४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

सीको नेपाल भ्रमणको तयारी तीव्र रुपमा, काठमाडौंको अध्ययन गरी फर्कियो रेकी विमान

सीको नेपाल भ्रमणको तयारी तीव्र रुपमा, काठमाडौंको अध्ययन गरी फर्कियो रेकी विमान
अ+ अ-

काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिन फिङको नेपाल भ्रमणको तयारी नेपाल र चीन दुवै मुलुकले तीव्र पारेका छन् । राष्ट्रपति सीको भ्रमणको तयारीस्वरूप बुधबार चीनबाट ७४७–८०० विमान रेकीका लागि काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरी पुनः बेइजिङ फर्केको छ । चिनिया राष्ट्रपतिको असोज अन्तिम साता हुने नेपाल भ्रमणका लागि विमानस्थलको अवस्था अध्ययन गर्ने चिनियाँ टोली काठमाडौं आएको हो ।

सो रेकी टोली बुधबार नै चीन फर्केको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार दिउँसो साढे १ बजे अवतरण गरेको सो विमान ३ बजेर १० मिनेटमा चीन फर्केको थियो । नेपालस्थित चिनियाँ दूतावासले समेत विमानस्थलदेखि सीको बसोबास हुने स्थान र यात्रा हुने स्थानमा विशेष चासोका साथ अध्ययन गरिरहेको परराष्ट्र स्रोतले बताएको छ ।

रेकी टोलीले विमानस्थलको रन वे, पार्किङ वे, भीआईपी कक्षलगायत विमानस्थलको सुरक्षा व्यवस्थापनको अध्ययन गरेको विमानस्थल स्रोतले बतायो । जसमा नेपालको सुरक्षा टोलीको समेत सहभागिता रहेको बुझिएको छ । राष्ट्रपति सीको भ्रमणको विषयमा विभिन्न अध्ययन तथा तयारी भएको भए पनि औपचारिक मितिको भने घोषणा गरिएको छैन । सुरक्षालाई ध्यानमा राखेर मिति घोषणा नगरिएको हो । उनको भ्रमणका क्रममा चिनियाँ सुरक्षाकर्मीको समेत उपस्थिति हुने छ ।

भारतको चेनईनजिकै रहेको ऐतिहासिक सहर माहाबालिपुरममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग हुने दोस्रो अनौपचारिक समिटिपछि उनी काठमाडौं उत्रिने सम्भावना छ । उनको भारत भ्रमण मितिसमेत सार्वजनिक गरिएको छैन । तथापि, सीको नेपाल भ्रमण तयारीका लागि केही समयअघि चिनियाँ विदेशमन्त्री वाङ यी नेपाल आएका थिए । त्यसैगरी त्यसको केही समयपछि चिनियाँ कम्युनिस्ट पार्टीका अन्तर्राष्ट्रिय विभाग प्रमुख सोङ ताओले तीनदिने नेपाल भ्रमण गरेका थिए ।

सो समयमा नेकपाको स्कुल विभागले सी विचारधाराको विषयमा अन्तत्र्रिmयासमेत गरेको थियो । ताओ भ्रमण गरेको क्षेत्रमा सीको भ्रमण भएको विगतको अनुभवका कारण पनि सीको नेपाल भ्रमण निश्चित हुने अनुमान गरिएको थियो । यसअघि नै नेपाल सरकारका सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणको तयारी रहेको र सो भ्रमणले दुई देशको सम्बन्धले नयाँ उचाइ लिने अभिव्यक्ति दिएका छन् ।

सीको नेपाल भ्रमणलाई उच्च कूटनीतिज्ञहरूले समेत विशेष चासोका साथ हेरेका छन् । २३ वर्षपछि चीन उच्चस्तरीय भ्रमण हुन लागेका कारण पनि यसलाई महत्वका साथ हेरिएको छ । नेपाल सरकारले यो वर्षलाई उच्चस्तरीय भ्रमण वर्षका रूपमा समेत व्याख्या गरेको छ । राजधानी दैनिकबाट