७ आश्विन २०८१, सोमबार
,
Latest
धार्मिक पर्यटनको विकास गर्न यसरी जोड्न सकिन्छ बाली र काठमाडौँः इन्डोनेसियाली पर्यटन उपमन्त्री संस्कृतिमन्त्री पाण्डे र भारतीय राजदूतद्वारा कला प्रदर्शनी अवलोकन मेलम्ची खानेपानी आयोजनामा भ्रष्टाचार मुद्दाःदोषी ठहर भएका तीन कम्पनी र चार व्यक्तिलाई सजाय निर्धारण संविधान कार्यान्वयन नहुनु नै संशोधनको आधार होः पूर्वप्रधानन्यायाधीश श्रेष्ठ अब देश सम्हाल्न गाह्रो छः वरिष्ठ उपाध्यक्ष मिश्र घुन्सा हेलिकप्टर दुर्घटनाको १८ वर्षः वातावरण संरक्षणका कार्यक्रम गरी स्मरण मुगु ६५औँ साक्षर जिल्ला ‘भेन्टिलेसन’को रड काटेर फरार भएका सात थुनुवा पक्राउ प्रधान सेनापति र फ्रान्सका राजदूतबीच भेट सुविधासम्पन्न मुलपानी क्रिकेट मैदान बनाउने प्रक्रिया अगाडि बढेको छ– राखेप सदस्यसचिव घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

डिनको राजीनामा र पुनः परीक्षा माग माग्दै तालाबन्दी भयो केयूमा



अ+ अ-

काठमाडौं । एमबिबिएस र बिडिएसको प्रवेश परीक्षामा गम्भीर लापरबाही गरेको भन्दै काठमाडौं विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्सेस (केयू)का डिन डा. राजेन्द्र कोजूको राजीनामा र पुनः प्रवेश परीक्षाको माग गर्दै युवा चिकित्सकले तालाबन्दी गरेका छन् ।

प्रवेश परीक्षामा गम्भीर लापरबाही भएको, विद्युतीय उपकरणको जाँच नगरिएको, प्रश्नपत्र बाहिरिएको र समग्रमा गरिब तथा जेहेनदार विद्यार्थीको भविष्यमा खेलबाड गरेको भन्दै युवा चिकित्सक संघले डिन कार्यालयमा तालाबन्दी गरेको हो । कार्यालयको ढोकामा युवा चिकित्सक संघका अध्यक्ष डा.चेतन बस्नेत र विश्वविद्यालय समन्वय समितिका संयोजक डा. अच्युतप्रसाद भट्टले हस्ताक्षर गरेको मागपत्र टाँसिएको छ ।

उनीहरूले आवश्यक कारबाही गर्न विश्वविद्यालयका उपकुलपतिसँग मागसमेत गरेका छन् । सरकारले निजी कलेजलाई तोकेको शुल्कभन्दा बढी लाखौँ रकम लुट्न छुट दिएको, चिकित्सा शिक्षा आयोगको मर्मविपरीत विभिन्न मेडिकल कलेजलाई बिएस्सी नर्सिङ सञ्चालनका लागि अनुमति दिएको, नेपाल मेडिकल काउन्सिलको मापदण्डविपरीत मेडिकल कलेजको सिट निर्धारण गरेको, चिकित्सा शिक्षा आयोगको निर्देशनविपरीतको काम गरेको आरोप विद्यार्थीले लगाएका छन् ।

माग पूरा नहुँदासम्म डिन कार्यालयमा ताला लगाउने युवा चिकित्सक संघले जनाएको छ । नयाँ पत्रिका दैनिकबाट