११ भाद्र २०८३, बिहीबार
,
Latest
पश्चिम नवलपरासीमा पाँच शव फेला रसुवामा बाढी : सेनाद्वारा १२३ जनाको उद्धार, टनेलमा फसेका सात जनाको जीवितै उद्धार बाढी प्रभावित क्षेत्रमा वत्तीको जोहो गर्दै ऊर्जा मन्त्रालय, पाँच सयवटा सोलार पावर बैंक पठाउँदै रसुवा बाढीः कञ्चनपुरका कर्मचारीसहित २४ जना सम्पर्कविहीन भारत सरकारबाट प्राप्त राहत सामग्री औपचारिक रूपमा ग्रहण भोटेकोशी बाढीः २८ प्रहरी सम्पर्कविहीन बाढी प्रभावित अपर त्रिशूली–३ ‘ए’ आयोजनामा नेपाली सेनाको हेलिकप्टर अवतरण, उद्धार तथा विद्युत् पुनर्स्थापना तीव्र आज बिहानैदेखि हेलिकप्टरमार्फत उद्धार सुरु रसुवा बाढी : उद्धारका लागि १५ भन्दा बढी उडान, ११६ जनाको उद्धार रास्वपा सभापति लामिछानेको आह्वानमा सर्वदलीय बैठक सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

राज्य नागरिकसंग सहकार्य होईन प्रतिद्वन्द्विता बढाउने बाटोमा छ: ओमप्रकाश अर्याल



अ+ अ-

काठमाडौं। पूर्वगृहमन्त्री ओमप्रकाश अर्यालले देशमा नागरिकहरूसंग सहकार्य होइन, प्रतिद्वन्द्विता बढाउने क्रम जारी रहेको टिप्पणी गर्नुभएको छ ।

त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि आत्मदाह गरेका २५ वर्षीय गणेश नेपाली प्रति भावपूर्ण श्रद्धाञ्जली तथा परिवारजनमा समवेदना गर्दे अर्यालले स्वर्गीय गणेश र परिवारजनले न्याय पाउनु पर्ने जनाउनु भएको छ ।

सामाजिक संञ्जालमा उहाँले लेख्नुभएको छ-

कानुनी राज्य कसरी सञ्चालन हुन्छरु सर्वप्रथम: सरकार सञ्चालनकर्ता स्वयंले बुझ्नु पर्छ, अनि नागरिकसंग सहकार्य गर्नु पर्दछ । आज पनि देशमा नागरिकहरूसंग सहकार्य होइन, प्रतिद्वन्द्विता बढाउने क्रम जारी छ । फेरि पनि मुलुकलाई द्वन्द्व र अनिष्टको दुष्चक्रमा फसाउने गल्ती नहोस् ।

कानुनी राज्यमा नागरिकले मात्र होइन, सरकारले पनि विधिविधानको सही रूपमा पालना गर्नु पर्दछ । सबै विचारधारा, वर्ग समुदायहरूका नागरिकसंगको सहकार्यमा सत्य, निष्ठा र मानवताको आधारमा राज्य सञ्चालन हुनु पर्दछ । स्पष्ट छ कि, सुशासनको मेरूदण्ड कानुनी शासन हो । तर कानुनी शासन भएको देशमा आम नागरिकहरूलाई सास्ती नै सास्ती र सरकार सम्बद्ध व्यक्तिहरूलाई चाहिँ उन्मुक्ति नै उन्मुक्ति हुनुहुदैन । अहिले पनि लक्षणहरू राम्रा देखिएका छैनन् ।

स्वर्गीय गणेश नेपाली र परिवारजनले न्याय पाउनु पर्छ । स्वर्गीय गणेश नेपाली प्रति भावपूर्ण श्रद्धाञ्जली तथा परिवारजनमा समवेदना !