९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar प्रधानमन्त्रीको राष्ट्रसंघ सम्बोधनले जलवायु उत्थानशील नेपालको आधार तयार गर्‍यो : डा. ढकाल News Polar धादिङको बाङ्गेमा विशाल पहिरो, पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध News Polar ग्रिड कनेक्सन कार्यविधि मस्यौदामा इप्पानको असहमति, १९ बुँदे संशोधन प्रस्ताव News Polar इन्द्रजात्रा अवलोकन गर्न गद्दी बैठक पुगे राष्ट्रपति पौडेल-तस्विरसहित News Polar इन्द्रजात्राको मुख्य दिनः हनुमानढोकामा कुमारी, गणेश र भैरवको रथ तानिँदै-तस्विरसहित News Polar कर्णालीदेखि काठमाडौंसम्मको संघर्षपूर्ण यात्राबाट चर्चामा रेशम नेप्किङ, ‘पान मिठो कलकत्ताको’ सार्वजनिक News Polar रसुवा बाढीः सुरुङभित्र १० दिन फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज News Polar ऊर्जा आयोजनामा अवरोध गर्ने कांग्रेस नेता–कार्यकर्तामाथि कारबाही गर्छौं : गगन थापा News Polar हिमालयन बैंक र एससीटीबीच स्मार्टपे आईबीएफटी सेवा सञ्चालनसम्बन्धी सम्झौता News Polar २२ वर्षपछि काठमाडौंमा ‘सम्यक् महादान’, ३०१ सदस्यीय मूल समारोह समिति गठन News Polar पुराना दल र परीक्षण भइसकेका नेताको नेतृत्वमा मधेसको राजनीति अघि बढ्न सक्दैन : रामकुमार शर्मा News Polar मुुपात्रअर्थात् कही नभएको भक्तपुरको जात्रा News Polar सप्तकोशीमा पानीको बहाव बढेसँगै ३१ ढोका खोलिए News Polar कोरलानाका क्षेत्रमा बेमौसमी हिमपात News Polar ‘हुंकार मधेश’ अभियान घोषणा, वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने लक्ष्य News Polar धौलीगङ्गा जलविद्युत्को बाँध खोलिँदै, महकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह News Polar अविरल वर्षाले बाढी प्रभावितको जनजीवन थप कष्टकर News Polar ताप्लेजुङमा आगलागीबाट १४ करोडको क्षति News Polar दोधारा चाँदनीमा चौध परिवारको सामान सुरक्षित स्थानमा सारियो News Polar चाडपर्वमा अनलाइन बस टिकट बुकिङलाई प्राथमिकता दिइने

म्याग्दीवासीलाई पोखरामै पुगेर प्रशासनिक सेवा

म्याग्दीवासीलाई पोखरामै पुगेर प्रशासनिक सेवा
अ अ+ अ-

काठमाडाैँ ।  जिल्ला प्रशासन कार्यालय म्याग्दीले पोखरामा बसोबास गर्ने म्याग्दीवासीलाई लक्षित गरी सञ्चालन गरेको घुम्ती शिविरबाट १८२ जना लाभान्वित भएका छन् । गण्डकी प्रदेशको राजधानी पोखरामा शनिबार आयोजित शिविरमा राष्ट्रिय परिचयपत्र वितरण, राहदानी वितरण, पञ्जीकरण तथा मतदाता नामावली दर्तासम्बन्धी सेवा प्रदान गरिएको थियो । म्याग्दीका छ वटै स्थानीय तह, पुन सेवा समाज पोखरा र खिवाङ सेवा समाजको समन्वयमा शिविर सञ्चालन गरिएको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी कुलप्रसाद आचार्यका अनुसार शिविरमार्फत ८८ जनालाई राष्ट्रिय परिचयपत्र, एक जनालाई राहदानी वितरण गरिएको छ भने ६३ जनाको मतदाता नामावलीमा नाम दर्ता गरिएको छ । साथै ३० जनालाई पञ्जीकरण तथा अन्य प्रशासनिक सेवासम्बन्धी परामर्श प्रदान गरिएको उहाँले जानकारी दिनुभयो । प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्यले रोजगारी, अध्ययन, पेसा तथा व्यवसायका सिलसिलामा पोखरामा बसोबास गरिरहेका म्याग्दीवासीलाई उनीहरूकै बसोबासस्थलमा प्रशासनिक सेवा उपलब्ध गराउने उद्देश्यले शिविर सञ्चालन गरिएको बताउनुभयो ।

“जिल्लाबाहिर पहिलो पटक घुम्ती शिविर सञ्चालन गरेर सेवा दिएका छौँ”, उहाँले भन्नुभयो, “स्थानीय तहसँग समन्वय गरी वडा तहसम्म पुगेर राष्ट्रिय परिचयपत्र, राहदानी वितरण र मतदाता नामावली दर्तालगायतका सेवा प्रदान गर्ने कार्यलाई निरन्तरता दिनेछौँ ।” प्रमुख जिल्ला अधिकारी आचार्यको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय, जिल्ला निर्वाचन कार्यालय तथा स्थानीय तहका पञ्जीकरण शाखाका कर्मचारीको टोलीले सेवा प्रदान गरेको थियो । अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुन तथा पूर्वअध्यक्ष डमबहादुर पुनले घुम्ती शिविरले पोखरामा बसोबास गर्ने म्याग्दीवासीलाई सेवा लिन जिल्ला सदरमुकाम बेनीसम्म आउनुपर्ने बाध्यता हटाउँदै समय र खर्च दुवै बचत भएको बताउनुभयो ।

शिविरमा विसं २०७७ कात्तिक २४ गतेदेखि २०८० असार मसान्तसम्म जिल्ला प्रशासन कार्यालय म्याग्दीमा राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता गराइ हालसम्म परिचयपत्र नलिएका तथा म्याग्दी स्थायी ठेगाना भई हाल पोखरामा बसोबास गर्ने नागरिकलाई प्राथमिकतामा राखेर सेवा प्रदान गरिएको थियो । जिल्ला प्रशासन कार्यालयका अनुसार राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता गराए पनि हालसम्म लिन नआएका १० हजारभन्दा बढी परिचयपत्र वितरणलाई तीव्रता दिन तथा प्रशासनिक सेवा नागरिकको पहुँचमै पु¥याउने उद्देश्यले यस्ता घुम्ती शिविर सञ्चालन गर्न थालिएको हो ।