२५ असार २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

महर्जन दक्षिण कोरिया प्रस्थान



अ+ अ-

काठमाडौँ। मानसिंह डोजोका प्रमुख प्रशिक्षक करातेका महेश महर्जन आज दक्षिण कोरियाको बुसान प्रस्थान गरेका छन् ।

बुसानमा हुने १८औँ कोरिया ओपन अन्तरराष्ट्रिय कराते डो च्याम्पियनसिपमा निर्णायकको भूमिका निर्वाह गर्न महर्जन त्यसतर्फ प्रस्थान गरेका हुन् ।

बुसान कराते डो फेडरेसनले महर्जनलाई प्रतियोगिताको प्रमुख रेफ्रीका रूपमा आमन्त्रण गरेको निमन्त्रणपत्रमा उल्लेख छ । प्रतियोगिता यही जुलाई ९ देखि १३ तारिखसम्म सञ्चालन हुनेछ ।  रासस