१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar बाढी–पहिरोबाट अवरुद्ध टेलिकमका १३० साइट अझै सञ्चालनमा आउन बाँकी News Polar लमजुङको राइनास नगरपालिकाका १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा News Polar रसुवाको स्वास्थ्य सेवा व्यवस्थापनका लागि १२ बुँदे निर्णय News Polar राष्ट्रपति पौडेलसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट News Polar चोलेन्द्र शमशेर राणालाई पक्राउ नभई सुरक्षा दिइएको सरकारको स्पष्टोक्ति News Polar स्वास्थ्य क्षेत्र सुधारका लागि अमेरिकाको २ करोड ७ लाख डलर अनुदान स्वीकार गर्ने सरकारको निर्णय News Polar मोटरसाइकल दुर्घटनामा पूर्वसांसद दाहाल घाइते News Polar प्रोत्साहन भत्तामा सबै शिक्षक-कर्मचारीलाई समान व्यवहार गर्न माग News Polar सरकार ‘टाउकोले टेकेर उल्टो दिशा’ मा हिँडिरहेको छः एमाले प्रमुख सचेतक महर News Polar सरकार ६ महिनामै नागरिकका अपेक्षा पूरा गर्न असफल भयो : सांसद बराल News Polar दुलालको टिप्पणी– ‘सरकारको सुशासनको नारा भ्रममा सीमित भयो’ News Polar मुग्लिन–पोखरा सडक आयोजना अन्तिम चरणमा, पश्चिम खण्ड नोभेम्बरसम्म सक्ने तयारी News Polar पार्टीमा अनुशासन कडाइका साथ लागू हुन्छ : अध्यक्ष ओली News Polar तरकारीखेतीले फेरिएको जीवन News Polar प्रतिरक्षा विश्वविद्यालय नेपाली सेनाको मात्र विश्वविद्यालय होइनः कानुनमन्त्री गौतम News Polar नेप्से परिसूचक ९ अङ्कले घट्यो News Polar असोज १७ देखि तीन दिन भीषण वर्षा हुने खबर भ्रामक : मौसम विभाग News Polar हिमालमा जलवायु परिवर्तन र भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समिति सभापतिमा पराजुलीको एकल उम्मेदवारी News Polar विदेशी सम्बन्धन प्राप्त शैक्षिक संस्थाका बारेमा अनावश्यक भ्रम नफैलाउन आईप्यानको आग्रह News Polar नेपाल–चीन सीमा नाकाका अवरोध हटाउन दुवै पक्षबीच गम्भीर संवाद

अमेरिकी सिनेटर तथा ट्रम्पका प्रमुख सहयोगी ग्राहमको ७१ वर्षको उमेरमा निधन

अमेरिकी सिनेटर तथा ट्रम्पका प्रमुख सहयोगी ग्राहमको ७१ वर्षको उमेरमा निधन
अ अ+ अ-

काठमाडौँ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका प्रमुख सहयोगी तथा प्रमुख अमेरिकी सिनेटर लिन्डसे ग्राहमको ‘छोटो समय अचानक बिरामी’ परेपछि ७१ वर्षको उमेरमा निधन भएको उनको कार्यालयले आइतबार जानकारी दिएको छ ।

विदेश नीतिका कामका लागि परिचित ग्राहम इरानविरुद्धको युद्धका दृढ समर्थक मानिनुहुन्थ्यो र पछिल्ला वर्षहरूमा ट्रम्प तथा बाइडेन प्रशासनलाई रूसको आक्रमणविरुद्ध किएभ (युक्रेन) लाई समर्थन गर्न आग्रह गर्नुभएको थियो ।

साउथ क्यारोलिनाका रिपब्लिकन सिनेटर ग्राहमको कार्यालयले सामाजिक सञ्जाल एक्समा उहाँको शनिबार साँझ निधन भएको पुष्टि गरेको छ। ग्राहमले बिहीबार मात्र ७१ वर्ष पूरा गर्नुभएको थियो । उहाँको ‘अचानक तर छोटो समय बिरामी’ भई निधन भएको हो ।

“यो दुःखको कठिन समयमा दिवङ्गत सिनेटर ग्राहमको परिवारले प्रार्थनाको आह्वान गर्दै गोपनीयताका लागि अनुरोध गर्दछ,” विज्ञप्तिमा भनिएको छ।
एनबीसी न्यूजका अनुसार शनिबार राति ग्राहमको क्यापिटल हिलस्थित निवासबाट ‘हृदयाघात’ को उपचारका लागि फोन आएपछि इमर्जेन्सी सेवाहरू तुरून्त उहाँको निवासमा पुगेका थिए ।

श्रद्धाञ्जलि

राष्ट्रपति ट्रम्पले आइतबार प्रभावशाली सिनेटरप्रति श्रद्धाञ्जली दिँदै सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेख्नुभएको छ, “सिनेटर लिन्डसे ग्राहम, मैले चिनेका सबैभन्दा महान व्यक्तिहरू र सिनेटरमध्ये एक हुनुहुन्थ्यो, उहाँ अब रहनुभएन !”

