७ आश्विन २०८१, सोमबार
,
Latest
धार्मिक पर्यटनको विकास गर्न यसरी जोड्न सकिन्छ बाली र काठमाडौँः इन्डोनेसियाली पर्यटन उपमन्त्री संस्कृतिमन्त्री पाण्डे र भारतीय राजदूतद्वारा कला प्रदर्शनी अवलोकन मेलम्ची खानेपानी आयोजनामा भ्रष्टाचार मुद्दाःदोषी ठहर भएका तीन कम्पनी र चार व्यक्तिलाई सजाय निर्धारण संविधान कार्यान्वयन नहुनु नै संशोधनको आधार होः पूर्वप्रधानन्यायाधीश श्रेष्ठ अब देश सम्हाल्न गाह्रो छः वरिष्ठ उपाध्यक्ष मिश्र घुन्सा हेलिकप्टर दुर्घटनाको १८ वर्षः वातावरण संरक्षणका कार्यक्रम गरी स्मरण मुगु ६५औँ साक्षर जिल्ला ‘भेन्टिलेसन’को रड काटेर फरार भएका सात थुनुवा पक्राउ प्रधान सेनापति र फ्रान्सका राजदूतबीच भेट सुविधासम्पन्न मुलपानी क्रिकेट मैदान बनाउने प्रक्रिया अगाडि बढेको छ– राखेप सदस्यसचिव घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘सरकारले संविधानको मर्म र भावनाअनुसार काम गर्न सकेन’



अ+ अ-

काठमाडौं । नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले सरकारले संविधानको मर्म र भावनाअनुसार काम गर्न नसकेको आरोप लगाउनु भएको छ । नेपाली काङ्ग्रेस काठमाडौँ क्षेत्र नं ३ ले आज यहाँ आयोजना गरेको ‘शुभकामना आदानप्रदान तथा चियापान’ कार्यक्रममा उहाँले सभामुखले राजीनामामा उल्लेख गरेका शब्द संविधानको मर्मविपरीत भएको बताउनुभयो ।

पूर्व उपप्रधानमन्त्री सिंहले कानून सबैका लागि बराबर भएको बताउँदै अनुसन्धानमा सङ्लग्न प्रहरीलाई दबाब र प्रभावमा नपरी चनाखो भएर अनुसन्धान गर्न आग्रहसमेत गर्नुभयो । अनुसन्धानको क्रममा दोषी देखिनेलाई ढाकछोप गर्न नहुने उहाँको भनाइ थियो ।

पार्टीका पूर्व महामन्त्रीसमेत रहनुभएका सिंहले पार्टीभित्र देखिएको गुट उपगुटको अन्त्य भएमात्र पार्टी बलियो हुने उल्लेख गर्नुभयो । उहाँले पार्टीका सबै कार्यकर्तालाई समेटेर नेतृत्वले जिम्मेवारी दिनुपर्नेमा जोड दिनुभयो ।