१३ आश्विन २०८१, आईतवार
,
Latest
बाढी पहिरोबाट ऊर्जा,जलस्रोत र सिंचाई क्षेत्रमा मात्रै ४ अर्ब ३५ करोडको क्षति हवाई भाडा नबढाउने एयरलाइन्स कम्पनीको निर्णय सेनाद्वारा १३७ जनाको सकुशल उद्धार – फोटोफिचर पूर्वमुख्यमन्त्री राईद्वारा ‘हेर्ने कथा’का पात्र प्रकाशलाई जग्गा प्रदान अवरुद्ध सडक खुलाउने काम तीव्र रुपमा भइरहेको छ: मन्त्रालय बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या १४८ जना पुग्यो, ५५ जना बेपत्ता माओवादी केन्द्रको एसिया संगठन समितिद्धारा बाढीपीडितलाई पाँच लाख सहयोग रवि र सहकारीमा अड्किएको सरकार विपद् व्यवस्थापनमा चुक्यो– रास्वपा बाढीपछिको काठमाडौं (फोटो फिचर) यात्रुको चाप बढेपछि विमान कम्पनीले सस्तो दरका टिकट बिक्री गर्न छाडे
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्वारेजको पक्कडमा बार्सिलोनाको शानदार जित



अ+ अ-

युएईएफए च्याम्पियन्स लिग फुटबल अन्तर्गत समूह चरणको दोस्रो खेलमा स्पेनिस क्लब बार्सिलोनाले सहज जित निकालेको छ । बुधबार राति भएको खेलमा बार्सिलोनाले इटालियन क्लब इन्टर मिलानलाई २–१ गोल अन्तरले हराएको हो ।

घरेलु मैदानमा सुरुवाती अग्रता उल्टाएर बार्सिलोनाले जित निकालेको हो । बार्सिलोनाको जितमा दुवै गोल लुइस स्वारेजले गर्दै खेलका नायक बनेका हुन् । इन्टरलाई सुरुवाती अग्रता लाउटारो मार्टिनेजले खेलको तेस्रो मिनेटमा गोल गर्दै दिलाएका थिए । तर, दोस्रो हाफमा भने स्वारेजले आफ्नो पकड जमाए ।

खेलको ५८ औं मिनेटमा स्वारेजले गोल गर्दै बार्सिलोनालाई खेलमा फर्काएका थिए । त्यसपछि खेलको ८४ औं मिनेटमा स्वारेजले व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनालाई २–१ गोलको विजयी प्राप्ती गरायो । बार्सिलोनाको यो पहिलो जित हो । जितसँगै समूह ुएफु को बार्सिलोनाले २ खेलमा ४ अंक जोडेको छ । बार्सिलोना तालिकाको दोस्रो स्थानमा बस्न सफल रहेको छ ।

पहिलो बोरुसिया डर्टमण्ड विरुद्दको खेलमा बार्सिलोनाले गोलरहित बराबरी खेलेको थियो । यता इन्टर भने १ अंक जोड्दै तेस्रो स्थानमा रहेको छ । यस समूहमा ४ अंक जोडेको डर्टमण्ड शीर्ष स्थानमा रहेको छ ।