ट्रुथ सोसलमा अगाडि लेखिएको छ, “उहाँ सधैँ कर्तव्यनिष्ठासहित देश र देशबासीको हितका लागि काम गरिरहनुहुन्थ्यो । उहाँ एक सच्चा अमेरिकी देशभक्त हुनुहुन्थ्यो । लिन्डसेको निधनले अमेरिकी राजनीति र कुटनीतिका क्षेत्रमा ठूलो अभाव महसुस हुनेछ ।”

राजनीतिक यात्रा

सन् २०१६ मा ग्राहमले राष्ट्रपतिको उम्मेदवारी दिनुभएको थियो तर प्रतिस्पर्धामा सफलता प्राप्त हुन सकेको थिएन । त्यतिबेला उहाँले ट्रम्पलाई अमेरिकामा रहेका विदेशी मुलका समुदाय र अमेरिकामा बसोबास गर्ने नागरिकप्रति जातीय द्वेष फैलाउने धार्मिक कट्टरपन्थी नेताको संज्ञा दिनुभएको थियो ।

सन् २०२१ को जनवरी ६ को क्यापिटल हमलापछि सम्बन्ध तनावपूर्ण भएको थियो । तर पछि ट्रम्पको दोस्रो कार्यकालमा उनीहरूको सम्बन्ध सुध्रियो र ग्राहमले ट्रम्पको पुनः निर्वाचनलाई समर्थन गर्नुभयो ।

महान् मित्रः नेतन्याहु

ग्राहम इजरायलका बलिया समर्थक र इरानविरुद्ध कडा नीतिको पक्षधर हुनुहुन्थ्यो । उहाँले भन्नुभयो, “ग्राहम इजरायल र मेरो एक महान मित्र हुनुहुन्थ्यो ।”

नेतन्याहुले भन्नुभयो, “उहाँले इजरायल र अमेरिकाको सुरक्षा एकअर्कासँग अविभाज्य छ भन्ने बुझ्नुभएको थियो र आफ्नो जीवन अमेरिकाको रक्षा, गठबन्धन बलियो बनाउन र स्वतन्त्र संसारको लागि खडा हुन समर्पित गर्नुभयो।”

युक्रेन

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले ग्राहमसँग गत शुक्रबार मात्र किएभमा भेट भएको उल्लेख गर्दै उहाँको निधनप्रति दुःख व्यक्त गर्नुभयो ।

“रूसको युक्रेनमा गरेको पूर्ण आक्रमणका क्रममा ग्राहमले १० पटक युक्रेन भ्रमण गर्नुभएको थियो । अमेरिका र विश्वले एक दृढ कुटनीतिज्ञ र एक असल अमेरिकी राजनेता गुमाएको छ।”

भोन डेर लेयेन

युक्रेन समर्थनमा उहाँको लडाइँको प्रशंसा गर्दै युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डेर लेयनले ग्राहमलाई एक ‘दृढ र निडर नेता’को संज्ञा दिनुभएको छ। भने।

दक्षिण क्यारोलिना गभर्नर हेनरी म्याकमास्टर ले ग्राहमलाई ‘अप्रतिस्थापनीय’ राजनीतिक नेता बताउनुभएको छ। “साउथ क्यारोलिना र अमेरिकाका लागि उहाँ विरोधीहरूबीच सबैभन्दा उग्र लडाकु र मित्रहका लागि वफादार तथा अटल मित्र हुनुहुन्थ्यो,” उहाँले एक्समा लेख्नुभएको छ ।

पृष्ठभूमि

साउथ क्यारोलिनाको मध्य शहरमा हुर्केका ग्राहम सन् १९९४ मा पहिलोपटक अमेरिकी प्रतिनिधिसभा (सिनेट) मा निर्वाचित हुनुभएको थियो । उहाँ सन् २००२ सन् २००८, सन् २०१४ र सन् २०२० मा पुनः सिनेटर बन्नुभएको थियो । उहाँ सिनेटको बजेट समितिको अध्यक्षसमेत बन्नुभएको थियो ।

उहाँका आमाबाबुले रेस्टुरेन्ट चलाउँथे। उहाँ आफ्नो परिवारमा कलेज पढ्ने पहिलो व्यक्ति हुनुहुन्थ्यो भने पछि सेनामा वकिलको रूपमा काम गर्दै एयर फोर्स कर्नेलसम्म बन्नुभएको थियो । रासस