१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar बाढी–पहिरोबाट अवरुद्ध टेलिकमका १३० साइट अझै सञ्चालनमा आउन बाँकी News Polar लमजुङको राइनास नगरपालिकाका १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा News Polar रसुवाको स्वास्थ्य सेवा व्यवस्थापनका लागि १२ बुँदे निर्णय News Polar राष्ट्रपति पौडेलसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट News Polar चोलेन्द्र शमशेर राणालाई पक्राउ नभई सुरक्षा दिइएको सरकारको स्पष्टोक्ति News Polar स्वास्थ्य क्षेत्र सुधारका लागि अमेरिकाको २ करोड ७ लाख डलर अनुदान स्वीकार गर्ने सरकारको निर्णय News Polar मोटरसाइकल दुर्घटनामा पूर्वसांसद दाहाल घाइते News Polar प्रोत्साहन भत्तामा सबै शिक्षक-कर्मचारीलाई समान व्यवहार गर्न माग News Polar सरकार ‘टाउकोले टेकेर उल्टो दिशा’ मा हिँडिरहेको छः एमाले प्रमुख सचेतक महर News Polar सरकार ६ महिनामै नागरिकका अपेक्षा पूरा गर्न असफल भयो : सांसद बराल News Polar दुलालको टिप्पणी– ‘सरकारको सुशासनको नारा भ्रममा सीमित भयो’ News Polar मुग्लिन–पोखरा सडक आयोजना अन्तिम चरणमा, पश्चिम खण्ड नोभेम्बरसम्म सक्ने तयारी News Polar पार्टीमा अनुशासन कडाइका साथ लागू हुन्छ : अध्यक्ष ओली News Polar तरकारीखेतीले फेरिएको जीवन News Polar प्रतिरक्षा विश्वविद्यालय नेपाली सेनाको मात्र विश्वविद्यालय होइनः कानुनमन्त्री गौतम News Polar नेप्से परिसूचक ९ अङ्कले घट्यो News Polar असोज १७ देखि तीन दिन भीषण वर्षा हुने खबर भ्रामक : मौसम विभाग News Polar हिमालमा जलवायु परिवर्तन र भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समिति सभापतिमा पराजुलीको एकल उम्मेदवारी News Polar विदेशी सम्बन्धन प्राप्त शैक्षिक संस्थाका बारेमा अनावश्यक भ्रम नफैलाउन आईप्यानको आग्रह News Polar नेपाल–चीन सीमा नाकाका अवरोध हटाउन दुवै पक्षबीच गम्भीर संवाद

विभागको टोलीद्वारा खाँदबारी कारागार अनुगमन

विभागको टोलीद्वारा खाँदबारी कारागार अनुगमन
अ अ+ अ-

सङ्खुवासभा। कारागार व्यवस्थापन विभागको टोलीले सङ्खुवासभाको जिल्ला कारागारको आज स्थलगत अनुगमन गरेको छ । कारागारको भौतिक अवस्था र कैदीबन्दीको समस्या बुझ्न विभागको टोली सङ्खुवासभा आइपुगेको हो ।

कारागार व्यवस्थापन विभागका निर्देशक चोमेन्द्र न्यौपाने, प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्याल, सहायक प्रमुख जिल्ला अधिकारी सुमनकुमार कार्कीलगायतको टोलीले कारागारको अनुगमन गरी कैदीबन्दी, कारागार प्रशासन तथा भौतिक संरचनाको अवस्थाबारे जानकारी लिएको हो ।

अनुगमनका क्रममा कैदीबन्दीले दैनिक जीवनसँग जोडिएका विभिन्न माग राखेका थिए । उनीहरूले नियमित र सहज रूपमा स्वच्छ पिउनेपानीको व्यवस्था गर्नुपर्ने माग राखेका थिए । यस्तै फोहरमैला तथा ढल व्यवस्थापन प्रभावकारी बनाउनुपर्ने र खेलकुदका लागि आवश्यक सामग्रीको प्रबन्ध गर्नुपर्ने उनीहरूको माग थियो ।

उपयुक्त र सुरक्षित स्थानको खोजी गरी कारागार स्थानान्तरण गर्न आवश्यक पहल गरिने कारागार व्यवस्थापन विभागका निर्देशक न्यौपाने बताउनुभयो । हालको कारागार भवन अत्यन्त साँघुरो र अपर्याप्त रहेको भन्दै फराकिलो क्षेत्रफलमा आधुनिक र सुरक्षित भवन निर्माणको आवश्यकता औँल्याइएको छ ।

कैदीबन्दीले उठाएका समस्यालाई चाँडै सम्बोधन गरिने अनुमगन टोलीले प्रतिबद्धता जनाएको छ । जिल्ला कारागारमा एक आश्रित बालिका, आठ महिलासहित कुल १५९ जना कैदीबन्दी रहेको जिल्ला कारगार खाँदबारीका प्रमुख धनबहादुर श्रेष्ठले जानकारी दिनुभयो । रासस