९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar कर्णालीदेखि काठमाडौंसम्मको संघर्षपूर्ण यात्राबाट चर्चामा रेशम नेप्किङ, ‘पान मिठो कलकत्ताको’ सार्वजनिक News Polar रसुवा बाढीः सुरुङभित्र १० दिन फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज News Polar ऊर्जा आयोजनामा अवरोध गर्ने कांग्रेस नेता–कार्यकर्तामाथि कारबाही गर्छौं : गगन थापा News Polar हिमालयन बैंक र एससीटीबीच स्मार्टपे आईबीएफटी सेवा सञ्चालनसम्बन्धी सम्झौता News Polar २२ वर्षपछि काठमाडौंमा ‘सम्यक् महादान’, ३०१ सदस्यीय मूल समारोह समिति गठन News Polar पुराना दल र परीक्षण भइसकेका नेताको नेतृत्वमा मधेसको राजनीति अघि बढ्न सक्दैन : रामकुमार शर्मा News Polar मुुपात्रअर्थात् कही नभएको भक्तपुरको जात्रा News Polar सप्तकोशीमा पानीको बहाव बढेसँगै ३१ ढोका खोलिए News Polar कोरलानाका क्षेत्रमा बेमौसमी हिमपात News Polar ‘हुंकार मधेश’ अभियान घोषणा, वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने लक्ष्य News Polar धौलीगङ्गा जलविद्युत्को बाँध खोलिँदै, महकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह News Polar अविरल वर्षाले बाढी प्रभावितको जनजीवन थप कष्टकर News Polar ताप्लेजुङमा आगलागीबाट १४ करोडको क्षति News Polar दोधारा चाँदनीमा चौध परिवारको सामान सुरक्षित स्थानमा सारियो News Polar चाडपर्वमा अनलाइन बस टिकट बुकिङलाई प्राथमिकता दिइने News Polar रसुवागढी नाका पुनः सञ्चालनका लागि चीनसँग सहयोग माग News Polar बिपी राजमार्गः वर्षा रोकिएपछि पुनर्निर्मित सडकबाटै आवागमन News Polar महिला कबड्डीमा नेपाल भारतसँग पराजित, काँस्य पदकमै सीमित News Polar कुलेखानीमा जलसतह बढ्न नदिन पूर्ण क्षमतामा विद्युत् उत्पादन News Polar सिन्धुपाल्चोकमा राति सवारी सञ्चालन बन्द गर्ने निर्णय

महिला तथा सामाजिक सुरक्षाका विषयमा मन्त्री सिता बादी र सांसद इन्दिरा राना मगरबीच छलफल

महिला तथा सामाजिक सुरक्षाका विषयमा मन्त्री सिता बादी र सांसद इन्दिरा राना मगरबीच छलफल
अ अ+ अ-

काठमाडौं । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा मन्त्री सिता बादी र प्रतिनिधि सभा सदस्य इन्दिरा राना मगरबीच सोमबार मन्त्रालयमा भेटवार्ता भएको छ।

भेटका क्रममा महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदाय तथा सामाजिक सुरक्षा क्षेत्रसँग सम्बन्धित समसामयिक विषयमा विस्तृत छलफल भएको मन्त्रालयले जनाएको छ।

छलफलमा महिला तथा बालअधिकारको संरक्षण, बाल संरक्षण प्रणालीलाई सुदृढ बनाउने, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिको अधिकार सुनिश्चित गर्ने, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको सम्मान र सामाजिक सुरक्षा कार्यक्रमलाई थप प्रभावकारी बनाउने विषयमा विचार आदानप्रदान भएको थियो।

मन्त्री सिता बादीले मन्त्रालयले आफ्नो कार्यक्षेत्रभित्र रहेका नागरिकको अधिकार संरक्षण, सेवा प्रवाहलाई प्रभावकारी बनाउने तथा समावेशी विकासलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभयो।

त्यसैगरी, सांसद इन्दिरा राना मगरले महिला, बालबालिका तथा सामाजिक सुरक्षासँग सम्बन्धित विषयमा आवश्यक सुझाव, सहकार्य र समन्वयलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

भेटमा मन्त्रालयका नीति तथा कार्यक्रमलाई अझ प्रभावकारी बनाउँदै महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको हित र अधिकार प्रवर्द्धनका लागि आगामी दिनमा समेत सहकार्यलाई थप मजबुत बनाउने विषयमा सकारात्मक छलफल भएको मन्त्रालयले जनाएको छ।