९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar कर्णालीदेखि काठमाडौंसम्मको संघर्षपूर्ण यात्राबाट चर्चामा रेशम नेप्किङ, ‘पान मिठो कलकत्ताको’ सार्वजनिक News Polar रसुवा बाढीः सुरुङभित्र १० दिन फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज News Polar ऊर्जा आयोजनामा अवरोध गर्ने कांग्रेस नेता–कार्यकर्तामाथि कारबाही गर्छौं : गगन थापा News Polar हिमालयन बैंक र एससीटीबीच स्मार्टपे आईबीएफटी सेवा सञ्चालनसम्बन्धी सम्झौता News Polar २२ वर्षपछि काठमाडौंमा ‘सम्यक् महादान’, ३०१ सदस्यीय मूल समारोह समिति गठन News Polar पुराना दल र परीक्षण भइसकेका नेताको नेतृत्वमा मधेसको राजनीति अघि बढ्न सक्दैन : रामकुमार शर्मा News Polar मुुपात्रअर्थात् कही नभएको भक्तपुरको जात्रा News Polar सप्तकोशीमा पानीको बहाव बढेसँगै ३१ ढोका खोलिए News Polar कोरलानाका क्षेत्रमा बेमौसमी हिमपात News Polar ‘हुंकार मधेश’ अभियान घोषणा, वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने लक्ष्य News Polar धौलीगङ्गा जलविद्युत्को बाँध खोलिँदै, महकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह News Polar अविरल वर्षाले बाढी प्रभावितको जनजीवन थप कष्टकर News Polar ताप्लेजुङमा आगलागीबाट १४ करोडको क्षति News Polar दोधारा चाँदनीमा चौध परिवारको सामान सुरक्षित स्थानमा सारियो News Polar चाडपर्वमा अनलाइन बस टिकट बुकिङलाई प्राथमिकता दिइने News Polar रसुवागढी नाका पुनः सञ्चालनका लागि चीनसँग सहयोग माग News Polar बिपी राजमार्गः वर्षा रोकिएपछि पुनर्निर्मित सडकबाटै आवागमन News Polar महिला कबड्डीमा नेपाल भारतसँग पराजित, काँस्य पदकमै सीमित News Polar कुलेखानीमा जलसतह बढ्न नदिन पूर्ण क्षमतामा विद्युत् उत्पादन News Polar सिन्धुपाल्चोकमा राति सवारी सञ्चालन बन्द गर्ने निर्णय

महिलाको चरित्र हत्या गरेको आरोपमा दुई पक्राउ

महिलाको चरित्र हत्या गरेको आरोपमा दुई पक्राउ
अ अ+ अ-

काठमाडाैँ । नेपाल प्रहरीको साइबर ब्यूरोले सामाजिक सञ्जालमार्फत महिलाको चरित्रहत्या अश्लील सामग्री दुरुपयोग तथा मानसिक तनाव दिएको आरोपमा एक नेपाली र एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतको आसाम राज्य, गुहाटी मदनपुरका २६ वर्षीय जावरुल हक र ओखलढुङ्गाको चम्पादेवी गाउँपालिका–६ स्थायी घर भई हाल काठमाडौँ बस्दै आएका २४ वर्षीय सरोज कार्की छन् । साइबर ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक दिलीपकुमार गिरीका अनुसार जावरुल हकले पीडित महिलाको अश्लील भिडियो र तस्बिर दुरुपयोग गर्दै अनुचित लाभ लिन बारम्बार दबाब दिएका थिए ।

उद्देश्य पूरा नभएपछि उनले ती सामग्री टिकटकमा सार्वजनिक गरी महिलाको चरित्रहत्या गर्ने प्रयास गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । त्यस्तै, सरोज कार्कीले अध्ययनका क्रममा चिनजान भएकी प्रेमिकासँग सम्बन्ध विच्छेद भएपछि पीडितकै फेसबुक खाताबाट अश्लील सामग्री पोस्ट गरी चरित्रहत्या गर्ने, दुःख–हैरानी दिने र मानसिक तनाव सिर्जना गरेको उजुरीका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

दुवै जनाविरुद्ध विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा काठमाडौँ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिएर थप अनुसन्धान भइरहेको साइबर ब्यूरोले जनाएको छ । प्रहरीले सामाजिक सञ्जालको दुरुपयोग गरी कसैको गोपनीयता, प्रतिष्ठा वा चरित्रमा आघात पुर्याउने कार्य कानुनबमोजिम दण्डनीय अपराध भएकाले यस्ता गतिविधिमा संलग्न नहुन सबैलाई आग्रह गरेको छ ।