२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar किसान परिचयपत्र वितरण गर्न माग News Polar पर्यटकलाई दुःख दिने १५ जना पक्राउ News Polar नक्कली नोट कारोबार गर्ने दुई जना पक्राउ News Polar मल्कवाङबाट गर्भवतीको हवाई उद्धार News Polar एसियाड पारा खेलाडीलाई टिसर्ट News Polar पोखरामा अल्ट्रा ट्रेल दौड प्रतियोगिता News Polar दुबईमा नेपथ्यको नयाँ उचाइ News Polar दुई लाख बढी नगदसहित जुवा खालबाट पाँच पक्राउ News Polar चिनियाँ पर्यटक आकर्षित गर्न जोर्डनको प्रयास तीव्र News Polar नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्रहरू जलवायु सङ्कटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल News Polar जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल News Polar घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि रुट परमिट खुला News Polar वृद्धको हत्या अभियोगमा युवक पक्राउ News Polar कांग्रेस सभापतिमा तीन जनाको उम्मेदवारी News Polar कांग्रेसको १५औं महाधिवेशन: उपसभापतिमा शर्मा र महिला उपसभापतिमा भुसाल निर्विरोध निर्वाचित News Polar बार्सिलोनामा हिंसात्मक प्रदर्शनपछि स्पेन सरकारद्वारा आवाससम्बन्धी आपतकालीन उपाय स्वीकृत News Polar फ्रान्समा विद्यार्थी आन्दोलन चर्कियो, सयौँ उच्च माध्यमिक विद्यालय प्रभावित News Polar धानमा आत्मनिर्भर बनेपछि वन फँडानी रोक्ने इन्डोनेसियाको निर्णय News Polar कृष्ण थापा नेपाली सेनाको रग्बी प्रशिक्षक नियुक्त News Polar तिलौराकोट, जनकपुरधाम र पनौतीबारे अध्ययन गरिने

विभाजनको डिलमा विवेकशील, पाण्डे समूहबाट पार्टी सुदृढीकरण अभियान घोषणा

विभाजनको डिलमा विवेकशील, पाण्डे समूहबाट पार्टी सुदृढीकरण अभियान घोषणा
अ अ+ अ-

काठमाडौँ । विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डे समूहले विवेकशील साझा पार्टी सुदृढीकरण अभियानको केन्द्रीय समिति घोषणा गरेको छ। 

सो समूहले आज एक प्रेज्ञप्ति जारी गर्दै अभियानको घोषणा गरेको हो । पार्टी अध्यक्ष रवीन्द्र मिश्र समूहसँग नीतिगत असहमति भएपछि पाण्डे र मिश्र दुवै छुट्टाछुट्टै रुपमा क्रियाशिल भएका छन् ।  

पाण्डे समूहले पार्टी सुदृढीकरण अभियान नाम दिएर २०१ सदस्यीय केन्द्रीय समिति घोषणा पनि गरेको छ । सो समूहका प्रवक्ता हरिप्रसाद भट्टका अनुसार अभियानले ९० दिनभित्र राष्ट्रिय सम्मेलन गर्ने भएको छ। 

पाण्डे समुहले जारी गरेको बिज्ञप्तिको पूर्णपाठ :

२०१ सदस्यीय ‘विवेकशील साझा पार्टी सुदृढीकरण अभियान’को केन्द्रीय समिति घोषणा

१) गत २०७७ साल मंसिर २४ गते तत्कालीन विवेकशील नेपाली दल र साझा पार्टीबिच ऐतिहासिक एकीकरण सम्झौता पत्रमा हस्ताक्षर गर्दै दुई पार्टी एकीकरण भई ‘विवेकशील साझा पार्टी’ गठन भएको सर्वविदितै छ। विगतका गल्तीका लागि क्षमा माग्दै संविधानवादको जगमा अग्रगामी, गतिशील, मध्य वामपन्थी पार्टीको रूपमा यस पार्टीलाई अगाडी बढाउँदै एकीकरण भएको मितिले ६ महिनाभित्र एकता महाधिवेशन गर्ने कार्यभारबाट विमुख भएर पश्चगामी, संविधान विरोधी र व्यवस्था विरोधी विचार अङ्गाल्दै पार्टीको एक जना कार्यकारी नेताले मार्ग परिवर्तन गरेपछि पार्टीमा अन्यौलता सिर्जना भएकोमा हामी दुःखी छौँ। यसबिच संवाद मार्फत समाधानको पहल भयो।

