१ पुष २०८२, मंगलवार
,
Latest
नेपाल आउने भारतीय र भारत जाने नेपालीले प्रतिव्यक्ति भा.रु. २५ हजारसम्म बोक्न पाउने रेडपाण्डा म्याराथनः पुरुषतर्फ गजेन्द्र र महिलातर्फ निर्मलाले उपाधि जिते दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक सभापति देउवा र नेता कोइरालाबीच भेट जेनजी सुशासन योद्धा: भट्ट परिवारको सहारा, कान्छो ढल्यो… भृकुटीमण्डपमा एमालेको ११ औं राष्ट्रिय महाधिवेशन (तस्बिरहरु) वैदेशिक रोजगारमा हुने ठगी रोक्न श्रम मन्त्रालयले ‘हेल्प टु हेल्प १० सेल’ सञ्चालनमा ल्याउने सडक पीडित श्रेष्ठ भन्छन् – हामी सुकुम्वासी हुने भयौँ ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा बिलबिजक नभएको सामानसहित पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

डीभी को लागि आवेदन खुल्ला, यस वर्ष नयाँ नियम लागु हुने



अ+ अ-

काठमाडौं । सन् २०२१ को लागि डाइभर्सिटी भिसा (डीभी) को लागि आवेदन खुल्ला भएको छ । संयुक्त राज्य अमेरिकाले २०१९ अगष्ट २ देखि नोभेम्बर ५ सम्म आनलाइनमार्फत आवेदन खोलेको हो । अमेरिकाको आप्रवासी ऐन (इमिग्रेसन एण्ड नेशनालिटी एक्ट) को व्यवस्था अनुसार डिभीमार्फत यस वर्ष ५५ हजारका लागि भिसा उपलब्ध गराउने सूचनामा जनाइएको छ। डिभी भरेवापत कुनै शुल्क लाग्ने छैन।

अमेरिकामा कम आप्रवासी भएका मुलुकका नागरिकलाई अमेरिकाले चिठ्ठामार्फत भिसा उपलब्ध गराउँछ । अघिल्ला वर्षका शर्त यथावत राख्दै यसपटक भने नयाँ सर्त पनि अमेरिकाले थप गरेको छ । यसपटक डिभी भर्नका लागि पासपोर्ट नम्बर चाहिने नयाँ व्यवस्था अमेरिकाले थप गरेको हो । साथै जारी गरिएको देश र पासपोर्टको म्याद अवधि पनि उल्लेख गर्नु पर्ने व्यवस्था थप भएको छ ।

तर डिपेन्टेन्टमा जानेका लागि भने यो आवश्यक छैन । यसैगरी कम्युनिस्ट देशका नागरिक र देशविहीनहरूका लागि पनि इन्टरनेशनल ट्राभल पासपोर्ट नम्बर नचाहिने आवेदनको सूचनामा उल्लेख छ ।