९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar पुराना दल र परीक्षण भइसकेका नेताको नेतृत्वमा मधेसको राजनीति अघि बढ्न सक्दैन : रामकुमार शर्मा News Polar मुुपात्रअर्थात् कही नभएको भक्तपुरको जात्रा News Polar सप्तकोशीमा पानीको बहाव बढेसँगै ३१ ढोका खोलिए News Polar कोरलानाका क्षेत्रमा बेमौसमी हिमपात News Polar ‘हुंकार मधेश’ अभियान घोषणा, वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने लक्ष्य News Polar धौलीगङ्गा जलविद्युत्को बाँध खोलिँदै, महकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह News Polar अविरल वर्षाले बाढी प्रभावितको जनजीवन थप कष्टकर News Polar ताप्लेजुङमा आगलागीबाट १४ करोडको क्षति News Polar दोधारा चाँदनीमा चौध परिवारको सामान सुरक्षित स्थानमा सारियो News Polar चाडपर्वमा अनलाइन बस टिकट बुकिङलाई प्राथमिकता दिइने News Polar रसुवागढी नाका पुनः सञ्चालनका लागि चीनसँग सहयोग माग News Polar बिपी राजमार्गः वर्षा रोकिएपछि पुनर्निर्मित सडकबाटै आवागमन News Polar महिला कबड्डीमा नेपाल भारतसँग पराजित, काँस्य पदकमै सीमित News Polar कुलेखानीमा जलसतह बढ्न नदिन पूर्ण क्षमतामा विद्युत् उत्पादन News Polar सिन्धुपाल्चोकमा राति सवारी सञ्चालन बन्द गर्ने निर्णय News Polar रसुवाका २०१ अभिभावक र ३८ जना विद्यार्थी बेपत्ता News Polar ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे News Polar गुठी जग्गा खाली गराउने सूचना खारेज गर्न माग गर्दै जनकपुरमा आन्दोलन News Polar भारी वर्षापछि त्रिभुवन राजपथमा सवारी सञ्चालनको समयतालिका तोकियो News Polar सप्तकोशीमा बाढी बढ्दो, तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

हेटौँडामा मठमन्दिरको तथ्याङ्क अद्यावधिक गरिँदै

हेटौँडामा मठमन्दिरको तथ्याङ्क अद्यावधिक गरिँदै
अ अ+ अ-

काठमाडाैँ । हेटौँडा उपमहानगरपालिकाले आफ्नो क्षेत्रभित्रका मठमन्दिर तथा धार्मिक सङ्घ संस्थाको तथ्याङ्क अद्यावधिक गर्न सुरु गरेको छ ।

उपमहानगर भित्रका मठमन्दिर दर्ता भए–नभएको एवं विद्यमान अवस्थालगायतका विषयमा जानकारी लिने उद्देश्यले तथ्याङ्क अद्यावधिक गर्न लागिएको सञ्चार तथा सूचना प्रविधि अधिकृत भानुभक्त थपलियाले जानकारी दिनुभयो ।

“यहाँका विभिन्न मठमन्दिरमा वर्षेनी राज्यको लगानी भैरहेको छ”, उहाँले भन्नुभयो, “राज्यको लगानी हुने धार्मिक संस्थाको दर्ताको अवस्थालगायतका विषयमा जानकारी लिन हामीले यकिन तथ्याङ्क सङ्कलन गर्न लागेका छौँ ।” तथ्याङ्क सङ्कलनका लागि सम्बन्धित वडामा पनि छलफल अघि बढाउन लागिएको उहाँले जानकारी दिनुभयो ।

कूल १९ वटा वडा रहेको हेटौँडा उपमहानगर क्षेत्रमा विशिष्ट धार्मिक महत्वका चुरियामाई, भुटनदेवी, मनकामना, पाथीभरा, भुवनेश्वर पशुपति, गोरक्षक्षेत्र, लक्ष्मीनारायण मन्दिरजस्ता सम्पदास्थल छन् । मठमन्दिरसहितका ती सम्पदाको तथ्याङ्क अद्यावधि गरी व्यवस्थित धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गरिने उपमहानगरपालिकाले जनाएको छ ।