४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

सभामुख पद रिक्त: अबको सभामुख कसलाई बनाउने नेकपामा बहस सुरु

सभामुख पद रिक्त: अबको सभामुख कसलाई बनाउने नेकपामा बहस सुरु
अ+ अ-

काठमाडौं। संघीय संसद्की महिला कर्मचारीमाथि यौनदुव्र्यवहार गरेको आरोपमा सभामुखबाट कृष्णबहादुर महराले राजीनामा दिएपछि नेकपाभित्र सभामुख कसलाई बनाउने बहस सुरु भएको छ । संविधान र प्रतिनिधिसभा नियमावलीअनुसार नेकपाले सम्हाल्दै आएको सभामुख र उपसभामुखमध्ये एक पद त्याग्नुपर्ने अवस्था पनि आएको छ । उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेले बुधबार सूचना जारी गरी सभामुख पद रिक्त भएको बताएकी छन् । अहिले संघीय संसद्को अधिवेशन अन्त्य भएको छ ।

नयाँ अधिवेशनले नै सभामुख चयन गर्नुपर्नेछ । नयाँ सभामुखको निर्वाचन कहिलेसम्म गरिसक्नुपर्छ भन्ने समय संविधान र प्रतिनिधि सभाको नियमावलीमा व्यवस्था नगरिँदा सभामुखको निर्वाचन प्रक्रिया अघि बढाउने विषयमा उपसभामुखले राजनीतिक दलसँगको छलफलबाट टुंगो लगाउने तयारी गरेकी छन् । राजीनामा दिएको अवस्थामा पुनः निर्वाचन गर्ने विषयमा कुनै व्यवस्था नभए पनि नयाँ आमनिर्वाचनपछिको अवस्थामा भने प्रतिनिधि सभाको पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख निर्वाचित गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।

उपसभामुखले सभामुख चयनका लागि निर्वाचनको मिति तोकेको अवस्थामा उनले निर्वाचनको दिन बैठकको अध्यक्षता गर्न पाउने छैनन् । संसद्को ज्येष्ठ सदस्यले बैठकको अध्यक्षता गर्नेछन् । सभामुख निर्वाचनका लागि उपसभामुखले समेत सभामुखमा उम्मेदवारी दिन सक्नेछिन् । उनले उम्मेदवारी दिएपछि उपसभामुख पद स्वतः रिक्त हुन सक्छ । यसरी उपसभामुख पद पनि रिक्त भएको अवस्थामा सभामुखमा नेकपाले अर्को उम्मेदवार पनि खडा गर्न सक्छ ।

यद्यपि उपसभामुखमा तुम्बाहाम्फे कायम रहँदा नेकपाले सभामुख पदमा उम्मेद्वारी दिन भने पाउने छैन । उनी हाल नेकपाको तर्फबाट उपसभामुख छिन् । संविधानले सभामुख र उपसभामुख फरक–फरक राजनीतिक दल र फरक लिंगको हुनैपर्ने व्यवस्था गरेको छ । यदि उपसभामुख आफैं सभामुख उम्मेद्वार बनेर उम्मदवारी फिर्ता गर्ने समयमा फिर्ता लिएमा उनी पुनः उपसभामुखमा रहन सक्ने आधार हुँदैन । नेकपाले सभामुख पद आफैंसँग राख्न उपसभामुख तुम्बाहाम्फेले राजीनामा गर्नुपर्ने हुन्छ ।

तर, उनले सभामुखलाई राजीनामा बुझाउनुपर्ने भएकाले यो पनि सम्भव नभएको नेकपा नेता सुवास नेम्वाङले बताए । त्यसैले अब नेकपाले दुवैलाई सभामुखको उम्मेदवार बनाएर फिर्ता गराउँदा उपसभामुख पद भने गुमाउनुपर्ने उनी बताउँछन् । तत्कालीन एमाले र माओवादीबीच शक्ति बाँडफाँडका क्रममा माओवादीले सभामुख पद प्राप्त गरेको थियो । अहिले पनि पूर्वमाओवादीले सभामुख पदमा दाबेदारी देखिएको छ ।

महराले सभामुख पद गुमाएपछि पूर्वमाओवादी तर्फका देव गुरुङ, ओनसरी घर्तीलगायतका लागि सभामुख बन्ने बाटो खुलेको छ । कानुन पृष्ठभूमिका गुरुङ अहिले नेकपाका सचेतक छन् । पूर्वसभामुख भएका कारण ओनसरीको पनि सभामुख पदमा दाबेदारी छ । त्यस्तै, नेकपा वृत्तमा पूर्वसभामुख तथा संविधान सभाका अध्यक्ष सुवास नेम्वाङ आफैं सभामुख बन्न चाहेको चर्चा पनि छ । नेम्वाङ अहिले नेकपा संसदीय दलको उपनेता छन् ।

नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल दुवैलाई मिलाउने क्षमता भएका नेम्वाङ पुनः सभामुख हुने सम्भावना पनि छ । तर, संसदको हिउँदे अधिवेशन कहिले आह्वान हुन्छ र सभामुखको निर्वाचन कहिले हुन्छ भन्ने टुंगो नै छैन । यौनदुव्र्यवहारको आरोप लागेपछि सभामुखबाट राजीनामा दिएका महराले पुनः सच्याएर राजीनामा बुझाएपछि संसद् सचिवालयले सूचना सार्वजनिक गरेको छ ।प्रतिनिधिसभाको वेबसाइटमासमेत उनको फोटो र नाम हटाइएको छ ।

महराले पहिलो राजीनामा ‘हिजोदेखि विभिन्न सञ्चार माध्यममा मेरो चरित्रमा गम्भीर प्रश्न उठाइ लगाइएको आरोपबारे सत्यतथ्य, निष्पक्ष र स्वतन्त्र छानबिनका लागि अनुसन्धान गर्न सहज होस् भनी नैतिकताका आधारमा आजकै मितिदेखि छानबिन प्रक्रिया नसकिँदासम्मका लागि राजीनामा दिएको छु,’ भने पनि पछि सच्याएर पठाइएको राजीनामा पत्रमा भने ‘छानबिन प्रक्रिया नसकिँदासम्मका लागि’ भन्ने शब्द हटाइएको संसद् सचिवालयले जनाएको छ ।

प्रतिनिधिसभा नियमावली २०७५ को नियम २११ ९२० बमोजिम उपसभामुखको आदेशअनुसार महराको राजीनामा बारेको जानकारी सूचनापत्रमा प्रकाशन गरिएको हो । प्रतिनिधिसभा सचिवालय सचिव डा. भरतराज पौडेलले सूचना प्रकाशित गरी राजीनामा स्वीकृत भएको जानकारी गराएका हुन् । यसअघि सभामुख पदमा महरा निर्विरोध निर्वाचित भएका थिए भने उपसभामुख पदमा मतदान भएको थियो ।

अब सभामुखको चयन नियमित अधिवेशनबाट हुन्छ कि विशेष अधिवेशन बोलाउने भन्ने विषयमा अन्योलता देखिएको उपसभामुख तुङ्बाहाम्फेले बताइन् । उनले राजनीतिक दलसँगको छलफलपछि मात्रै यो विषयमा निर्णय लिने बताइन् । ‘नियमित अधिवेशनबाट सभामुखको चयन गर्ने कि त्यसका लागि विशेष अधिवेशन आह्वान गर्ने भन्ने सन्दर्भमा राजनीतिक दल र सरकारबीच हुने छलफल र सहमतिका आधारमा तय हुनेछ,’ उनले भनिन् । राजधानी दैनिकबाट