राजनीतिक दबाब सिर्जना गरियो। अद्यापि विधान च्यातेर अगाडी बढ्ने, पार्टीमा ‘विधान मानौँ’ भन्ने र ‘संविधानविरुद्ध नलागौँ’ भन्ने नेताहरूलाई कारबाही गर्ने, जिम्मेवारी खोस्ने र पार्टीमा व्यवस्था विरोधी, धर्मको नाममा द्वन्द्व फैलाउने नीति लाद्ने प्रयास भइरहे। 

२) हामीले एकीकरणको एक पक्षको नेतृत्व गर्ने पार्टी संयोजक, पार्टीका शीर्ष नेताहरूको तर्फबाट आम सदस्यहरूलाई पार्टीको ‘मूल बाटो’ स्मरण गराउने र निर्वाचन आयोगमा पार्टीमा भइरहेका अवैधानिक क्रियाकलापको जानकारी सहित निर्वाचन आयोगमा उजुरी गर्‍यौँ। उक्त उजुरीमा आयोगले अन्तिम निर्णय गर्न बाँकी नै छ।  आयोगबाट न्याय नपाए अदालत जाने तैयारीमा हामी छौँ नै। तर, कानुनी पक्रिया जारी नै रहेको बेला पार्टीका फरक मत (गणतन्त्र र संविधानका पक्षमा) राख्ने नेताहरूलाई भूमिका विहीन बनाउने, विभागहरू भङ्ग गर्ने, प्रदेशको नेतृत्व फेर्ने लगायतका काम भइरहे।

यसर्थ, हामीले पार्टी एकीकरणको घोषणापत्र र विवेकशील साझा पार्टीको विधान २०७४, (पहिलो संशोधन) अनुसार पार्टीलाई जीवित राख्न र मतदाता, पार्टीका सदस्यहरू तथा वैकल्पिक राजनीतिका शुभेच्छुकहरूको सुझाव अनुसार पार्टीलाई सुदृढ बनाउनुपर्ने दायित्व स्मरण गर्दै पार्टीको हालको १३० सदस्यीय केन्द्रीय समितिलाई यावत राख्दै यसमा पार्टीका अन्य महत्त्वपूर्ण पक्षहरू समावेश गरी ‘विवेकशील साझा पार्टी सुदृढीकरण अभियान’ को तपसिल बमोजिमको केन्द्रीय समिति घोषणा गरेका छौँ। यस अभियानको मूल कार्यभार वैकल्पिक राजनीतिको लिगेसिलाई निरन्तरता दिने र विवेकशील साझा पार्टीलाई वैचारिक तथा साङ्गठनिक रूपमा थप सशक्त बनाउने हुनेछ।

यस अभियानले घोषणा भएको मितिले ९० दिन भित्र राष्ट्रिय सम्मेलन गर्नेछ भने त्यस अगाडी सम्पूर्ण प्रदेश र जिल्लामा समिति गठन गर्नेछ। अभियान अन्तर्गत विभिन्न आङ्गिक सङ्गठनहरू पनि गठन गर्नेछ। विवेकशील साझा पार्टीलाई एकीकरणको भावना अनुरूप निरन्तरता दिँदै वैकल्पिक राजनीतिलाई नयाँ चरणमा पुर्‍याउन यो अभियान क्रियाशील रहनेछ।

