२५ असार २०८३, बिहीबार
,
Latest
तीन सय आठ केजी गाँजा बरामद अमेरिकाले जर्मनीलाई टोमाहक मिसाइल बिक्री गर्ने महर्जन दक्षिण कोरिया प्रस्थान सरकारका खुट्टा भुइँमा छैनन्, यो उम्लिएको दुध होः अध्यक्ष ओली दक्षिण–पूर्वी बङ्गलादेशमा पहिरो जाँदा कम्तीमा सात जनाको मृत्यु चीनको फुजियानमा जुत्ता कारखानामा आगलागी, कैयौँ व्यक्ति फसेको आशङ्का व्यावसायिक तरकारीखेतीबाट आत्मनिर्भर बन्दै चन्द्रपुरका महिला सहकारीसम्बन्धी विधेयकमा परिवारसम्बन्धी व्यवस्था नातेदारलाई दुःख दिने मनशायले राखिएको होइनः मन्त्री रावल मिटरब्याज पीडितद्वारा जनकपुरधामबाट तेस्रो ‘पैदल न्याय मार्च’ शुरु टेलिकमको बिलिङ ठेक्कासम्बन्धी मुद्दामा १८ जनालाई सफाइ
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘सभामुखले राजीनामा दिएको कि कार्यभार सुम्पेको’ : कांग्रेस



अ+ अ-

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सभामुख कृष्णबहादुर महराले दिएको राजीनामाको भाषामाथि प्रश्न उठाएको छ।

संसद सचिवालयकी एक कर्मचारीलाई बलात्कार गरेको आरोप लागेपछि सभामुख महरालेराजिनामा दिएपछि मंगलबार कांग्रेसले पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै प्रवक्ता विश्वप्रकाश शर्माले प्रष्ट रूपमा राजीनामा दिनुपर्ने बताए। ‘सभामुखले राजीनामा दिएको कि विदेश जाने बेलामा दिएको जस्तो कार्यभार सुम्पेको ?,’ शर्माले प्रश्न गरे, ‘राजीनामाको भाषा हेर्दा कार्यभार दिएको जस्तो देखिन्छ।’

उनले नेकपा नेतृत्व गम्भीर हुनुपर्ने भन्दै प्रष्ट रूपमा राजीनामा आउनु पर्ने माग गर्दै कानुनबमोजिम महरामाथि छानबिन गर्न कांग्रेसले माग गरेको छ।

‘कानुनको नजरमा सबै समान छन्। यो घटना कानुनबमोजिम अघि बढ्नु पर्छ,’ उनले भने, ‘संसद सभामुखविहीन हुन सक्दैन। राजीनामा भाषा हेर्दा मार्गमा उभिएर महराले मार्ग प्रशस्त गरेजस्तो मात्रै देखिन्छ।’

सभामुखको निर्वाचनका बेला कांग्रेसले उम्मेदार नउठाएर महरालाई समर्थन गरेको थियो नि भन्ने पत्रकारको प्रश्नमा शर्माले भने, ‘त्यसबेला परिस्थित अर्कै थियो। साझा सभामुख बनाउन उम्मेदारी दिएनौं तर अहिले उहाँले आफ्नो चरित्र प्रस्तुत गर्नुभयो।’