४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

महराले सबै सुविधा छाडे तर अझै छाडेनन् सरकारी निवास

महराले सबै सुविधा छाडे तर अझै छाडेनन् सरकारी निवास
अ+ अ-

काठमाडौं। निवर्तमान सभामुख कृष्णबहादुर महराले सरकारबाट लिँदै आएको सुरक्षा र गाडीको सुविधा फिर्ता गरेका छन् । महराका सञ्चारविज्ञ डिल्ली मल्लका अनुसार निवर्तमान सभामुखसँग रहेका आर्मी र प्रहरी बिहीबार फिर्ता भएका हुन् । महराको सुरक्षाका लागि क्याप्टेनको नेतृत्वमा १७ सैनिक र प्रहरी निरीक्षकको नेतृत्वमा ११ जना प्रहरी सुरक्षामा खटिएका थिए । बलात्कारको आरोपपछि सभामुख पदबाट राजीनामा दिएका महराले प्रयोग गर्ने तीन गाडीमध्ये एउटा फिर्ता गरे ।

उनलाई संघीय संसद् सचिवालयले उपलब्ध गराएको झन्डावाल गाडी फिर्ता भएको हो । ‘झन्डावाला गाडी फिर्ता आएको छ, संघीय संसद्को सवारी शाखाका उपसचिव कान्छा दुलालले भने, ‘राजीनामालगत्तै गृह मन्त्रालयले गाडीको विषयमा हामीलाई सोधेको थियो ।’ सभामुखको हैसियतमा महराले बा२झ १२६८ नम्बरको गाडी चढ्दै आएका थिए । उक्त गाडीलाई बिहीबार दिउँसो संसद् सचिवालयअन्तर्गतको सवारी शाखालाई बुझाएको थियो ।

महरालाई सचिवालयले एउटा गाडी दिएको थियो । उनको सचिवालयले थप एक गाडी प्रयोग गर्ने गरेको थियो । त्यस्तै, गृह मन्त्रलायले कालो रंगको गाडी औपचारिक कार्यक्रममा प्रयोगका लागि दिएको थियो । उनले भने, ‘दुई गाडी भोलि (शुक्रबार) फिर्ता आउने जानकारी प्राप्त भएको छ ।’ संघीय संसद्मै काजमा कार्यरत एक कर्मचारीलाई बलात्कार गरेको आरोप लागेपछि महराले सभामुख पदबाट राजीनामा दिएका थिए ।

तर, उनले अझै सांसद पद छाडेका छैनन् । नेकपा सचिवालय बैठकले महरालाई सभामुख र सांसद दुवै पदबाट राजीनामा दिन सुझाव दिएको थियो । सभामुखबाट राजीनामा दिएका कृष्णबहादुर महराले सरकारी निवास भने नछोडे पनि आफ्नो सुरक्षाका लागि खटिएका सुरक्षाकर्मी भने फिर्ता गरेका हुन् । तर, बाहिर डेराको खोजीमा रहेकाले अहिलेसम्म सरकारी निवासमा नै रहनुपरेको सञ्चारविज्ञ मल्लले बताए ।

डेरा भेटिनेबित्तिकै बालुवाटारस्थित सरकारी निवासबाट पनि बाहिरिने उनले बताए । महराका प्रेस संयोजक मल्लले भने, ‘सचिवालय बैठकबाट सांसदबाट पनि राजीनामा दिने कुरा आएको सुनिएको हो । प्रतिनिधिसभा सदस्यबाट राजीनामा दिनेबारे केही सोचिएको छैन ।’ राजधानी दैनिकबाट