२३ भाद्र २०८३, मंगलवार
,
Latest
आज जेनजी सहिद दिवसः सडकको असन्तोषदेखि सुशासन र संस्थागत रूपान्तरणसम्म आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छः ऊर्जामन्त्री श्रेष्ठ दमौली-केशवटार-बुद्धसिंह सडक स्तरोन्नति गरिँदै सिर्सिया नदीलाई पुनःजीवन दिन सबै लागौँः मन्त्री गौरी कुमारी इन्टरपोल दिवसः बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन बाढीपीडितका लागि काँग्रेसको एक करोड सहयोग, महाधिवेशनको आन्तरिक विवाद समाधान पृथ्वीराजमार्गको परेवाभीर खण्डमा दुईतर्फी यातायात पुनः सञ्चालन काँग्रेसको १५ महाधिवेशनमा सहभागि हुन क्रियाशील अद्यावधिक नगरेका सदस्यका हकमा तीन शर्त लागू हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

तीन विद्यालयलाई शैक्षिक सहयोग



अ+ अ-

काठमाडौँ। स्वस्तिश्री गुरुकुल आइबी कन्टिन्युम स्कुल र प्राइम कमर्सियल बैंक लिमिटेडको संयुक्त साझेदारीमा दुर्गमका तीन सामुदायिक विद्यालयलाई शैक्षिक तथा खेलकुद सामग्री सहयोग गरिएको छ ।

नागार्जुन नगरपालिका–२, काठमाडौँस्थित स्वस्तिश्री गुरुकुल आइबी कन्टिन्युम स्कुलमा आज आयोजित कार्यक्रममा बाजुराको लक्ष्मी माध्यमिक विद्यालय, महालक्ष्मी नगरपालिका–१० लाकुरीभञ्ज्याङस्थित कालीदेवी माध्यमिक विद्यालय तथा वासुकी माध्यमिक विद्यालयलाई विभिन्न शैक्षिक सामग्री उपलब्ध गराइएको हो ।

लक्ष्मी माध्यमिक विद्यालय बाजुरालाई २२७ थान न्यानो कपडा, एक थान ‘साउन्ड सिस्टम’, पाँच थान ड्रम तथा खेलकुद सामग्री हस्तान्तरण गरिएको छ । साथै ललितपुर महालक्ष्मी नगरपालिकाका कालीदेवी र वासुकी माध्यमिक विद्यालयसँग शैक्षिक सहकार्य गर्ने घोषणा गर्दै विद्यार्थीको अतिरिक्त तथा सहपाठ्य क्रियाकलाप, शैक्षिक गुणस्तर अभिवृद्धि तथा खेलकुद विकासमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ भने रु पाँच लाखको चेक हस्तान्तरण गरिएको थियो ।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री जनकराज गिरी, स्वस्तिश्री गुरुकुल आइबी कन्टिन्युम स्कुलका संस्थापक अध्यक्ष तथा प्रदेशसभा सदस्य रामकृष्ण चित्रकार, विद्यालय निर्देशक मिना महर्जन, प्रधानाध्यापक नेहा केसी, प्राइम कमर्सियल बैंकका प्रतिनिधि, सम्बन्धित विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, समाजसेवी तथा बाजुरा र लाँकुरीभञ्ज्याङबाट आएका प्रतिनिधिहरूको सहभागिता थियो ।

कार्यक्रममा गुणस्तरीय, समावेशी तथा रूपान्तरणकारी शिक्षामार्फत समाजमा सकारात्मक परिवर्तन ल्याउने, विद्यालयबीच सहकार्य, ज्ञान आदानप्रदान र साझेदारीको संस्कृतिलाई प्रवर्द्धन गर्ने उद्देश्य रहेको आयोजकले जनाएको छ ।

कार्यक्रमको अन्त्यमा सहभागी अतिथि तथा सहयोगी संस्थाप्रति आभार व्यक्त गर्दै सहयोग सामग्री हस्तान्तरण गरिएको थियो । रासस