३) विवेकशील साझा पार्टी सुदृढीकरण अभियान सञ्चालनको मूल आधार ‘विवेकशील साझा पार्टी एकीकरण घोषणापत्र ( २०७७’ र ‘वैकल्पिक राजनीतिको मूल बाटो’  हुनेछ। पार्टी संयोजक मिलन पाण्डेको नेतृत्वमा पार्टीका महत्त्वपूर्ण नेताहरू र वैकल्पिक राजनीतिको सीमाभित्र क्रियाशील विभिन्न तह र तप्काका नयाँ तथा पुराना अभियन्ताहरूलाई समेत सहभागी गराउँदै विवेकशील साझा पार्टीको सुदृढीकरण र पुनर्गठन गर्नु यो अभियानको मूल ध्येय हुनेछ।

पार्टीका वरिष्ठ नेता, राजनीतिक संवाद समिति संयोजक तथा प्रशिक्षण विभाग प्रमुख केशव दाहाल, प्रदेश संसदीय दलका नेता रमेश पौड्याल, प्रदेश संयोजकहरु, अन्तराष्ट्रिय समिति संयोजक, विवेकशील साझा युवा सङ्गठनका महासचिव सरोज गौतम, सचिवहरु अमित पाठक र रबिन्द्र उपाध्याय, पार्टीको केन्द्रीय सचिवालय, केन्द्रीय समिति, महिला, ज्येष्ठ नागरिक लगायतका आङ्गिक सङ्गठनका महत्त्वपूर्ण नेताहरू, प्रदेश, जिल्ला, गाउँ-नगर तथा प्रवासमा समेत सङ्गठित पार्टी सदस्य तथा शुभचिन्तकहरू लगायत  हाल पार्टीमा क्रियाशील महत्त्वपूर्ण सबैजसो नेताहरू पार्टी सुदृढीकरण अभियानमा सहभागी हुनुहुनेछ। 

हामी वैकल्पिक राजनीतिलाई पश्चगामी बाटोमा जान दिने छैनौँ। पार्टीलाई मूलबाटोमा स्थापित गर्नेछौँ र वैकल्पिक राजनीतिक अभियान र यो पार्टीलाई अझ सुदृढ गर्दै अगाडी बढाउनेछौँ। धन्यवाद। नेपालको जय होस्।

विवेकशील साझा पार्टीको ‘मूल-बाटो’  पक्षधर नेतृत्वका तर्फबाट
हरीशप्रसाद भट्ट
प्रवक्ता
क) हालका विवेकशील साझा पार्टीका केन्द्रीय समिति सदस्यहरु – १२९

ख- सुदृढिकरण अभियानमा थपिएका नयाँ केन्द्रीय सदस्यहरु 

प्रविन सुवेदी, सुजन आचार्य, विक्रम परियार, कालुराम तामांग, महेन्द्र आचार्य, कल्याण अधिकारि, बिमला रोक्का, डा. बोध राज पराजुली, सुबास भारती, ई. प्रदीप ढकाल, पवन थापा मगर, प्रतिभा पोखरेल, दिपेन्द्र कार्की, चेतनाथ निरौला, प्रेक्षा पन्डित, डा. फडिन्द्र शाह, सुदिप ओझा, अशोक खड्का, सुरज श्रेष्ठ, मनिषा मगर, बाबुराज बस्नेत, युजन राजभण्डारी, कल्याण थापा, नवराज कार्की, सुबास पन्थी, सन्देश केसी, रेशम के श्रेष्ठ, रामहरि तिम्सिना, बिदुर अधिकारी, बन्धु घिमिरे, राजेश कुमार गिरी, आशा ठाकुर, नाबिता शर्मा, सुदिप बजगाई, सौरभ नेउपाने, तारा भट्ट, सौरभ न्युपाने(चाउ), भोला रिजाल, रविन्द्र उपाध्याय, रोहन दंगाल, सागर वेलवासे, भरत कँडेल, तुलसीराज उप्रेती, कृष्ण आचार्य, पदमराज न्यौपाने, नरेश भण्डारी (नाथन), भिम नारायण कोइराला, सागर घिमिरे, बिपिन पाण्डे, बिष्णु के.सी, निर्मल फुयाल, सम्झना उप्रेती, डा। गोविन्द आचार्य, राम बाबु यादव, उत्तम खनाल।

ग_ बाँकी १७ जना दोस्रो चरणमा घोषणा गरिनेछ।