२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar किसान परिचयपत्र वितरण गर्न माग News Polar पर्यटकलाई दुःख दिने १५ जना पक्राउ News Polar नक्कली नोट कारोबार गर्ने दुई जना पक्राउ News Polar मल्कवाङबाट गर्भवतीको हवाई उद्धार News Polar एसियाड पारा खेलाडीलाई टिसर्ट News Polar पोखरामा अल्ट्रा ट्रेल दौड प्रतियोगिता News Polar दुबईमा नेपथ्यको नयाँ उचाइ News Polar दुई लाख बढी नगदसहित जुवा खालबाट पाँच पक्राउ News Polar चिनियाँ पर्यटक आकर्षित गर्न जोर्डनको प्रयास तीव्र News Polar नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्रहरू जलवायु सङ्कटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल News Polar जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल News Polar घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि रुट परमिट खुला News Polar वृद्धको हत्या अभियोगमा युवक पक्राउ News Polar कांग्रेस सभापतिमा तीन जनाको उम्मेदवारी News Polar कांग्रेसको १५औं महाधिवेशन: उपसभापतिमा शर्मा र महिला उपसभापतिमा भुसाल निर्विरोध निर्वाचित News Polar बार्सिलोनामा हिंसात्मक प्रदर्शनपछि स्पेन सरकारद्वारा आवाससम्बन्धी आपतकालीन उपाय स्वीकृत News Polar फ्रान्समा विद्यार्थी आन्दोलन चर्कियो, सयौँ उच्च माध्यमिक विद्यालय प्रभावित News Polar धानमा आत्मनिर्भर बनेपछि वन फँडानी रोक्ने इन्डोनेसियाको निर्णय News Polar कृष्ण थापा नेपाली सेनाको रग्बी प्रशिक्षक नियुक्त News Polar तिलौराकोट, जनकपुरधाम र पनौतीबारे अध्ययन गरिने

बैतडीमा अशक्त, असहायका घरमै नागरिकता प्रदान

बैतडीमा अशक्त, असहायका घरमै नागरिकता प्रदान
अ अ+ अ-

बैतडी । जिल्ला प्रशासन कार्यालय बैतडीले अपाङ्गता, अशक्त, असहाय र ज्येष्ठ नागरिकको घरमै पुगेर नागरिकता प्रदान गरिरहेको छ । गाउँमै शिविरको आयोजना गरी तथ्याङ्क सङ्कलन गरेर नागरिकता प्रदान गर्न थालिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले बताउनुभयो । 

अन्य कामको सिलसिलामा स्थानीय तहमा कर्मचारी खटिएका बेला नागरिकताका लागि आवश्यक कागजात सङ्कलन गरेर जिल्ला प्रशासनमा ल्याउने र त्यसपछि नागरिकता बनाएर उनीहरुकै घरमै पठाउने गरिएको हो । उहाँले भन्नुभयो, “नागरिकता लिनका लागि जिल्ला सदरमुकाम पुग्न नसक्ने नागरिकको विवरण सङ्कलन गर्ने गरेका हौँ, नागरिकता बनाएर घरमै पठाइदिन्छौँ ।”

जिल्ला प्रशासन कार्यालयका अनुसार सिगास गाउँपालिकामा सात जना अपाङ्गता भएका नागरिक, अशक्त र ज्येष्ठ नागरिकको नागरिकता बनाएर पठाइसकिएको छ ।  

यस्तै पञ्चेश्वर गाउँपालिकाका ३५, शिवनाथ गाउँपालिका छ र मेलौली नगरपालिकामा सात जनाको विवरण ल्याइसकेको र अब उनीहरुको नागरिकता बनाएर पठाइने जनाइएको छ । अपाङ्गता, अशक्त, असहाय र ज्येष्ठ नागरिकका लागि जिल्लाको डिलाशैनी गाउँपालिकाको धाँमीगाउँमा पुस ११ गते र दोगडाकेदार गाउँपालिकामा पुस १२ गते कर्मचारी खटाइने तयारी भएको छ । रासस