७ आश्विन २०८१, सोमबार
,
Latest
धार्मिक पर्यटनको विकास गर्न यसरी जोड्न सकिन्छ बाली र काठमाडौँः इन्डोनेसियाली पर्यटन उपमन्त्री संस्कृतिमन्त्री पाण्डे र भारतीय राजदूतद्वारा कला प्रदर्शनी अवलोकन मेलम्ची खानेपानी आयोजनामा भ्रष्टाचार मुद्दाःदोषी ठहर भएका तीन कम्पनी र चार व्यक्तिलाई सजाय निर्धारण संविधान कार्यान्वयन नहुनु नै संशोधनको आधार होः पूर्वप्रधानन्यायाधीश श्रेष्ठ अब देश सम्हाल्न गाह्रो छः वरिष्ठ उपाध्यक्ष मिश्र घुन्सा हेलिकप्टर दुर्घटनाको १८ वर्षः वातावरण संरक्षणका कार्यक्रम गरी स्मरण मुगु ६५औँ साक्षर जिल्ला ‘भेन्टिलेसन’को रड काटेर फरार भएका सात थुनुवा पक्राउ प्रधान सेनापति र फ्रान्सका राजदूतबीच भेट सुविधासम्पन्न मुलपानी क्रिकेट मैदान बनाउने प्रक्रिया अगाडि बढेको छ– राखेप सदस्यसचिव घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘सभामुखले राजीनामा दिएको कि कार्यभार सुम्पेको’ : कांग्रेस



अ+ अ-

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सभामुख कृष्णबहादुर महराले दिएको राजीनामाको भाषामाथि प्रश्न उठाएको छ।

संसद सचिवालयकी एक कर्मचारीलाई बलात्कार गरेको आरोप लागेपछि सभामुख महरालेराजिनामा दिएपछि मंगलबार कांग्रेसले पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै प्रवक्ता विश्वप्रकाश शर्माले प्रष्ट रूपमा राजीनामा दिनुपर्ने बताए। ‘सभामुखले राजीनामा दिएको कि विदेश जाने बेलामा दिएको जस्तो कार्यभार सुम्पेको ?,’ शर्माले प्रश्न गरे, ‘राजीनामाको भाषा हेर्दा कार्यभार दिएको जस्तो देखिन्छ।’

उनले नेकपा नेतृत्व गम्भीर हुनुपर्ने भन्दै प्रष्ट रूपमा राजीनामा आउनु पर्ने माग गर्दै कानुनबमोजिम महरामाथि छानबिन गर्न कांग्रेसले माग गरेको छ।

‘कानुनको नजरमा सबै समान छन्। यो घटना कानुनबमोजिम अघि बढ्नु पर्छ,’ उनले भने, ‘संसद सभामुखविहीन हुन सक्दैन। राजीनामा भाषा हेर्दा मार्गमा उभिएर महराले मार्ग प्रशस्त गरेजस्तो मात्रै देखिन्छ।’

सभामुखको निर्वाचनका बेला कांग्रेसले उम्मेदार नउठाएर महरालाई समर्थन गरेको थियो नि भन्ने पत्रकारको प्रश्नमा शर्माले भने, ‘त्यसबेला परिस्थित अर्कै थियो। साझा सभामुख बनाउन उम्मेदारी दिएनौं तर अहिले उहाँले आफ्नो चरित्र प्रस्तुत गर्नुभयो।’