१३ आश्विन २०८१, आईतवार
,
Latest
बाढी पहिरोबाट ऊर्जा,जलस्रोत र सिंचाई क्षेत्रमा मात्रै ४ अर्ब ३५ करोडको क्षति हवाई भाडा नबढाउने एयरलाइन्स कम्पनीको निर्णय सेनाद्वारा १३७ जनाको सकुशल उद्धार – फोटोफिचर पूर्वमुख्यमन्त्री राईद्वारा ‘हेर्ने कथा’का पात्र प्रकाशलाई जग्गा प्रदान अवरुद्ध सडक खुलाउने काम तीव्र रुपमा भइरहेको छ: मन्त्रालय बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या १४८ जना पुग्यो, ५५ जना बेपत्ता माओवादी केन्द्रको एसिया संगठन समितिद्धारा बाढीपीडितलाई पाँच लाख सहयोग रवि र सहकारीमा अड्किएको सरकार विपद् व्यवस्थापनमा चुक्यो– रास्वपा बाढीपछिको काठमाडौं (फोटो फिचर) यात्रुको चाप बढेपछि विमान कम्पनीले सस्तो दरका टिकट बिक्री गर्न छाडे
तपाईं के खोज्दै हुनुहुन्छ ?

रोहितले यसपटक टेस्टमा प्रारम्भिक ब्याट्सम्यानको जिम्मेवारी लिँदै



अ+ अ-

विशाखापटनम । भारत र दक्षिण अफ्रिकाबीचको पहिलो टेस्ट क्रिकेट भारतको विशाखापटनममा बुधबार शुरु भएको छ । टस जिती भारतीय कप्तान विराट कोहलीले पहिले व्याटिङ गर्ने निर्णय गरेका छन् ।

दक्षिण अफ्रिका र भारतबीच तीन वटा टेस्ट खेल हुनेछन् । भारतका लागि एकदिवसीय र टी२० खेलका अनुभवी बिस्फोटक ब्याट्सम्यान रोहित शर्माले यसपटक टेस्टमा पनि प्रारम्भिक ब्याट्सम्यानका रुपमा जिम्मेवारी लिँदैछन् ।

फाफ डु प्लेसिसको कप्तानीमा रहेको दक्षिण अफ्रिकाले दुई जना विशेषज्ञ स्पिनरलाई खेलाएको छ । स्पिनरद्वय केशव महाराज र डेन पाइडिटले पहिलो टेस्टमा मौका पाएका हुन् । स्पिन बलिङ पनि गर्ने अलराउन्डर सेनुरान मुथुसामीले पहिलो टेस्ट खेल्दैछन् ।

गत अगस्टमा दुई जना अनुभवी खेलाडी डेल स्टेन र हासिम आमलाले अन्तर्राष्ट्रिय खेलबाट सन्यास लिएसँगै दक्षिण अफ्रिकी टिम युवा एवं अपेक्षाकृत कमजोर अनुभव भएका खेलाडीमा निर्भर रहनु परेको छ ।

भारतीय टिममा कप्ताल विराट कोहली सहित अजिन्क्य राहाणे, रोहित शर्मा, मयन्क अग्रवाल, चेतेश्वर पुजारा, हनुमा बिहारी, रविचन्द्रन अश्विन, रविन्द्र जडेजा, हृद्दिमन साह, इशान्त शर्मा र मोहम्मद शामी रहेका छन् ।

उता दक्षिण अफ्रिकी टिममा कप्तान फाफ डु प्लेसिस सहित आइडेन मार्कराम, डिन एल्गार, थेनिस डी ब्रुएन, टेम्बा बाभुमा, क्विन्टिन डी कक, भर्नन फिलान्डर, सेनुरान मुथुसामी, केशव महाराज, डेन पाइडिट र कागिसो राबाडा रहेका छन् ।

पहिले ब्याटिङ गरिरहेको भारतले ३७ ओभरमा बिना विकेटको क्षतिमा ११० रन बनाएको छ । भारतका लागि रोहित शर्माले व्यक्तिगत ५९ तथा मयन्क अग्रवालले ५१ रन बनाएका छन् ।