ट भएको छ ।

यो प्रसङ्ग हो सिरहाको  साविक राजपुर गाविसको । स्थानीय जनप्रतिनिधि नभएको अवस्थामा सबै जिम्मेवारी लिएका कर्मचारीले आन्तरिक आयतर्फको आम्दानीको रकम हिनामिना गरेको पाइएको छ । आर्थिक वर्ष २०६९/०७० र आव २०७०/०७१ को आन्तरिक आयमा भएको आम्दानीको रकम हिनामिना गरेको आयोगको ठहर छ ।

साविक राजपुरका तत्कालीन सचिव केशवप्रसाद घिमिरेले सामाजिक सुरक्षा भत्ता, आन्तरिक आय बैंक दाखिला गर्नुपर्ने रकम, सिलाइकटाइको तालिमका लागि लिएको पेश्की, दलित दलान निर्माणको बिलभन्दा बढी भुक्तानी गरेको अध्ययनबाट खुलेको छ । यसैगरी विद्युत् पोल खरिदमा बिलबमोजिमको सामग्री प्राप्त नभई भुक्तानी गरेको, अर्को गाविसको समेत सामाजिक सुरक्षा भत्तासमेत दुरुपयोग गरेको पाइएको छ ।

विवरणअनुसार सामाजिक सुरक्षा भत्ताको आव २०७२/०७३ को दोस्रो किस्ताको रकम बैंकबाट झिकी वितरण नगरेको, कुनै बिल नराखी खरिद आदेश दिएको, दाखिला आदेशसमेत नराखी चेक काटेर शीर्षक नखुलेको स्टेशनरी, कार्यालय सञ्चालन खर्च, विकास निर्माणसमेतका शीर्षकहरुमा रु २४ लाख ९२ हजार ५१० हिनामिना गरेको पाइएको आयोगले जनाएको छ ।

आयोगका अनुसार अन्य सामग्री खरिदमा रु दुई लाख ६७ हजार २६ र नक्कली बिल पेश गरी रु दुई लाख ६७ बराबरको भ्रष्टाचार गरेको अभियोग लागेको छ ।

यसैगरी साविक राजापुर गाविसका खाता सञ्चालक सामाजिक विकास अधिकृत अरुण शाह विरुद्ध रु दुई लाख ६७ हजार २६, कल्याणपुर नगरपालिका सिरहाका अधिकृत ९छैठौँ० शिवजी कामतीविरुद्ध रु दुई लाख ८१ हजार बराबरको बिगो कायम गरी मुद्दा दायर गरिएको छ ।

आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार आयोगले घिमिरे मात्रैले रु १९ लाख ८४ लाख ८७५,  कामती विरुद्ध रु दुई लाख ८१ हजार बराबरको हिनामिना गरेको देखिएको छ ।